Dictionary

All Word

84151 श्रीवृक्ष ना. १. पीपलको वृक्ष।
84152 श्रीवृक्ष ना. २. बेलको रुख।
84153 श्रीवृक्ष ना. ३. नरिवल।
84154 श्रीशैल ना. दक्षिण भारतमा पर्ने कृष्णा नदीको तटमा अवस्थित तथा मल्लिकार्जुनको ज्योतिर्लिङ्ग भएको पर्वत- शिखर।
84155 श्रीसम्पत्ति ना. कसैको आफ्नो अधिकारभित्र रहेको सिरीखुरी सम्पत्ति; जायजेथा; सर्वस्व; लट्टीपट्टी।
84156 श्रीहर्ष ना. इ. बाह्रौँ शताब्दीका संस्कृत साहित्यका प्रसिद्ध कवि तथा 'नैषध' महाकाव्यका रचयिता।
84157 श्रुत वि. १. ध्यान दिएर श्रवण गरिएको; सुनिएको।
84158 श्रुत वि. २. परापूर्वदेखि सुन्दै आएको; कहलिएको; विख्यात। ना.
84159 श्रुत वि. ३. सुन्ने विषय वा शास्त्र (वेद आदि)।
84160 श्रुतानुश्रुत वि. १. धेरै जनाबाट सुनिएको; बहुचर्चित। ना.
84161 श्रुतानुश्रुत वि. २. धेरैबाट सुनिएको कुरा; किंवदन्ती।
84162 श्रुति ना. १. सुन्ने इन्द्रिय; कान।
84163 श्रुति ना. २. सुन्ने काम वा कुरो; श्रवण।
84164 श्रुति ना. ३. वेद।
84165 श्रुति ना. ४. सङ्गीतमा स्वरभेद वा स्वरको अन्तराल। (सात मूल स्वरका प्राचीन आचार्यका मतानुसार बाइस र आधुनिक पद्धतिअनुसार अठार श्रुतिभेद मानिएका छन्)।
84166 श्रुतिकटु वि. १. सुन्दा नमिठो लाग्ने वा खट्कने; कर्णकटु (वचन, ध्वनि, उच्चारण आदि)। ना.
84167 श्रुतिकटु वि. २. काव्य-रचनाको दोष मानिने यस्तै मधुरता नभएको ध्वनि वा नमिठो कुरो।
84168 श्रुतिगम्य / गोचर वि. १. कानले ग्रहण गर्न सकिने; सुन्न सकिने।
84169 श्रुतिगम्य / गोचर वि. २. सुनेको; श्रुत।
84170 श्रुतिधर वि. सुनेका कुरा सम्झिरहने; सुनेको कुरो हेक्का गरिरहने शक्ति भएको।
84171 श्रुतिपरम्परा ना. सुनेका भरमा अर्थात् एक कान, दुई कान हुँदै चल्दै आएको पुरानो कुरा; कर्णपरम्परा।
84172 श्रुतिप्रमाण ना. वेदविहित प्रमाण; वेदका विधिले स्वीकृति दिएको कुरो।
84173 श्रुतिमण्डल ना. कानको बाहिरपट्टिको अवयव।
84174 श्रुतिमधुर वि. सुनिरहूँ जस्तो वा कानलाई मिठो र प्यारो लाग्ने; कर्णमधुर।
84175 श्रुतिलेख ना. अरूले बोलेका कुरा सुन्दै जस्ताको तस्तै लेखिने लेख।
84176 श्रुतिलेखन ना. सुनेर लेख्ने काम वा विधि।
84177 श्रुतिबिम्ब ना. सुनेका ध्वनिबारे श्रोताको धारणा बन्नुभन्दा पहिलेको बिम्ब वा चित्र।
84178 श्रुत्यनुप्रास ना. एउटै स्थानबाट उच्चारण हुने वर्णको बारबार प्रयोग हुँदा पर्ने एक शब्दालङ्कार (उदा.- मर्‍यो ताल्चा लाल्चा उपर पर निन्दा पर सर्‍यो / निराशाले आशा उपर अति खासा घर गर्‍यो।- लेखनाथ पौडेल)।
84179 श्रुव ना. १. यज्ञमा घिउ होमिने लामो चम्चाका छाँटको काठको साधन; सुरो।
84180 श्रुव ना. २. यज्ञ; होम।
84181 श्रेणि ना. हे. श्रेणी।
84182 श्रेणी ना. १. कुनै वस्तुको शृङ्खला वा क्रम; पङ्क्ति; लहर; ताँती (जस्तो- पर्वतश्रेणी, हिमश्रेणी आदि)।
84183 श्रेणी ना. २. गुण, तह आदिका दृष्टिले गरिएको विभाजन; वर्ग; कक्षा (जस्तो- मध्यम श्रेणी, सातौँ श्रेणी आदि)।
84184 श्रेणीकरण ना. श्रेणी वा क्रम मिलाउने काम; वर्गीकरण।
84185 श्रेणीकृत वि. श्रेणी वा क्रम मिलाएर राखिएको; वर्गीकृत।
84186 श्रेणीबद्ध ना. श्रेणी वा पङ्क्ति मिलेको; ताँती लागेको।
84187 श्रेणीमूलक वि. श्रेणी वा पेसा मूल रूपमा रहेको।
84188 श्रेणीमूलक समाजवाद ना. क्रान्तिमा विश्वास नगरी शान्तिपूर्ण उपाय अँगालेर उद्योगको प्रबन्ध र सञ्चालनमा बढी अधिकार गर्ने, सामूहिक ठेक्का लिने र मजदुरहरूबाट स्वयं उद्योगको स्थापना गर्दै पुँजी र उत्पादनका साधन साझा पार्न प्रयास गर्ने विचार वा सिद्धान्त।
84189 श्रेय वि. १. अपेक्षाकृत असल; बढी बेस।
84190 श्रेय वि. २. मङ्गल गर्ने; हितकारक। ना.
84191 श्रेय वि. ३. कुनै पनि उपयुक्त वा अनुकूल स्थिति; कल्याण; मङ्गल; भलो।
84192 श्रेय वि. ४. कुनै कामको शुभ परिणाम; सुखद कीर्ति।
84193 श्रेयस्कर वि. श्रेय वा कल्याण गर्ने हितकारी; मङ्गलमय।
84194 श्रेष्ठ वि. १. सबैभन्दा असल; उत्तम; बढिया; मुख्य।
84195 श्रेष्ठ वि. २. उमेरमा जेठो; वयोवृद्ध; गण्यमान्य। ना.
84196 श्रेष्ठ वि. ३. नेवार जातिको एउटा वर्ग वा थर।
84197 श्रेष्ठतर वि. अझ श्रेष्ठ; बढी उत्तम।
84198 श्रेष्ठतम वि. सबैभन्दा श्रेष्ठ; सबैभन्दा उत्तम।
84199 श्रेष्ठता ना. श्रेष्ठ हुने गुण वा स्थिति; श्रेष्ठत्व; उम्दापन।
84200 श्रेष्ठताभास ना. आफैँलाई श्रेष्ठ वा उत्तम ठान्ने मनोभाव; अहम्मन्यता।