Dictionary

All Word

84351 सँगेटिनु क.क्रि. सँगेट्ने काम गरिनु।
84352 सँगेल्नु स.क्रि. १. सबैतिरबाट ल्याएर जम्मा गर्नु;जतनसाथ सँभालेर राख्नु; सँगेट्नु।
84353 सँगेल्नु स.क्रि. २. कुनै वस्तु मिलाएर राख्नु; तह लाउनु।
84354 सँगेल्नु स.क्रि. ३. सञ्चित गर्नु; सँगाल्नु।
84355 सँगेलाइ ना. सँगेल्ने भाव, क्रिया वा प्रक्रिया।
84356 सँगेलाइनु क.क्रि. सँगेल्न लाइनु।
84357 सँगेलाउनु प्रे. क्रि. सँगेल्न लाउनु।
84358 सँगेलिनु क.क्रि. सँगेल्ने काम गरिनु।
84359 सँघार ना. ढोका आदिमा रहेको चौकोसको तल्लो भाग; ढोकाभित्र र बाहिरको बिचको भाग; सँघार ठेलो रहने ठाउँ।
84360 सँघार ठेलो ना. ढोका आदिमा चौकोसमुनि तेर्स्याइने बाहिरी बाराको मोटो तेर्सो काठ।
84361 सँचाइ ना. साँच्ने काम वा किसिम।
84362 सँधाइ ना. साँध्ने भाव, क्रिया वा प्रक्रिया।
84363 सँधाइनु क.क्रि. साँध्न लाइनु।
84364 सँधाउनु प्रे. क्रि. साँध्ने काम गराउनु वा गर्न लाउनु।
84365 सँधियार ना. आफ्नो साँधमा घर बनाएर बस्ने वा साँधको जग्गाजमिन चर्चने व्यक्ति; आफ्नो घरजग्गाको साँध वा सिमाना जोरिएको छिमेकी।
84366 सँभल्नु अ.क्रि. १. कुलत वा खराब बाटो छोडेर राम्रो सङ्गत वा ठिक बाटामा लाग्नु; नराम्रो कामकुराबाट जोगिनु; चरित्र भ्रष्ट हुनुबाट बच्नु।
84367 सँभल्नु अ.क्रि. २. कुनै अहितका कुराप्रति सचेत रहनु; सावधान हुनु।
84368 सँभला ना. मारुनी नाचमा गाइने गीतको एक राग।
84369 सँभलाइ ना. सँभल्ने भाव, क्रिया वा प्रक्रिया।
84370 सँभलिनु अ.क्रि. जोगिनु; सावधान होइनु।
84371 सँभार्नु स.क्रि. १. भत्कन, बिग्रन नदिनु; सुरक्षा वा रक्षा गर्नु।
84372 सँभार्नु स.क्रि. २. देख्दा राम्रो हुने पार्नु; सुन्दर वा झरिझुट्ट गर्नु; सिँगार्नु।
84373 सँभार्नु स.क्रि. ३. तह लाउनु।
84374 सँभार ना. भत्कन, बिग्रन आदिबाट बचाउने काम; सुरक्षा; रक्षा; हेरविचार; मर्मत।
84375 सँभार खर्च ना. सम्भारखर्च; मर्मतखर्च।
84376 सँभाराइ ना. सम्भार गर्ने वा गराउने क्रिया, भाव वा प्रक्रिया।
84377 सँभारिनु क.क्रि. १. होसियारका साथ रहनु; सावधान रहनु।
84378 सँभारिनु क.क्रि. २. दुर्घटनाबाट बच्नु; सुरक्षित हुनु; खराब कामकुराबाट बच्नु।
84379 सँभाल्नु स.क्रि. १. छरिन, भत्किन, बिग्रन आदिबाट बचाउनु; सम्भार पुर्‍याउनु; सुरक्षा गर्नु; स्याहार गर्नु; समाल्नु; समार्नु।
84380 सँभाल्नु स.क्रि. २. जोगाएर वा बचाएर राख्नु; बचाउनु।
84381 सँभाल्नु स.क्रि. ३. भरणपोषण वा पालनपोषण गर्नु; पाल्नु।
84382 सँभाल्नु स.क्रि. ४. हेरचाह गर्नु; रेखदेख गर्नु।
84383 सँभाल्नु स.क्रि. ५. कुसङ्गत वा खराब लतमा परेर बिग्रन लागेकालाई नियन्त्रित गर्नु।
84384 सँभाल्नु स.क्रि. ६. महत्त्वपूर्ण कार्यको भार बोक्नु; उत्तरदायित्व वहन गर्नु।
84385 सँभाल्नु स.क्रि. ७. भीर, अक्कर आदि ठाउँबाट खस्न वा लड्न लागेकालाई बचाउनु।
84386 सँभाल्नु स.क्रि. ८. कुनै कामकुराको प्रबन्ध मिलाउनु; व्यवस्थाको चाँजोपाँजो गर्नु। घरगृहस्थीको काम वा सभा, संस्था आदिको राम्रो सञ्चालन गर्नु।
84387 सँभाल ना. १. स्याहारसुसार।
84388 सँभाल ना. २. रक्षा; बचाउ।
84389 सँभाल ना. ३. पाल्ने वा पालनपोषण गर्ने काम।
84390 सँभाल ना. ४. हेरविचार; रेखदेख गर्ने काम।
84391 सँभालाइ ना. सँभाल्ने भाव, क्रिया वा प्रक्रिया।
84392 सँभालिनु क.क्रि. सँभाल्ने काम गरिनु।
84393 संक्षिप्त वि. हे. सङ्क्षिप्त।
84394 संक्षेप ना. हे. सङ्क्षेप।
84395 संज्ञा ना. १. बाह्य पदार्थको ज्ञान तथा शरीर वा मनका कार्यव्यापारको अनुभूति हुने शक्ति; चेतनाशक्ति; होस।
84396 संज्ञा ना. २. बुद्धि; प्रज्ञा।
84397 संज्ञा ना. ३. ज्ञान; बोध।
84398 संज्ञा ना. ४. कुनै वस्तु वा कार्यका निम्ति पारिभाषिक रूपमा प्रचलित नाम।
84399 संज्ञा ना. ५. हात, आँखा आदिद्वारा गरिने सङ्केत वा इसारा।
84400 संज्ञा ना. ६. व्याकरणमा कुनै व्यक्ति, वस्तु, कार्य, भाव आदिको बोधक शब्द; नाम।