Dictionary

All Word

85751 सधाउनु स.क्रि. ६. लगानीमा गएको वा डुबेको धन उठाउनु।
85752 सधान वि. १. काममा लागेको वा लगाइएको; कायम भएको।
85753 सधान वि. २. साध्ने काम; सधाइ।
85754 सधिनु अ.क्रि. सधाउने काम हुनु; साधिनु।
85755 सधुक्कडी वि. सन्तसाधुका ढाँचाको वा उनीहरूले बोल्ने (भाषा, बोली इत्यादि)।
85756 सधुक्कडी भाषा ना. विभिन्न भाषाको मिश्रणले गर्दा कुनै भाषाको मूल रूपभन्दा भिन्न भएको, साधुहरूले बोल्ने भाषा।
85757 सधुवा / सधुवी ना. सधवा।
85758 सधूम वि. धुवाँसहितको; धुवाँयुक्त; धुवाँ उठेको।
85759 सधैँ वि. सदा; नित्य; लगातार। (उदा.- सधैँ खाने गरे विष पनि पच्छ। सधैँको स्याहार चोर आउँदा बिस्याहार- उखान।
85760 सधैँभरि क्रि.वि. अटुट रूपले; सदाकाल।
85761 सन् ना. इस्वी साल वा वर्ष; अङ्ग्रेजी संवत्।
85762 सन ना. खण्डाकार पात हुने र पहेँला, सेता वा निला फूल फुल्ने एक जातको लङ्गुरे बोट वा त्यसैका बोक्रा कुहाएर निकालिने राम्रो टल्कने पाट।
85763 सनई ना. विवाह, व्रतबन्ध आदि मङ्गल कार्य वा मुहूर्तमा फुकेर बजाइने सातवटा प्वाल भएको प्रसिद्ध बाजा; पञ्चैबाजा वा नौमती बाजाको मुख्य स्वरबाजा; सनही।
85764 सनक ना. १. रिसको आवेग; झोक।
85765 सनक ना. २. मनको एकोहोरो ताना; धुन। (उदा.- सनक चढाएर मात्र हुँदैन, बुद्धि पनि खियाउनुपर्छ)।
85766 सनक ना. ब्रह्माका सनकादि चार मानसपुत्रमध्ये एक।
85767 सनकादि ना. ब्रह्माका चार मानसपुत्रको नाम ( क्रमशः सनक, सनन्दन, सनातन र सनत्कुमार)।
85768 सनकी वि. सनक चढेको; सन्की।
85769 सनक्क क्रि.वि. १. एक्कासि मानसिक आवेग उठ्ने चालले; सन्कने गरेर।
85770 सनक्क क्रि.वि. २. सबै एकै खेप पिइसक्ने गरी।
85771 सनद ना. कुनै कामको निकासापुकासा वा बन्दोबस्तका बारेमा दिइने सरकारी आज्ञापत्र; राजाज्ञाको प्रमाण; रुक्का।
85772 सनदपत्र ना. सनदको कागत वा पुर्जी; राजाज्ञाको प्रमाणपत्र।
85773 सनदपुर्जी ना. राणाशासन-कालमा प्राइम मिनिस्टर वा मुख्तियारको छाप लागेको आडरपुर्जी वा बडापत्र।
85774 सनद सवाल ना. सनद र सवाल।
85775 सनपाट ना. सनका बोक्राबाट बनाइएको पाट।
85776 सनसन क्रि.वि. १. दुध, पानी आदि छिटोछिटो पिउने गरी।
85777 सनसन क्रि.वि. २. बाण, गोली आदि चल्दा शब्द निस्के झैँ गरेर।
85778 सनसन क्रि.वि. ३. हावा चल्दा शब्द आए झैँ गरी।
85779 सनसनती क्रि.वि. अझ छिटो सनसन हुने गरी।
85780 सनसनाहट ना. सनसन हुने चाल वा शब्द।
85781 सनसनी क्रि.वि. सनसनती।
85782 सनही ना. हे. सनई।
85783 सनही ना. मलको रूपमा प्रयोग गरिने धानका जातको एक थरी झार।
85784 सनाई ना. छिनछिनेको जस्तो बोट र पात रेचक हुने पाटविशेष; सानो जातको सन।
85785 सनाईपत्ती ना. पेट खलास गर्न प्रयोग गरिने, सुके पनि हरियै रहने एक प्रकारको पात।
85786 सनाखत ना. १. अड्डाखानामा सम्बन्धित व्यक्तिका सामुन्ने यो काम वा कुरो मैले गरेको हुँ भन्ने बेहोरा लेखी प्रमाणस्वरूप गरिने सहीछाप; भिडाउने वा चिनाउने काम।
85787 सनाखत ना. २. पोलिएको व्यक्ति, अनिश्चित वा बेवारिस लास आदि चिन्न लाउने काम।
85788 सनाखत कागत ना. चोरी, डाँका, खुन आदि मुद्दामा दोपाया, चौपाया, धनमाल, वस्तुहरू उजुरवाला जुन मानिसलाई चिनाउनुपर्छ धेरैमा एकैनासका राखी मिलाई यही हो भनी किटानसाथ चिनाएर गरिने कागत।
85789 सनातन वि. १. धेरै अघिदेखि चलिआएको; परापूर्वदेखिको; प्राचीन।
85790 सनातन वि. २. कहिल्यै नाश नहुने; अविनाशी; शाश्वत; नित्य। ना.
85791 सनातन वि. ३. धेरै पहिलेदेखि चल्दै आएको व्यवहार।
85792 सनातन वि. ४. अनादिकाल; परापूर्व। ५ शिव, विष्णु, ब्रह्मा, लक्ष्मी, दुर्गा र सरस्वतीका निम्ति प्रयोग हुने नाम।
85793 सनातनता ना. सनातनको चाल वा स्थिति।
85794 सनातन धर्म ना. १. आर्यहरूमा प्राचीन समयदेखि चलिआएको मानवीय धर्म।
85795 सनातन धर्म ना. २. वेद, पुराण, तन्त्र, मूर्तिपूजा आदिद्वारा समर्थित अचेल चलेको हिन्दु धर्म।
85796 सनातन धर्म सेवासमिति ना. सनातन धर्मको महत्त्व र उपयोगिताको प्रचार गरी मानवकल्याणमा संलग्न रहने उद्देश्यले नेपालमा चलेको एक संस्था।
85797 सनातनी वि. १. सनातनदेखिको; सनातनसम्बन्धी; प्राचीन।
85798 सनातनी वि. २. सनातन धर्मको अनुयायी; सनातन धर्म अँगाल्ने।
85799 सनिसर ना. शनिश्चर; सन्सर।
85800 सनासो ना. कसौँडी, तसला आदि च्याप्न प्रयोग हुने, गँगटाको पन्जाजस्तो मुख र घुमेको बिँड भएको फलामे साधन; बाहुली।