Dictionary

All Word

85051 सङ्केतस्थल ना. २. उत्खनन आदि कार्यका निम्ति चिनु लगाइएको ठाउँ।
85052 सङ्केतिका ना. लेखतालिका; सङ्केतसूची।
85053 सङ्केतित वि. सङ्केत गरिएको; औँल्याइएको।
85054 सङ्केन्द्रण ना. १. सबै कुरा एकै स्थान वा केन्द्रतिर लगाउने काम; एकैतर्फको ध्यानजमाइ।
85055 सङ्केन्द्रण ना. २. सैन्य शक्ति आदिको भेला।
85056 सङ्केत सिद्धान्त ना. मार्क्सवादका अनुसार ठुलठुला पुँजीपतिले ससाना पुँजीपतिलाई आखिरमा कि निकालेर बाहिर पार्छन् कि आफूमा मिलाउँछन् र सारा पुँजी न्यास (ट्रस्ट) ब्याङ्कमा जम्मा हुन्छ भन्ने सिद्धान्त वा विचार।
85057 सङ्कोच ना. १. कसैका सामु केही कुरा भन्न वा गर्न अनकनाउने बानी; असजिलोपनाको अनुभव; हलुका लाज; धक।
85058 सङ्कोच ना. २. चाउरी पर्ने काम; खुम्च्याइ।
85059 सङ्कोच ना. ३. छोट्ट्याउने काम; सङ्क्षेपण।
85060 सङ्कोचन ना. १. विस्तार भएको कुरो आफ्नो पूर्वरूपमा फर्कन खोज्ने स्थिति; खुम्च्याइ।
85061 सङ्कोचन ना. २. सङ्कोच हुने वा लाज मान्ने काम।
85062 सङ्कोची वि. १. सङ्कोच मान्ने; लाज मान्ने; धकाउने।
85063 सङ्कोची वि. २. चाउरी पर्ने; खुम्चिने।
85064 सङ्क्रमण ना. १. कुनै कुराको एक ठाउँबाट अर्को ठाउँमा वा एक वस्तुबाट अर्को वस्तुमा हुने गमन; फिँजिने काम; फैलावट।
85065 सङ्क्रमण ना. २. ग्रह आदि एक राशिबाट अर्को राशिमा जाने काम; ठाउँसराइ।
85066 सङ्क्रमण ना. ३. शरीरको एक भागबाट अर्को भागमा रोग सर्ने प्रक्रिया।
85067 सङ्क्रमण ना. ४. सङ्गीतमा गायन तथा वाद्यवादन रहने ध्वनि।
85068 सङ्क्रमणकारी वि. सङ्क्रमण गर्ने; कुनै सङ्क्रामक रोग वा महामारी फैलाउने।
85069 सङ्क्रमणकाल ना. कुनै शासन, स्थिति, नियम आदि दिगो भइनसकेको अव्यवस्थित समय; सङ्क्रमणको याम वा अवधि।
85070 सङ्क्रमणकालीन वि. सङ्क्रमणकालसम्बन्धी।
85071 सङ्क्रमणनाशक वि. रोगका कीटाणुहरू नाश गर्ने र रोग फैलिन नदिने (औषधी)।
85072 सङ्क्रमित वि. सङ्क्रमणका अवस्थाको; सङ्क्रमण भएको।
85073 सङ्क्रमण माल ना. तोकिएको ठाउँमा नपुगी बिच बाटैमा रहेको माल वा सामान।
85074 सङ्क्रान्ति ना. १. सूर्य वा अरू कुनै ग्रहपुञ्ज एक राशिबाट अर्को राशिमा जाने काम वा त्यसरी प्रवेश गर्ने समय।
85075 सङ्क्रान्ति ना. २. कुनै एक अवस्था वा बिन्दु पार गरी अर्को अवस्था वा बिन्दुमा पुग्ने मार्ग।३. स्थानान्तरण।
