Dictionary

All Word

84101 श्री ना. ७. औडव जातिअन्तर्गत पर्ने, शास्त्रानुसार सूर्यास्तपछि र विशेषतः हेमन्त ऋतुमा गाइने एक रागको नाम।
84102 श्री ना. ८. एउटा गुरुवर्णबाट एक पाउ बन्ने उक्ता जातका छन्दको एक भेद (जस्तो- आ। खा। जा )।
84103 श्री ना. ९. पुरुषका नाम अगाडि लगाइने शुभ तथा आदरसूचक शब्द ( जस्तो- श्री कोमलप्रसाद, श्री वसन्तविक्रम इ.)।
84104 श्रीकान्त ना. विष्णु।
84105 श्रीकृष्ण ना. वासुदेव।
84106 श्रीखण्ड ना. १. बेलका जस्ता पात हुने, नीला गुच्छादार फूल फुल्ने र चुरो अति सुगन्धी हुने चन्दनको रुख वा काठ। (यसका सेतो, पहेँलो, रातो आदि भेद छन्। सेतो श्रीखण्ड औधी उत्तम मानिन्छ)।
84107 श्रीखण्ड ना. २. त्यसैको काठ घोटेको चन्दन।
84108 श्रीगणेश ना. १. कामको थालनी; आरम्भ।
84109 श्रीगणेश ना. २. अम्बिकापुत्र विनायक; गणेश।
84110 श्रीगदित ना. अठार उपरूपकमध्ये एक तथा उदात्त नायकनायिकाको वर्णन गरिने, गर्भ र विमर्शसन्धि भएको; दृश्यकाव्य (एकाङ्की)।
84111 श्रीगाई ना. घरपाला गाईसँग जङ्गली साँढे लागेर जन्मेको गाई।
84112 श्रीचन्दन ना. श्रीखण्ड।
84113 श्रीताड ना. प्राचीन समयमा पुस्तक लेख्न पात उपयोग गरिने एक जातको ताड; त्यही नामको ताडपत्र।
84114 श्रीतिलक ना. रामफटाका।
84115 श्रीधर ना. विष्णु।
84116 श्रीनिवास ना. विष्णु।
84117 श्रीपति ना. १. लक्ष्मीका पति।
84118 श्रीपति ना. २. राजा; नृपति।
84119 श्रीपद ना. १. देवता वा पूज्य व्यक्तिको चरणचिह्न;पादुका।
84120 श्रीपद ना. २. वन्दनीय पाउ।
84121 श्रीपञ्चमी ना. माघ शुक्ल पञ्चमी; वसन्तपञ्चमी।
84122 श्रीपाँच (५) ना. १. नेपालका राजा वा उनको परिवारका नामअगाडि जोड्ने गरिएको सम्मानसूचक उपाधि।
84123 श्रीपाँच (५) ना. २. राजा।
84124 श्रीपाँच (५) ना. ३. २०६३ सालभन्दा पहिले नेपालका।
84125 श्रीपाँच (५) को सरकार ना. वि.सं. २०६३ भन्दा पहिले राजाका नामबाट चलेका कार्यकारी शक्तिको प्रयोग गर्ने; नेपालको शासन- व्यवस्था वा सरकार।
84126 श्रीपाद ना. लिच्छविकालमा राजाको पर्यायका रूपमा 'सरकार' अर्थ बुझाउने शब्द।
84127 श्रीपेच ना. राजमुकुट; शिरपेच।
84128 श्रीफल ना. १. बेल; बिल्व।
84129 श्रीफल ना. २. नरिवल।
84130 श्रीबन्दी ना. शिरबन्दी।
84131 श्रीबिन्दु ना. शिरबिन्दु।
84132 श्रीमती ना. श्रीमान्को स्त्रीलिङ्गी रूप; विवाहिता स्त्रीहरूका नामको अगाडि लगाइने आदरवाची शब्द (जस्तै- श्रीमती इन्दिरा, श्रीमती कल्पना, श्रीमती उषा शर्मा इ.)।
84133 श्रीमद्भागवत ना. मूल रूपमा श्रीकृष्णको चरित्र वर्णन गरिएको व्यासलिखित प्रसिद्ध पुराणग्रन्थ; अठार महापुराणमध्ये एक।
84134 श्रीमन्त ना. श्रीमान्‌को बहुवचन; सर्वश्री।
84135 श्रीमहारक ना. लिच्छविकालमा राजाको निश्चित उत्तराधिकारी।
84136 श्रीमान् वि. १. शोभा वा ऐश्वर्यले युक्त भएको; सौभाग्यशाली। ना.
84137 श्रीमान् वि. २. पुरुषका नामको अगाडि लेखिने आदरसूचक शब्द।
84138 श्रीमान् वि. ३. न्यायाधीश वा अन्य ठुलाबडालाई सम्बोधन गर्ने शब्द।
84139 श्रीमान् वि. ४. पति; लोग्ने।
84140 श्रीमुख ना. १. तेजिलो वा उज्यालो मुख; शोभायुक्त अनुहार।
84141 श्रीमुख ना. २. मान्यजनको मुख।
84142 श्रीयन्त्र ना. १. तान्त्रिक विषयमा शिवतन्त्रसम्बन्धी एक यन्त्र।
84143 श्रीयन्त्र ना. २. विन्दु र त्रिचालीसवटा त्रिकोण जोल्टिएर बन्ने, आठ र सोह्र कमलदल, तीन वृत्त र तीन भूपुर हुने लक्ष्मीको तान्त्रिक जन्तर।
84144 श्रीयुक्त / श्रीयुत वि. १. शोभा वा सौन्दर्यले पूर्ण; गौरवशाली; धनवान्। ना.
84145 श्रीयुक्त / श्रीयुत वि. २. पुरुषजातिका नामको अगाडि लगाइने एक आदरसूचक शब्द।
84146 श्रीवत्स ना. १. पुराणअनुसार विष्णुको छातीमा अङ्कित भृगु ऋषिको पादचिह्न।
84147 श्रीवत्स ना. २. पुरुषका छातीमा कमै पाइने दाहिनेबाट घुमेको रौँको चक्राकार चिह्न।
84148 श्रीवत्स ना. ३. पहिले काठमाडौँ उपत्यकाका राजाहरूमा चलेको र बाकुपौमा लाग्दा पछिसम्म कानुनी मान्यता पाएको देखिने छाप; हे. 'बाकुपौ' पनि।
84149 श्रीवल्ली ना. १. पानका जस्ता ठुलठुला, हरिया पात हुने र क्रमशः फैलिँदै जाने प्रसिद्ध लहरो (मनीप्लान्ट )। (यसको फेदमा पानी हाल्दा सरेर टुप्पाबाट झर्ने गर्छ। अचेल यो सुन्दरताका निम्ति र पैसा फलाउँछ भन्ने विश्वास वा लच्छिनका रूपमा कौँचा र गमलाहरूमा लगाई घरका वरिपरि, बरन्डा तथा ढोका र कोठामा समेत सजाइएको देखिन्छ)।
84150 श्रीवल्ली ना. २. पनेरको बोट।