Dictionary

All Word

85801 सनेस ना. १. एउटा कुरो भने झैँ गरी अर्को कुरो जनाउने काम; छनक; सुइँको।
85802 सनेस ना. २. छोटकरी समाचार; सन्देश।
85803 सनेस ना. ३. कोसेली; उपहार।
85804 सन्कनु अ.क्रि. १. सनक वा रिस चढ्नु; उत्तेजित हुनु।
85805 सन्कनु अ.क्रि. २. बतासे कुरा गर्न थाल्नु; सिल्लीजस्तो हुनु।
85806 सन्काइ ना. सन्कने वा सन्काउने क्रियाप्रक्रिया।
85807 सन्काइनु क.क्रि. सन्काउने काम गरिनु।
85808 सन्काउनु स.क्रि. १. आँखाले सङ्केत गर्नु वा सूचना दिनु।
85809 सन्काउनु स.क्रि. २. तरल पदार्थ छिटोछिटो पिउनु। प्रे.क्रि.
85810 सन्काउनु स.क्रि. ३. उत्तेजित पार्नु; झोक चलाउनु।
85811 सन्काउनु स.क्रि. ४. बौलाहा बनाउनु।
85812 सन्कासन्की ना. परस्परमा सन्कने काम; रन्कारन्की (उदा.- कुरा गर्दागर्दै तिनीहरू सन्कासन्की पो गर्न थाले)।
85813 सन्काहा वि. १. सन्कने बानी भएको; सन्की।
85814 सन्काहा वि. २. अर्द्धसिल्ली।
85815 सन्की वि. सन्कने स्वभावको; सन्काहा।
85816 सन्को ना. १. सन्कने चाल; सन्कने काम; सनक।
85817 सन्को ना. २. एकै सासमा पिइसकिने घुट्को; पियाइको खेप।
85818 सन्च ना. सन्चो; सुबिस्ता। (उदा.- नानीलाई सन्च आमालाई हाइसन्च)।
85819 सन्चो ना. १. रोग, पीडा आदिको निवारण; आरोग्य; सन्च।
85820 सन्चो ना. २. आपत्, झन्झट, बाधा आदि केही नरहने स्थिति; सुबिस्ता; आनन्द।
85821 सन्चोबिसन्चो ना. स्वस्थता र अस्वस्थता; नीरोगित्व र बिमारी।
85822 सन्छेप ना. १. छोटकरी भनाइ वा लेखाइ; सङ्क्षेप।
85823 सन्छेप ना. २. इसारा; सङ्केत।
85824 सन्जना ना. जाली झैँ बन्ने गरी मसिनु पारेर काटिएको मुला आदिको चाना; भुजुरी।
85825 सन्जाप ना. भोटो, दौरा, सुरुवाल आदिको छेउमा सिएर गाँसिने कपडाको धर्सो; सेप्टी; मोहोजी; मञ्जी।
85826 सन्जे ना. १. सन्ध्या; साँझ।
85827 सन्जे ना. २. साँझमा जपिने मन्त्र; गायत्रीजप।
85828 सन्जेकाल ना. साँझको वेला; सन्ध्याकाल; सायङ्काल। (उदा.- सन्जेकालमा रोए अलच्छिन लाग्छ रे )।
85829 सन्जोग ना. आकस्मिक तारतम्य; संयोग; भवितव्य।
85830 सन्जोगे ना. भान्सामा चाहिने नुन, मसला आदि हाल्ने काठ वा टिनको खण्डेदार भाँडो; पञ्चपाला।
85831 सन्झ्याल ना. गारो बाहिर निस्केको पुरानो छाँटको कलात्मक बुट्टे झ्याल।
85832 सन्टरी ना. १. पालो बस्ने व्यक्ति; पहरेदार; पाले; सन्तरी।
85833 सन्टरी ना. २. पहरा; पालो; चपट।
85834 सन्ठ वि. १. जिउ मात्र देख्नाको तर बुद्धि नभएको; स्वाँठ; मूर्ख; लन्ठ।
85835 सन्ठ वि. २. उच्छृङ्खल; उत्ताउलो।
85836 सन्ठिनु अ.क्रि. १. स्वाँठ हुनु; धूर्त बन्नु।
85837 सन्ठिनु अ.क्रि. २. लन्ठिनु।
85838 सन्ठी ना. सनको पाट निकालिसकेपछिको झिँजा; सन ताछेको लट्ठी।
85839 सन्ड / सन्डो वि. १. मोटोघाटो वा बलियोबाङ्गो भईकन मूर्ख; भुसतिघ्रे र मूढ।
85840 सन्ड / सन्डो वि. २. मिठामसिना कुराले आफ्नो काम पट्याउन जान्ने।
85841 सन्ड / सन्डो वि. ३. चाप्लुसी गर्न र धुत्न सिपालु; धूर्त चालको बाठो।
85842 सन्ड / सन्डो वि. ४. लाज, इज्जत केही नभएको।
85843 सन्ड्याइ ना. सन्ड्याउने भाव, क्रिया वा प्रक्रिया।
85844 सन्ड्याइनु क.क्रि. सन्ड्याउने काम गरिनु।
85845 सन्ड्याउनु स.क्रि. सन्ड भएर अरूलाई झुक्यानमा पार्नु; धुत्नु; ठग्नु।
85846 सन्डयु ना. मसिना किरा जाँदा चोपमा टाँसिने, मसिनै पात र हाँगा भएको एक जातको बुटी।
85847 सन्त ना. १. व्यवहार र विषयमा नअल्झी धर्म वा पुण्य कार्यमा लागेको पुरुष; सज्जन व्यक्ति; साधु; सन्न्यासी।
85848 सन्त ना. २. अँजुली; अञ्जली। वि.
85849 सन्त ना. ३. शान्त स्वभावको; विनम्र।
85850 सन्तति ना. १. सन्तान; छोराछोरी, नातिनातिना आदि।