Dictionary

All Word

83901 शैवल ना. हे. शैवाल।
83902 शैवलिनी ना. नदी; खोलो।
83903 शैवाल ना. पानीसिँवाली; झ्याउ।
83904 शैव्या ना. पुराणप्रसिद्ध राजा हरिश्चन्द्रकी पत्नी।
83905 शैशव ना. १. शिशुको अवस्था; बाल्यावस्था; बालकपन। (तिम्रै शीतल बक्षस्थलमा यो कविको शैशवकाल बित्यो।-सिद्धिचरण, 'ओखलढुङ्गा')। वि.
83906 शैशव ना. २. शिशुसम्बन्धी; बालकको।
83907 शैशिर वि. शिशिर ऋतुमा हुने; शिशिर ऋतुसम्बन्धी।
83908 शोक ना. १. स्वजन वा प्रिय व्यक्तिको मृत्यु वा वियोगमा हुने मानसिक कष्ट; मनको पिर; सुर्ता; चिन्ता।
83909 शोक ना. २. साहित्यमा करुणरस निसृत हुने स्थायी भाव।
83910 शोककाव्य ना. कुनै प्रिय वा गुणी व्यक्तिका वियोगमा हृदयको व्याकुलता अभिव्यञ्जित गरी लेखिएको, करुणरसप्रधान काव्य।
83911 शोकगीत ना. प्रिय व्यक्तिसँगको बिछोडमा शोक व्यक्त गर्दै गाइने गीत।
83912 शोकपुस्तिका ना. कुनै विशिष्ट व्यक्तिको निधन हुँदा सम्बन्धित ठाउँमा गएर हार्दिक शोक व्यक्त गरी मन्तव्य लेख्ने वा हस्ताक्षर गर्ने पुस्तिका।
83913 शोकप्रस्ताव ना. कुनै विशिष्ट व्यक्तिको निधन भएकोमा दुःख व्यक्त गर्दै सभा, समिति आदिले पारित गर्ने प्रस्ताव।
83914 शोकसन्तप्त वि. आफन्त वा प्रिय व्यक्तिको वियोगमा व्याकुल भएको; शोकमा डुबेको।
83915 शोकसन्देश ना. शोकाकुल अवस्थामा शोकसन्तप्त व्यक्ति वा परिवारलाई दिइने वा पठाइने समवेदनाको सन्देश।
83916 शोकसभा ना. कुनै विशिष्ट व्यक्तिको निधनमा शोक व्यक्त गर्न गरिने सभा वा जमघट।
83917 शोकसमाचार ना. कसैका मृत्युको शोकसम्बन्धी खबर वा कुरो।
83918 शोका ना. नेपालको सुदूर पश्चिममा दार्चुला जिल्लाको उत्तरी भागमा र त्यसको पश्चिमपट्टिको भारतीय इलाकामा पनि बसोबास गर्ने एक जाति।
83919 शोकाकुल वि. शोकले छटपटाएको; दुःखले व्याकुल भएको; वेदनाग्रस्त।
83920 शोकातुर वि. शोकले ग्रस्त भएको; शोकाकुल।
83921 शोकार्त वि. शोकले पीडित; शोकाकुल।
83922 शोच ना. १. सोच्ने काम; सोच।
83923 शोच ना. २. अफसोस; विलाप; चिन्ता।
83924 शोचनीय वि. १. चिन्ता गर्नुपर्ने; चिन्तनीय।
83925 शोचनीय वि. २. विचार पुऱ्याउनुपर्ने; विचारणीय।
83926 शोच्य वि. शोचनीय।
83927 शोण वि. १. गाढा रातो; लाल। ना.
83928 शोण वि. २. रातो रङ; लाल।
83929 शोण वि. ३. भारतको बिहार प्रान्तमा बग्ने तथा पटनानजिकै गङ्गामा मिल्ने एक नदी।
83930 शोणित वि. रातो वर्णको; लाल; लोहित।
83931 शोणित चन्दन ना. रातो चन्दन।
83932 शोणितपुर ना. १. बाणासुरको नगर।
83933 शोणितपुर ना. २. काठमाडौँदेखि दक्षिणपश्चिममा रहेको एक प्राचीन बस्ती (थानकोट)।
83934 शोथ ना. पित्त, वायु आदिको प्रकोपद्वारा शरीरको कुनै अङ्ग सुनिने रोग; सुज।
83935 शोध ना. १. शुद्ध पार्ने वा चोख्याउने काम; शुद्धिसंस्कार।
83936 शोध ना. २. रिन तिर्ने काम।
83937 शोध ना. ३. कुनै विषयमा गहन अध्ययनका साथ गरिने खोज; अनुसन्धान।
83938 शोध ना. ४. साटो फेर्ने काम; बदला।
83939 शोधक वि. १. शुद्ध पार्ने वा चोख्याउने।
83940 शोधक वि. २. रिन फस्र्योट गर्ने।
83941 शोधक वि. ३. खोज वा अनुसन्धान गर्ने; शोधकर्ता।
83942 शोधक वि. ४. शुद्धि वा संशोधन गर्ने।
83943 शोधकर्ता वि. १. शोध गर्ने वा शुद्ध पार्ने (व्यक्ति)।
83944 शोधकर्ता वि. २. भर्ताल दिने (मानिस)।
83945 शोधकार वि. हे. शोधकर्ता ।
83946 शोधकार्य ना. कुनै विषयमा विशेषतः विश्वविद्यालय तहका स्नातकोत्तर वा विद्यावारिधिजस्ता उच्च र विशिष्ट उपाधिका निम्ति स्वीकृति लिएर शोधप्रबन्ध वा शोधग्रन्थ तयार पार्न गरिने प्रारम्भिक वा पूर्वकार्य।
83947 शोधन ना. १. शुद्ध पार्ने काम; शुद्धगराइ।
83948 शोधन ना. २. शोध गर्ने काम; अनुसन्धान।
83949 शोधन ना. ३. धातु आदि चम्काउने वा उजिल्याउने काम।
83950 शोध निर्देशक ना. १. शोधकार्य गर्ने शोधार्थीलाई आवश्यक निर्देशन दिने वा मार्गदर्शन गर्ने व्यक्ति; अनुसन्धाननिर्देशक।