Dictionary

All Word

85601 सत्य वि. १. जस्तो हुनुपर्छ त्यस्तै वा सन्देह नभएको; साँचो; सच्चा; वास्तविक; यथार्थ।२. पत्याउन सकिने; विश्वस्त; इमान्दार।
85602 सत्य वि. ३. सद्गुणसम्पन्न; धर्मात्मा। ना.
85603 सत्य वि. ४. सत्य, त्रेता, द्वापर र कलि चार युगमध्ये पहिलो युग।
85604 सत्य वि. ५. पुराणअनुसार पृथ्वीउँभोको सात लोकमध्ये सबभन्दा माथिल्लो लोक।
85605 सत्य वि. ६. वास्तविक वा प्रामाणिक सिद्धान्त।
85606 सत्य वि. ७. साँचो कुरो वा स्थिति; यथार्थता; साँचोपन।
85607 सत्य वि. ८. कुनै कुरो पूरा गर्न बोलिने वचन; कबुल; प्रतिज्ञा।
85608 सत्य वि. ९. कसैलाई विश्वस्त पार्न किरिया हाल्दा व्यक्त हुने शब्द; सत्ते।
85609 सत्यकाम वि. सत्य वा सत्य वस्तुको कामना गर्ने; सत्यको अन्वेषी; सत्यप्रेमी।
85610 सत्यता ना. १. साँचो हुनाको गुण वा स्थिति; साँचोपन; सच्चाइ।
85611 सत्यता ना. २. जस्तो हुनुपर्छ त्यस्तै हुने प्रक्रिया; वास्तविकता; यथार्थता।
85612 सत्यनारायण ना. सत्यबाट प्रसन्न हुने र सन्तुष्ट रहने भनी प्रसिद्ध विष्णुको एक नाम; सत्तेनारान ( कथ्य.)।
85613 सत्यनिष्ठ वि. सत्यमा रहेको; सत्यको पालना गर्ने; सत्यवान्।
85614 सत्यप्रतिज्ञ वि. आफूले बोलेको वा कबुलेको कुरो कुनै किसिमले पनि पुऱ्याइछोड्ने; वचनको पक्का।
85615 सत्ययुग ना. सत्य, त्रेता, द्वापर र कलि चार युगमध्ये पहिलो युग; कृतयुग।
85616 सत्यलोक ना. पुराणका अनुसार पृथ्वीउँभो रहेका सात लोकमध्ये सबभन्दा माथिल्लो लोक।
85617 सत्यवक्ता वि. साँचो बोल्ने; सत्यवादी।
85618 सत्यवती वि. १. सत्यमा अडिग रहने (स्त्री)। ना.
85619 सत्यवती वि. २. पराशर ऋषिद्वारा माझीपुत्री मत्स्यगन्धाको पहिलेको नाउँ फेरिएकी, महाभारत र पुराणका रचयिता व्यासकी आमा; भीष्मकी विमाता।
85620 सत्यवती ताल ना. नेपालको पाल्पा जिल्लामा तानसेनदेखि दक्षिणपश्चिम भागमा रहेको एक ताल।
85621 सत्यवादी वि. १. सधैँ साँचो बोल्ने; सत्यवक्ता।
85622 सत्यवादी वि. २. आफ्नो प्रतिज्ञामा दृढ रहने।
85623 सत्यवान् वि. १. सत्यको आचरण तथा पालना गर्ने; सत्यमा अडिग रहने। ना.
85624 सत्यवान् वि. २. पुराणप्रसिद्ध शाल्व देशका एक राजकुमार; सावित्रीका पति।
85625 सत्यव्रत ना. १. सत्यको पालन गर्ने नियम वा व्रत।
85626 सत्यव्रत ना. २. पुराणप्रसिद्ध एक राजर्षिको नाम। वि. ३ सधैँ साँचो व्यवहार गर्ने व्रत लिएको; सत्यनिष्ठ।
85627 सत्यव्रती सत्यव्रत ग्रहण गरेको; सत्यव्रतमा रहने।
85628 सत्यहाङमा ना. लिम्बूजातिको महात्मा पण्डित तपस्वी र आबाल ब्रह्मचारी फाल्गुनन्दले चलाएको धार्मिक पन्थ।
85629 सत्याग्रह ना. राजनीतिका क्षेत्रमा कुनै असल व्यवस्था वा न्याससङ्गत पक्षको स्थापनाका लागि सत्ताधिकारीसमक्ष असन्तोष, विरोध आदि प्रकट गर्ने वा आफ्ना मागको प्रभाव पार्ने गरी शान्तिपूर्वक अड्डी लिएर बस्ने काम; सत्य कुराको रक्षा वा पालनका निम्ति गरिने आग्रह।
85630 सत्याग्रही वि. सत्याग्रह गर्ने।
85631 सत्यानाश ना. मूलैदेखि नाश; सर्वनाश; ठुलो बरबादी; ध्वंस।
85632 सत्यानाशी वि. सत्यानाश पार्ने; सत्यानाश गर्ने।
85633 सत्यापन ना. १. कुनै भनाइको सत्यता प्रमाणित गर्ने काम;आवश्यक कुराको जाँचपडतालपछि पत्ता लगाइने सत्यता।
85634 सत्यापन ना. २. सत्यको पालना वा निर्वाह गर्ने काम।
85635 सत्र ना. १. सोह्रपछिको सङ्ख्या वा गन्ती; १७-को अङ्क।
85636 सत्र ना. २. तास, पासा आदि खेलको दाउविशेष।
85637 सत्र ना. ३. मनमाफिकको सन्जोग; राम्रो मौका; फलिफाप।
85638 सत्र ना. १. विद्यालयमहाविद्यालय आदिको पढाइ हुने समय वा कार्यावधि; शैक्षिक वर्ष ।२. सभा, संस्था आदिको केही समयसम्म नियमित रूपले तथा निरन्तर हुने बैठक वा अधिवेशन।
85639 सत्र ना. ३. तेह्र दिनदेखि सय दिनभित्रमा समाप्त गरिने एक यज्ञ; होम।
85640 सत्र ना. ४. महात्मा, साधु वा असमर्थ गरिबहरूलाई नियमित रूपले भोजन दिइनेबाँडिने ठाउँ; सदावर्त; दानपुण्य।
85641 सत्र ना. ५. आश्रय लिइने ठाउँ; घर;गृह।
85642 सत्र न्यायालय ना. कुनै निश्चित अवधिभित्र हत्या आदिको अभियोगबारे विचार गर्ने न्यायसभा वा अदालत।
85643 सत्रान्त ना. चलिरहेको सत्रको आखिरी समय; सत्रको समाप्ति।
85644 सत्रान्त परीक्षा ना. सत्र वा शैक्षिक वर्षको अन्तमा लिइने परीक्षा; सत्रको आखिरी जाँच।
85645 सत्रावसान ना. कुनै सरकारको विधायिका अङ्गको हिउँदे वा वर्षे अधिवेशनको समाप्ति; सत्रान्त।
85646 सत्सङ्ग ना. १. ज्ञानी-गुणीहरूसँग सहवास वा सज्जनहरूको सङ्गत।
85647 सत्सङ्ग ना. २. धर्म वा अध्यात्मज्ञानसम्बन्धी चर्चा, व्याख्या आदि हुने समाज।
85648 सत्सङ्गति ना. सत्सङ्गत।
85649 सत्सङ्गी वि. १. सज्जनको सङ्गतमा रहने; सत्सङ्गमा लाग्ने।
85650 सत्सङ्गी वि. २. धार्मिक वा आध्यात्मिक ज्ञानको समाजमा रहने।