Dictionary

All Word

84001 श्याम वि. ४. कालो रङ।
84002 श्याम वि. ५. बादल; मेघ।
84003 श्यामकर्ण ना. सबै शरीर सेतो र कानमात्र कालो भएको, उत्तम जातको घोडा। (यस्तो घोडा फापिलो र अश्वमेध यज्ञका निम्ति उपयोगी मानिन्छ)।
84004 श्यामकर्ने ना. श्यामकर्ण।
84005 श्यामकली ना. १. कमलो डाँठमा उँधो फर्केर फुल्ने, बाहिरी पात रातो र भित्री गुभो बैजनी रङको हुने, एक जातको फूल।
84006 श्यामकली ना. २. गीतको एक राग वा लय। (उदा.- रामकली गाए पनि श्यामकली गाए पनि बुढीलाई गोसाईँथान- उखान )।
84007 श्यामल वि. हल्का कालो वर्णको; अलिअलि कालो; साँवलो।
84008 श्यामलता ना. हल्का कालोपन।
84009 श्यामलिमा ना. कालिमा; श्यामलता।
84010 श्याम व्यङ्ग्य वि. मानवीय जीवनका सङ्गत-असङ्गत आदि प्रतिनिधिमूलक घटना र पात्रका माध्यमबाट एकै पटक विरोधाभासपूर्ण प्रभाव पारी मर्माहत तुल्याउने तथा युगीन परिवेशमा व्याप्त विसङ्ति र विकृतिप्रति स्वैरकल्पनाको समेत प्रयोग गरेर कटु मनोविनोदात्मक पाराले व्यङ्ग्य प्रहार गर्ने बीसौँ शदीमा पश्चिमी मुलुकको आधुनिकोत्तर आख्यान साहित्यमा देखापरेको अरू व्यङ्ग्यभन्दा बढी भेदक र सशक्त व्यङ्ग्य; ब्ल्याक ह्युमर।
84011 श्यामसाही ना. अम्खोरा।
84012 श्यामसुन्दर ना. कृष्ण; वासुदेव।
84013 श्यामा ना. १. सोह्रवर्षे बाला।
84014 श्यामा ना. २. राधा; राधिका।
84015 श्यामा ना. ३. काली; दुर्गा।
84016 श्यामा ना. ४. कालो वर्णकी स्त्री।
84017 श्यामा ना. ५. सन्तान पैदा नगरेकी स्त्री।
84018 श्यामा ना. ६. काली गाई।
84019 श्यामा ना. ७. कृष्णपक्षको रात।
84020 श्यामा ना. ८. मिठो बोली बोल्ने कालो रङको प्रसिद्ध चरो; पोथी कोइली।
84021 श्यामा ना. ९. धानबारीमा हुने, धानकै जस्तो बोट भएको र झन्डै उस्तै गेडा फल्ने बुटे झार।
84022 श्यामिका ना. कालोपन; कालिमा; श्यामलता।
84023 श्रद्धा ना. १. देखिएको वा नदेखिएको कुनै पनि आदर्श गुण, विशिष्ट कुरा, महत्त्व, शक्ति आदिबाट मन प्रभावित भई तिनका प्रति उत्पन्न हुने आदरपूर्ण भावना; ईश्वर, धर्म आदि र आफ्ना पूज्य तथा मान्यजनप्रतिको सद्भाव; आस्था; निष्ठा; विश्वास; भक्तिभाव।
84024 श्रद्धा ना. २. उत्कट वा प्रबल इच्छा; चाहना; सर्धाइँ (विशेषतः गर्भिणी स्त्रीको )।
84025 श्रद्धा ना. ३. वैवस्वत मनुकी पत्नी।
84026 श्रद्धा ना. ४. अत्रि ऋषिकी पत्नी।
84027 श्रद्धाञ्जली ना. १. देवता वा सम्मान्य व्यक्तिमा चढाउनका निम्ति देखाइने फल, फूल, माला, अर्घ्य आदिसहितको अञ्जली।
84028 श्रद्धाञ्जली ना. २. कुनै दिवङ्गत पूज्य व्यक्तिमा श्रद्धा अभिव्यक्त गर्दा गरिने गुणानुवाद।
84029 श्रद्धालु वि. १. गर्नुपर्ने काम श्रद्धापूर्वक गर्ने; श्रद्धा भएको; भक्तालु।
84030 श्रद्धालु वि. २. इच्छा वा चाहना गर्ने; अभिलाषी। ना.
84031 श्रद्धालु वि. ३. गर्भिणी स्त्री।
84032 श्रद्धावान् वि. श्रद्धा भएको; श्रद्धालु।
84033 श्रद्धास्पद वि. श्रद्धा गर्न योग्य; श्रद्धेय।
84034 श्रद्धेय वि. १. श्रद्धा गर्न योग्य; श्रद्धा गरिनुपर्ने; आदरणीय।
84035 श्रद्धेय वि. २. विश्वास गर्न सकिने; विश्वसनीय।
84036 श्रम ना. १. कुनै वस्तुको उत्पादन तथा निर्माण वा जीवननिर्वाहका निम्ति शारीरिक वा बौद्धिक शक्ति लगाएर गरिने काम; मिहिनेत; परिश्रम।
84037 श्रम ना. २. कुनै कामका निम्तिको मानवीय चेष्टा; प्रयत्न; प्रयास।
84038 श्रम ना. ३. काम गर्दा लाग्ने थकाइ; थकान; ग्लानि।
84039 श्रम ना. ४. शरीरको कसरत; व्यायाम।
84040 श्रम ना. ५. घामपानीमा तप्ने काम; असिनापसिना।
84041 श्रमकण ना. धेरै मिहिनेत गर्दा शरीरबाट निस्कने पसिनाका थोपा।
84042 श्रम कार्यालय ना. श्रमिकहरूको सङ्ख्या, स्थिति आदिको जानकारी प्राप्त गर्नेगराउने कार्यालय।
84043 श्रमजीवी वि. १. शारीरिक वा बौद्धिक श्रम गरेर अथवा कुनै किसिमको मजदुरीद्वारा जीवन निर्वाह गर्ने; श्रमद्वारा जीविका चलाउने। ना.
84044 श्रमजीवी वि. २. श्रम गर्ने व्यक्ति; श्रमिक।
84045 श्रमजीवी वि. ३. मजदुर; ज्यामी।
84046 श्रमणक ना. बौद्ध सन्न्यासी; बौद्ध भिक्षु।
84047 श्रमदान ना. सर्वसाधारण जनताले सहयोगात्मक भावना तथा स्वेच्छापूर्वक सार्वजनिक बाटोघाटो, बाँधपैनी, विद्यालय महाविद्यालय आदिको निर्माणकार्यमा ज्याला नलिई वा कम ज्याला लिई गर्ने काम।
84048 श्रमदानी वि. श्रमदान गर्ने; श्रमका रूपमा दान दिने।
84049 श्रमनीति ना. कुनै पनि उत्पादनमा सामूहिक श्रम लगाउने नीति वा कार्यपद्धति।
84050 श्रमविभाग ना. श्रमिकहरूको हकहितको संरक्षण तथा व्यवस्थासम्बन्धी काम गर्ने विभाग।