85076 सङ्क्रान्ति ना. ४. सौर महिनाको पहिलो दिन; एक गते; सग्राँती।
85077 सङ्क्रान्तिकाल कुनै एक स्थिति वा युगबाट अर्को स्थिति वा युगमा प्रविष्टि हुँदाको बिचको समय; सङ्क्रमणकाल।
85078 सङ्क्रामक वि. १. एक ठाउँबाट अर्को ठाउँमा सर्दे वा फैलँदै जाने; सङ्क्रमण गर्ने।
85079 सङ्क्रामक वि. २. संसर्ग वा छुवाछुतद्वारा सर्ने; सरुवा (रोग, व्यथा आदि)।
85080 सङ्क्षिप्त वि. १. छोटकरीमा भनिएको वा लेखिएको।
85081 सङ्क्षिप्त वि. २. सारांश मात्र राखिएको; छोट्ट्याइएको; कम पारिएको।
85082 सङ्क्षिप्त वि. ३. छोटकरी; छोटो।
85083 सङ्क्षिप्त उत्तरात्मक वि. परीक्षाहरूका प्रश्नको उत्तर लेख्ने क्रममा छोटो उत्तरको अपेक्षा गर्ने; सङ्क्षिप्त उत्तर दिनुपर्ने (प्रश्न)।
85084 सङ्क्षिप्तता ना. सङ्क्षिप्त हुनाको भाव, गुण वा स्थिति।
85085 सङ्क्षिप्तात्मक वि. संक्षिप्त रूप दिइएको; छोटकरीमा भनिने वा लेखिने ( प्रश्न, उत्तर आदि)।
85086 सङ्क्षिप्तीकरण ना. सङ्क्षिप्त गर्ने काम; छोट्ट्याउने काम।
85087 सङ्क्षिप्तीकृत वि. सङ्क्षिप्त गरिएको; सङ्क्षेपमा भनिएको।
85088 सङ्क्षेप ना. १. सार कुरो मात्र लिएर बनाइएको, मूल सन्दर्भको छोटो रूप; सारांश; मजबुन।
85089 सङ्क्षेप ना. २. कम गर्ने काम; छोटकरी पार्ने प्रक्रिया।
85090 सङ्क्षेप ना. ३. सङ्क्षिप्त रूपमा दिइने सूचना; सङ्केत; इसारा।
85091 सङ्क्षेपक वि. १. सङ्क्षिप्त गर्ने; सारांश दिने; छोट्ट्याउने।
85092 सङ्क्षेपक वि. २. सूक्ष्म रूपमा थाहा दिने।
85093 सङ्क्षेप चिह्न ना. सङ्क्षिप्त प्रयोग वा छोटकरी उच्चारणमा लगाइने चिह्न (जस्तो- ले. -लेखक; अनु. -अनुवादक। आ.वा.- आकाशवाणी। रे'छ- रहेछ। आ'छ- आएको छ। लेख्या' थियो- लेखेको थियो।
85094 सङ्क्षेपण ना. सङ्क्षेप गर्ने काम; सङ्क्षिप्तीकरण।
85095 सङ्क्षेपीकरण ना. १. कुनै अनुच्छेद वा अभिव्यक्तिलाई सङ्क्षेपमा लेख्ने प्रक्रिया; मूल अंशलाई सामान्यतः एकतृतीयांशमा सङ्क्षिप्त बनाउने सिप।
85096 सङ्क्षेपीकरण ना. २. सङ्क्षेप गर्ने काम; सार खिचाइ; सङ्क्षेप; सारांश।
85097 सङ्क्षेपीकृत वि. सङ्क्षेपीकरण गरिएको; सङ्क्षेपमा ल्याइएको।
85098 सङ्खत्रो ना. सङ्खेत्रो।
85099 सङ्खिया ना. एक कडा विष।
85100 सङ्खुवासभा ना. नेपालको कोसी अञ्चलको सुदूर उत्तरी हिमाली भेकमा पर्ने सभा र सङ्खुवा खोलाको आधारमा नाम रहेको एक जिल्ला।