Dictionary

All Word

85901 सन्तोकी वि. सन्तोक गर्ने; सन्तोषी।
85902 सन्तोष ना. १. आफ्नो वर्तमान अवस्था वा आफूसँग भएका वस्तुबाट हुने आनन्दको अनुभव; सन्तुष्टि; सन्तोक।
85903 सन्तोष ना. २. अघाउने काम; अघाइ; तृप्ति।
85904 सन्तोष ना. ३. प्रसन्नता; आनन्द; हर्ष; खुसी।
85905 सन्तोषी वि. १. जो भएकोमा चित्त बुझाउने वा खुसी हुने; सन्तोष गर्ने स्वभावको; सन्तुष्ट।
85906 सन्तोषी वि. २. कलझगडा नगर्ने; शान्त।
85907 सन्त्रस्त वि. साह्रै आत्तिएको; धेरै हडबडाएको; डराएको; तर्सेको। (उदा.- युद्धको विभीषिकाले आजको मानवसमाज सन्त्रस्त छ)।
85908 सन्त्रास ना. हडबडाएको अवस्था; व्याकुलता; डर; छटपटी। (उदा.- अचेल किन हो प्रत्येक मान्छेमा सन्त्रास पैदा भएको छ)।
85909 सन्था ना. एक खेपमा पढाइने वा पढिने पाठ; गुरुले दिएको एक दिनको पाठ।
85910 सन्दर्भ ना. १. कुनै लेख; रचना, पुस्तक आदिको विषय- प्रसङ्ग।
85911 सन्दर्भ ना. २. लेख, कुरो, वर्णन आदिको क्रम वा सिलसिला।
85912 सन्दर्भ ना. ३. मिलाएर गाँस्ने वा टाँक्ने काम।
85913 सन्दर्भ ना. ४. साहित्यिक कृति वा रचना; लेख, निबन्ध आदि।
85914 सन्दर्भ ना. ५. कुनै गूढ कुरा प्रस्ट पार्ने ग्रन्थ।
85915 सन्दर्भ ना. ६. फैलाउने काम; विस्तार।
85916 सन्दर्भ ना. ७. सम्मिश्रण; सङ्ग्रह।
85917 सन्दर्भ कृति ना. कुनै रचना वा ग्रन्थ तयार पार्दा प्रयोग गरिएका पुस्तक आदि।
85918 सन्दर्भ गाँठी ना. खास सन्दर्भ वा प्रसङ्गलाई ठम्याउन सघाउ पुर्‍याउने उक्त सन्दर्भमा प्रयुक्त शब्द वा शब्दावली।
85919 सन्दर्भ ग्रन्थ सूची ना. खास लेखकद्वारा लिखित खास पुस्तक, लेख वा अन्य सामग्रीका पुछारमा दिइएको, लेखकद्वारा उपयोगमा ल्याइएको ग्रन्थ, लेख, पत्रपत्रिका आदिको सूची; सन्दर्भमा आएका ग्रन्थहरूको विवरण।
85920 सन्दर्भ विवरण ना. सन्दर्भको बेहोरा।
85921 सन्दर्भ सामग्री ना. सन्दर्भका रूपमा प्रयुक्त पुस्तक, पत्रिका आदि साधन।
85922 सन्दर्भ सूची ना. सन्दर्भका रूपमा प्रयुक्त पुस्तकहरूको सूची वा विवरण।
85923 सन्दर्भिका ना. लेखक तथा अन्य स्रोत खुल्ने गरी दिइएको खास विषयसँग सम्बन्धित ग्रन्थ तथा अन्य लिखित सामग्रीहरूको विवरण वा विवरणपुस्तिका।
85924 सन्दर्शन ना. १. राम्ररी हेर्ने वा देख्ने काम; अवलोकन।
85925 सन्दर्शन ना. २. एक टकको हेराइ; नियालाइ।
85926 सन्दर्शन ना. ३. विचार गर्ने काम; पर्यवेक्षण।
85927 सन्दिग्ध ना. १. सन्देह भएको; शङ्का लागेको; शङ्कास्पद।
85928 सन्दिग्ध ना. २. ठेगाना नभएको; अनिश्चित। ( जस्तो- सन्दिग्ध कथन वा कुरा, सन्दिग्ध सूची, सन्दिग्ध वातावरण इ.)। ना
85929 सन्दिग्ध ना. ३. अस्पष्ट कथन; अपूर्ण वार्ता।
85930 सन्दिग्धता ना. १. सन्दिग्ध हुने काम वा स्थिति; अस्पष्टता।
85931 सन्दिग्धता ना. २. यस्तो हो कि उस्तो हो भनेर सन्देह हुँदा वा वक्तव्य, कुरा आदि अनिश्चित हुँदा हुने अर्थदोष।
85932 सन्दिग्ध प्राधान्य ना. वाच्यार्थ वा व्यङ्ग्यार्थ कुन प्रधान हो भन्ने कुरामा सन्देह हुँदा हुने एक गुणीभूत व्यङ्ग्य।
85933 सन्दीपन वि. १. बाल्ने काम; प्रज्वलित गर्ने काम।
85934 सन्दीपन वि. २. उद्दीप्त पार्ने काम; उद्दीपन।
85935 सन्दीपन वि. ३. कामदेवका पाँच बाणमध्ये एक।
85936 सन्दीप्त वि. १. खुब राम्ररी बलेको; प्रज्वलित।
85937 सन्दीप्त वि. २. उक्साइएको; उत्तेजित; उद्दीप्त।
85938 सन्दुक / सन्दुस ना. धनमाल; लत्ताकपडा राखिने काठ, फलाम आदिको बाकस; सन्दुस।
85939 सन्दुके वि. सन्दुकको; सन्दुकका ढाँचाको।
85940 सन्देश ना. १. कसैले अरूलाई लेखी वा भनी पठाएको कुरो; समाचार; खबर; सनेस।
85941 सन्देश ना. २. पालन गर्नुपर्ने कुनै आज्ञा; आदेश।
85942 सन्देश ना. ३. कोसेली; सौगात।
85943 सन्देश प्रेषक ना. १. एक ठाउँबाट अर्को ठाउँसम्म सन्देश पठाउने यन्त्र; ट्रान्समिटर; ध्वनियन्त्र।
85944 सन्देश प्रेषक ना. २. सन्देश पठाउने व्यक्ति।
85945 सन्देश प्रेषण ना. तार, बेतार आदिद्वारा सन्देश पठाउने वा जाने काम।
85946 सन्देश वाहक ना. सन्देश लैजाने वा पुर्‍याउने व्यक्ति।
85947 सन्देसा ना. ताजा वा मौलिक खबर; समाचार; सन्देश।
85948 सन्देह ना. १. कुनै विषय वा कुराको हो कि होइनको अवस्था; दोधार; संशय; शङ्का।
85949 सन्देह ना. २. अन्योलको वातावरण; भ्रान्ति; भ्रम।
85950 सन्देह ना. ३. उपमेयमा उपमानको चमत्कारले संशय हुँदा पर्ने एक अर्थालङ्कार।