Dictionary

All Word

85251 सचेत वि. १. चेतना भएको वा चेत फर्केको; सजग; होसियार।
85252 सचेत वि. २. विवेकपूर्ण; बुद्धिमान्।
85253 सचेत वि. ३. सहृदय; भावुक।
85254 सचेतक ना. १. कुनै विषयमा सावधान हुन प्रेरणा दिने व्यक्ति; होसियार गराउने मानिस।
85255 सचेतक ना. २. संसद्मा भएका आफ्ना पक्षका सदस्यहरूछेउ प्रस्तुत हुने कुनै विधेयकबारे संस्था वा सङ्गठनका नीतिको सूचना अवगत गराउने व्यक्ति। वि.
85256 सचेतक ना. ३. सचेत गराउने।
85257 सचेतकता ना. सचेत हुनाको भाव वा स्थिति।
85258 सचेतन वि. १. चेतना वा ज्ञान भएको; सतर्क; जागरुक। ना.
85259 सचेतन वि. २. चेतनायुक्त वा सचेत प्राणी।
85260 सचेष्ट वि. चेष्टा भएको वा चेष्टा गर्ने; प्रयत्नशील सक्रिय।
85261 सच्चरित वि. सच्चरित्र।
85262 सच्चरित्र वि. १. असल चरित्र भएको; राम्रो चालचलनको; सद्व्यवहार गर्ने। ना.
85263 सच्चरित्र वि. २. असल चरित्र; सदाचार।
85264 सच्चरित्रता ना. सच्चरित्रको गुण वा अवस्था।
85265 सच्चा ना. १. जस्तो हुनुपर्ने उस्तै; जस्ताको तस्तो; साँचो।
85266 सच्चा ना. २. सकली व्यवहार भएको; चोखो।
85267 सच्चा ना. ३. न्यायोचित; मनासिब।
85268 सच्चाइ ना. सच्चा हुन चाहिने कुरो; साँचोपन; सत्यता।
85269 सच्चिदानन्द ना. सत्, चित् र आनन्दमय रूप; परब्रह्म।
85270 सच्याइ ना. सच्याउने क्रिया वा प्रक्रिया।
85271 सच्याइनु क.क्रि. सच्याउने काम गराइनु; सुधारिनु।
85272 सच्याउनु स.क्रि. १. टुटेफुटेको वस्तुलाई बनाउनु; सपार्नु; सुधार्नु।
85273 सच्याउनु स.क्रि. २. अशुद्धि भएको मिलाउनु वा सपार्नु; शुद्ध पार्नु।
85274 सछी ना. कुनै मालसामान बिक्री गर्दा माल कमसल ठहरेका खण्डमा फिर्ता गर्ने गरी दुवै पक्षको पत्यारपर्दो मानिसकहाँ जम्मा गरिने, मालधनीले पाउने मोलको केही रकम वा अंश।
85275 सज्नु स.क्रि. १. टुटेफुटेका वस्तुलाई बनाउनु; जीर्णोद्धार गर्नु।
85276 सज्नु स.क्रि. २. सजिसजाउ पार्नु; सिँगार्नु; सजाउनु।
85277 सज्नु स.क्रि. ३. खसी पार्नु।
85278 सजग वि. सावधान; होसियार; सतर्क; सचेत; चनाखो।
85279 सजधज ना. ध्वजापताका, तोरण आदिले सजाएर गरिएको सिँगार; सजावट।
85280 सजन वि. १. मानिसका साथको; जनसहित।
85281 सजन वि. २. गोती।
85282 सजल वि. १. पानी भएको; जलयुक्त; आर्द्र; गिलो।
85283 सजल वि. २. आँसुले भरिएको; अश्रुपूर्ण।
85284 सजा ना. सजाय।
85285 सजाइ ना. १. सज्ने भाव, क्रिया वा प्रक्रिया। [सजाउ + आइ]
85286 सजाइ ना. २. सजाउने भाव, क्रिया वा प्रक्रिया।
85287 सजाइनु क.क्रि. सजिसजाउ पारिनु; सजाउने काम गरिनु।
85288 सजाउनु स.क्रि. १. भएका वस्तु ठिकठिक ठाउँमा मिलाएर वा नयाँ लुगा, अलङ्कार आदिले सजाएर राम्रो पार्नु; सजिसजाउ गर्नु।
85289 सजाउनु स.क्रि. २. कुनै ठाउँ वा वस्तुलाई आवश्यक साधनले सिँगारेर दर्शनीय वा मनोरम बनाउनु।
85290 सजात वि. १. साथै जन्मेको; सँगै जन्मेको। ना.
85291 सजात वि. २. दाजु वा भाइ।
85292 सजाति वि. १. एउटै जाति वा वर्गको; समान जात वा वर्णको। ना.
85293 सजाति वि. २. एकै जातका अमाबाबुबाट भएका सन्तान; एउटै जाति।
85294 सजातीय वि. एउटै जात वा वर्गको; सजाति।
85295 सजाय ना. १. कुनै दोष वा अभियोग प्रमाणित भएपछि दिइने शारीरिक वा आर्थिक दण्ड; दण्ड र कैदमध्ये कुनै एक वा दुवै; कारावास।
85296 सजाय ना. २. कुनै कामकुराका निम्ति दिइने सास्ती; यातना; शासना।
85297 सजाय ना. ३. दण्डजरिवाना।
85298 सजायाफ्ता वि. सजाय पाइसकेको; कैद भोगिसकेको।
85299 सजावट ना. सजाउने वा सिँगार्ने काम; सजिसजाउपना; सजधज।
85300 सजिनु अ.क्रि. सज्जित हुनु; अलङ्कृत हुनु।