Dictionary

All Word

84301 षण्ड ना. २. नपुंसक; हिजडा।
84302 षण्ढ ना. नपुंसक; हिजडा। स्त्री. षण्ढा।
84303 षण्मुख ना. हे. षडानन।
84304 षष्टि ना. साठी।
84305 षष्ठ वि. छ सङ्ख्याको ; छैटौँ।
84306 षष्ठांश ना. १. छ भागमध्ये एक भाग; छैटौँ भाग।
84307 षष्ठांश ना. २. प्राचीन कालमा राजा वा राज्यले कृषकसँग लिने उब्जाको छैटौँ भाग।
84308 षष्ठिका ना. बालक जन्मेका छैटौँ दिनको रातमा पूजा गरिने देवी।
84309 षष्ठी ना. १. शुक्ल वा कृष्ण पक्षमा पर्ने छैटौँ तिथि; खस्टी (कथ्य.)।
84310 षष्ठी ना. २. छैटी।
84311 षष्ठी ना. ३. व्याकरणअनुसार प्रायः सम्बन्ध जनाउने विभक्ति; सम्बन्ध षष्ठी।
84312 षष्ठी तत्पुरुष ना. सम्बन्धबोधक षष्ठी पूर्वपद हुने समास; तत्पुरुष समासको एक भेद (जस्तो- घरकाज, पुस्तकघर, राजदरबार आदि)।
84313 षाडव ना. सङ्गीतमा सात स्वरमध्ये छ स्वर मात्र लाग्ने र एक स्वर वर्जित हुने एक राग।
84314 षाडव औडव ना. आरोहमा षाडव र अवरोहमा औडव हुने एक राग।
84315 षाडव सम्पूर्ण ना. आरोहमा षाडव र अवरोहमा सम्पूर्ण हुने राग।
84316 षाण्मासिक वि. छ महिनाको; छ महिने; अर्द्धवार्षिक।
84317 षोडश ना. १. सोह्रको सङ्ख्या वा अङ्क; सोह्र। वि.
84318 षोडश ना. २. सोऱ्हौँ।
84319 षोडशकला ना. चन्द्रमाका सोह्रकला वा अंश (अमृता, मानदा, पूषा, तुष्टि, पुष्टि, रति, धृति, शशिनी, चन्द्रिका, कान्ति, ज्योत्स्ना, श्री, प्रीति, अङ्गदा, पूर्णा र अमृता)।
84320 षोडशदान श्राद्ध आदि कर्ममा एकसाथ गरिने सोह्र वस्तुको दान (भूमि, आसन, जल, वस्त्र, गाई, सुन, चाँदी, दीपक, अन्न, ताम्बूल, छत्र, सुगन्धी द्रव्य, फूलमाला, फल, शय्या र खराउ )।
84321 षोडशमातृका ना. सोह्रवटी देवीको समूह ( गौरी, पद्मा, शची, मेधा, सावित्री, विजया, जया, देवसेना, स्वधा, स्वाहा, माता, लोकमाता, शान्ति, पुष्टि, धृति र स्वस्ति )।
84322 षोडशशृङ्गार ना. स्त्रीहरूले शरीर सजाउन अँगाल्ने सोह्र प्रकारका शृङ्गार (बुकुवा लाउनु, स्नान गर्नु, वस्त्र धारण गर्नु, मिसी लाउनु, कपाल कोर्नु, गाजल लाउनु, सिउँदोमा सिन्दूर लगाउनु, माहुर लगाउनु, निधारमा टिको लाउनु, चिउँडा वा गालामा कोठी बनाउनु, तिउरी लाउनु, अत्तर आदि सुगन्ध छर्कनु, गहनाहरू लाउनु, फूलको माला पहिरिनु, पान खानु र ओठमा लाली लाउनु)।
84323 षोडश संस्कार गर्भाधादेखि मृत्युसम्ममा हुने द्विजातिका यी सोह्र थरी संस्कार (गर्भाधान, पुंसवन, सीमन्तोन्नयन, जातकर्म, नामकर्म, निष्क्रमण, अन्नप्राशन, कर्णवेध, विद्यारम्भ, चूडाकर्म, उपनयन, वेदारम्भ, केशान्त, समावर्तन, विवाह र अन्त्येष्टि)।
