Dictionary

All Word

85501 सतह डाँक ना. जमिनबाट ल्याइने, लगिने वा ओसारपसार गरिने चिठीपत्र आदि हुलाक।
85502 सतहत्तर ना. १. छयहत्तरपछिको सङ्ख्या वा गन्ती; ७७-को अङ्क। वि.
85503 सतहत्तर ना. २. सत्तरी र सात जोड्दा हुने सङ्ख्याको।
85504 सतहत्तरौँ वि. सतहत्तर सङ्ख्यामा पर्ने; सतहत्तर सङ्ख्याको।
85505 सतही वि. सतहको; सतहसम्बन्धी।
85506 सतही भूक्षय ना. सतहको जमिन खिइँदै वा नासिँदै जाने काम।
85507 सताइ ना. सताउने भाव, क्रिया वा प्रक्रिया।
85508 सताइनु क.क्रि. सताउने काम गरिनु।
85509 सताउनु स.क्रि. १. अरूलाई कारण वा अकारण दुःख दिनु; सासना दिनु।
85510 सताउनु स.क्रि. २. पिरोल्ने काम गर्नु; हैरान पार्नु।
85511 सतार ना. विशेष गरेर नेपालको पूर्वी तराई झापा जिल्लामा बस्ने एक जाति।
85512 सतार वि. १. अग्लो र मोटोघाटो; खुब सप्रेको।
85513 सतार वि. २. लाज नभएको; नकच्चरो।
85514 सतार वि. ३. कसैलाई नटेर्ने; उन्मत्त ।ना.
85515 सतार वि. ४. एक गाउँको नाम।
85516 सतार्नी ना. १. फौजदारी अड्डामा बापतीलाई केर्ने स्त्री (नुवाकोट जिल्लाको तामे सतार गाउँकी गङ्गी खड्किनी फौजदारी अड्डामा सर्वप्रथम त्यस्तो काम गर्ने सिपाहीको पदमा भर्ना भएकीले त्यसै सन्दर्भअनुसार)। वि.
85517 सतार्नी ना. २. लाज नभएकी; निर्लज्ज; बेसरम (स्त्री)।
85518 सतास ना. १. नदीले बगाई खेतमा फ्याँकेको काठकसिङ्गर; घाँसफुस आदि वस्तु। वि.
85519 सतास ना. २. खुब सप्रेको वा बढेको (बाली)।
85520 सतासिनु अ.क्रि. बाली खुबसित सप्रनु; हल्कनु वा बढ्नु।
85521 सतासिऔँ / सतासियौँ वि. सतासी सङ्ख्यामा पर्ने; सतासी सङ्ख्याको।
85522 सतासी ना. १. छयासीपछिको सङ्ख्या वा गन्ती; ८७-को अङ्क। वि.
85523 सतासी ना. २. असी र सात जोड्दा हुने वा त्यति सङ्ख्याको।
85524 सतासीऔँ/ सतासीयौँ वि. हे. सतासिऔँ।
85525 सतास्याइ ना. सतासिने भाव, क्रिया वा प्रक्रिया।
85526 सतिबयर ना. भेट्नैपिच्छे तीनतीनवटा पात लाग्ने, पहेँला वा राता फूल फुल्ने, मसिना अमिला दाना फल्ने एक जातको बोट वा त्यसैको फल।
85527 सतिसाल ना. मसिना बाटुलिएका पात हुने, कोसारूपमा लाम्चा फल फल्ने, चुरो खुब बलियो हुने एक जातको रुख; तमाल।
85528 सती ना. १. आफ्ना पतिबाहेक परपुरुषको कामना नगर्ने स्त्री; पतिव्रता; साध्वी।
85529 सती ना. २. पतिको शवसँगै चितामा जलेर मर्ने स्त्री।
85530 सती ना. ३. दक्षप्रजापतिकी कन्याको नाम; महादेवकी जेठी पत्नी।
85531 सती ना. ४. दुर्गा।
85532 सतीत्व ना. सती स्त्रीमा रहने गुण; पातिव्रत्य।
85533 सतीत्व प्रथा ना. विवाहित लोग्ने मरेपछि जिउँदी स्वास्नीलाई लोग्नेको लाससँगै जलाउने वा जल्न दिने प्रथा (यो प्रथा नेपालमा १९७७ सालको असार २५ गतेदेखि ऐनद्वारा निषेध गरी बन्द भएको छ)।
85534 सतुवा ना. सातु; सत्तू।
85535 सतुवा ना. तलादार पात र रछायाँ भावको डाँठ हुने, भेट्नु भएका फूल फुल्ने र फूलका बिचमा पहेँलो हरियो हुने एक जातको बोट वा बुटी।
85536 सतृष्ण वि. १. तृष्णाले युक्त; चाहना भएको।
85537 सतृष्ण वि. २. तिर्खाएको; तिर्खालु।
85538 सतृष्ण वि. ३. साह्रै इच्छुक।
85539 सतेहास ना. थारूजातिका स्त्रीहरूले गलादेखि छातीसम्म लटकिने गरी लगाउने एक प्रकारको गहना।
85540 सतोसत क्रि.वि. किरिया हाल्दा सत्यताको प्रण गर्दा जोड दिएर भनिने शब्द; सत्ते; धरोधर्म (उदा. -बिनसित्ति किन दोष लगाउनुहुन्छ ? सतोसत तपाईंलाई मैले केही भनेको छैन !)।
85541 सत्कर्ता वि. १. सत्कार वा मानमिजास गर्ने; आदरभाउ राख्ने।
85542 सत्कर्ता वि. २. असल काम गर्ने; सत्कर्म गर्ने (व्यक्ति)।
85543 सत्कर्म ना. १. असल वा राम्रो काम; सुकर्म; पुण्यकर्म; धर्मकार्य।
85544 सत्कर्म ना. २. अतिथिको सत्कार; आतिथ्य।
85545 सत्कार ना. १. आउनेजाने व्यक्तिका प्रति गरिने सम्मान वा आदर; अतिथिसम्मान; पाहुनाको सेवाटहल।
85546 सत्कार ना. २. आदरभाउ; मानमनितो।
85547 सत्कारक वि. १. अतिथिको स्वागतसम्मान गर्ने; पाहुनाको मानमनितो गर्ने।
85548 सत्कारक वि. २. असल वा राम्रो काम गर्ने।
85549 सत्कार्य ना. १. असल कार्य; राम्रो काम; सत्कर्म। वि.
85550 सत्कार्य ना. २. सत्कार गर्न योग्य।