Dictionary

All Word

85851 सन्तति ना. २. वंश; कुल; परिवार।
85852 सन्तति ना. ३. वंश वा कुलको विस्तार।
85853 सन्तति निरोध ना. सन्ताननिरोध; गर्भनिरोध।
85854 सन्तधारा ना. नेपाली कविताको उत्तरप्राथमिक कालमा मूलतः निर्गुण भक्तिधाराको प्रवाह ल्याउने जोसमनी सन्तसम्प्रदाय तथा त्यसै सम्प्रदायमा फस्टाउँदै गएको काव्यपरम्परा।
85855 सन्तप्त वि. १. धेरै तातेको; खुब गर्मी भएको।
85856 सन्तप्त वि. २. मनमा ठुलो पिर परेको; चिन्ताले रन्थनिएको।
85857 सन्तप्त वि. ३. कामले थाकेको; श्रान्त।
85858 सन्तमहन्त ना. सन्त र महन्त; साधु; सन्न्यासी।
85859 सन्तरी ना. हे. सन्टरी।
85860 सन्ताउन्न ना. १. छपन्नपछिको सङ्ख्या वा गन्ती; ५७-को अङ्क। वि.
85861 सन्ताउन्न ना. २. पचास र सात जोड्दा हुने सङ्ख्याको।
85862 सन्ताउन्नौँ वि. सन्ताउन्न सङ्ख्यामा पर्ने; सन्ताउन्न सङ्ख्याको।
85863 सन्तान ना. १. छोराछोरी; बालबच्चा; सन्तति।
85864 सन्तान ना. २. परिवार; खलक; वंश; कुल।
85865 सन्तान ना. ३. अवच्छिन्न क्रम; शृङ्खला।
85866 सन्तान ना. ४. इन्द्रको स्वर्गमा रहेका पाँच देवतामध्ये एक।
85867 सन्तान दरसन्तान ना. अघिदेखि पछिसम्मका सन्तान; वंशपरम्परा। (उदा.- यो जग्गा तिम्रा सन्तानदरसन्तानले भोग गर्नू भनी दानपत्रमा उल्लेख छ )।
85868 सन्तान निग्रह / निरोध ना. बढी सन्तानको जन्म रोक्नलाई इन्द्रियनिग्रह वा अन्य वैज्ञानिक साधनद्वारा गर्भधारण हुन नदिने काम; सन्ततिनिरोध।
85869 सन्तानब्बे ना. १. छयानब्बेपछिको सङ्ख्या वा गन्ती; ९७-को अङ्क। वि.
85870 सन्तानब्बे ना. २. नब्बे र सात जोड्दा हुने सङ्ख्याको।
85871 सन्तानब्बेऔँ / सन्तानब्बेयौँ वि. सन्तानब्बे सङ्ख्यामा पर्ने; सन्तानब्बे सङ्ख्याको।
85872 सन्तानवान् वि. सन्तान भएको; छोराछोरी भएको।
85873 सन्तानी ना. १. चाँडोचाँडो र धेरै बेत बियाउने क्रिया वा अवस्था। वि.
85874 सन्तानी ना. २. चाँडचाँडो र धेरै बेत बियाउने (गाई, बाख्रो आदि)।
85875 सन्तानोत्पादन ना. जैविक वस्तुहरूले आफू जस्तै अन्य जैविक वस्तुलाई बढाउने जीवनरसको मौलिक गुण वा प्रक्रिया; सन्तान जन्माउने काम।
85876 सन्ताप ना. १. कुनै कारणले मन चसचस भइरहने दुःख; मानसिक पीडा; मनको पिर।
85877 सन्ताप ना. २. प्रकाश, तेज आदिको चर्को ताप; राप; आँच; दाह; उष्णता।
85878 सन्ताप ना. ३. पश्चात्ताप; जलन।
85879 सन्तापित वि. १. धेरै सन्ताप दिइएको; सन्तप्त ;उत्पीडित।
85880 सन्तापित वि. २. निकै तताइएको।
85881 सन्तापी वि. सन्ताप दिने; सन्तप्त पार्ने।
85882 सन्तुलक वि. सन्तुलन गर्ने वा सन्तुलनमा ल्याउने; सन्तुलनकर्ता।
85883 सन्तुलन ना. १. दुई वा त्यसभन्दा बढी वस्तुलाई समान रूपमा ल्याउने वा समान परिमाण तथा स्थितिमा राख्ने काम।
85884 सन्तुलन ना. २. दुवै पक्षलाई बरोबरी पारी मिलाउने काम।
85885 सन्तुलन कर्ता वि. सन्तुलन गर्ने; मिलाउने वा बराबरी पार्ने; सन्तुलक।
85886 सन्तुलिका ना. १. दुवै पक्षलाई बराबरी पार्ने वस्तु वा रेखा।
85887 सन्तुलिका ना. २. तराजुका दुवै पातालाई बराबरी पार्ने सुइरो। कसैसँग लेनदेन गर्दा दामासाहीको हिसाबले बराबरी पार्ने मापदण्ड।
85888 सन्तुलित वि. आवश्यकताअनुसार चाहिँदो मात्रामा ठिकसँग मिलाइएको; सन्तुलन गरिएको।
85889 सन्तुलित आहार ना. सन्तुलित भोजन।
85890 सन्तुलित भोजन ना. शरीरलाई चाहिने सबै वस्तु ठिक्क परिमाणमा भएको खाना; आवश्यक पोषणतत्त्वले युक्त भोजन।
85891 सन्तुष्ट वि. १. सन्तोष प्राप्त गरेको; चित्त बुझेको; प्रसन्न।
85892 सन्तुष्ट वि. २. अघाएको; तृप्त।
85893 सन्तुष्टि ना. १. सन्तुष्ट हुने काम; प्रसन्नता।
85894 सन्तुष्टि ना. २. अघाउँजी हुने स्थिति; तृप्ति।
85895 सन्तुष्टीकरण ना. १. सन्तुष्ट पार्ने वा तुल्याउने काम; चित्त बुझाइ।
85896 सन्तुष्टीकरण ना. २. तृप्त पार्ने काम।
85897 सन्तृप्त वि. तृप्त भएको; चाहिँदो मात्रामा पुगेको।
85898 सन्तृप्त वायु ना. पूर्ण रूपले जलवाष्प ग्रहण गरिसकेको वायु।
85899 सन्तृप्त विलयन ना. पूर्ण रूपले कुनै वस्तुमा मिल्ने काम।
85900 सन्तोक ना. सन्तोष।