84324 षोडशा ना. सोह्रवर्षे तरुनी; पट्ठी; षोडशी।
84325 षोडशी ना. १. सोह्र वर्षकी पट्ठी; मस्त तरुनी।
84326 षोडशी ना. २. दश महाविद्यामध्ये एक विद्या।
84327 षोडशी ना. ३. सनातनीहरू मरेका एघारौँ दिनमा गरिने मासिकका निम्तिका सोह्रवटा श्राद्ध।
84328 षोडशोपचार ना. कुनै देवताको पूजा गर्ने सोह्र अड्ग वा रीति (आवाहन, आसन, अर्घ्य, आचमन, मधुपर्क, स्नान, वस्त्राभरण, यज्ञोपवीत, चन्दन, पुष्प, धूप, दीप, नैवेद्य, ताम्बूल, परिक्रमा र प्रणाम।)।
84329 देवनागरी वर्णमालाको बत्तीसौँ व्यञ्जनवर्ण; संस्कृत- परम्पराअनुसार दन्त्य र नेपाली उच्चारणअनुसार तालु- दन्तमूलीय अघोष अल्पप्राण ऊष्म ध्वनि; लेख्य रूपमा सो वर्ण वा ध्वनिको प्रतिनिधित्व गर्ने लिपिचिह्न; पातलो स।
84330 अव्य. नामशब्दका अगाडि जोडिएर सहित, सदृश, सम,सह, सित, समेत आदि अर्थ जनाउने उपसर्गजस्तो एकाक्षरी शब्द ( जस्तो- सपरिवार, सगोल, सजाति, सगोत्री, सप्रयास, सकर्मक, सहित, सानुकूल इ.)।
84331 सँग ना. यो. १. साथमा; सित।
84332 सँग ना. यो. २. सहित; समेत। ना.
84333 सँग ना. यो. ३. नजिक हुनेपन; सामीप्य।
84334 सँगाती ना. सँगसँगै खेलेहुर्केको वा साथमा रहने व्यक्ति; दौँतर; साथी। (उदा.- राम मेरा सँगाती हुन्। हामी दुवै बालसँगाती हौँ)।
84335 सँगार ना. सँघार।
84336 सँगाल्नु स.क्रि. १. कुनै कुरा जोगाएर राख्नु वा जम्मा गर्नु; सञ्चित गर्नु; साँच्नु।
84337 सँगाल्नु स.क्रि. २. सङ्कलन गर्नु; बटुल्नु।
84338 सँगालाइ ना. सँगाल्ने काम वा किसिम।
84339 सँगालिनु क.क्रि. सँगाल्ने काम गरिनु।
84340 सँगालो ना. सँगालिएको कुरो वा वस्तु; सङ्कलन (जस्तो- कथाको सँगालो, कविताको सँगालो, विचारको सँगालो इ.)।
84341 सँगिना / सँगिनी ना. १. आइमाई साथी; सखी।
84342 सँगिना / सँगिनी ना. २. मितिनी।
84343 सँगिना / सँगिनी ना. ३. सँगिनै।
84344 सँगिनै ना. स्वास्नीमानिसहरू मिलेर गाउने, नेपालको पूर्वी भेगमा विशेष प्रचलित लोकगीत वा त्यसको लय।
84345 सँगी ना. १. सँगसँगै हुर्केबढेको वा साथैमा रहने व्यक्ति; दौँतर; साथी।
84346 सँगी ना. २. मित्र; मित।
84347 सँगेट्नु स.क्रि. फिँजिएका वस्तुहरूलाई एक ठाउँमा भेला गर्नु;छरिएका वस्तु जम्मा गर्नु; सोहोर्नु; बटुल्नु।
84348 सँगेटाइ ना. सँगेट्ने भाव, क्रिया वा प्रक्रिया।
84349 सँगेटाइनु क.क्रि. सँगेट्न लाइनु।
84350 सँगेटाउनु स.क्रि. सँगेट्न लाउनु।