Dictionary

All Word

86001 सन्नद्ध वि. २. कसेर बाँधेको; मस्काएको।
86002 सन्नद्ध वि. ३. साथमा गाँसिएको; संलग्न।
86003 सन्नद्ध वि. ४. कुनै पनि वस्तुले युक्त।
86004 सन्नद्ध वि. ५. शस्त्रास्त्रद्वारा पूर्णतः सुसज्जित; युद्धका निम्ति तयार भएको।
86005 सन्नद्ध वि. ६. समीपवर्ती; नजिकको।
86006 सन्नाटा ना. १. चारैतिर कुनै किसिमको आवाज नहुने वा चकमन्न रहने स्थिति; शून्यता; नीरवता। वि.
86007 सन्नाटा ना. २. कुनै शब्द वा हलचल केही नभएको; सुनसान; एकलास।
86008 सन्निकट वि. अत्यन्त समीपको; निकै नजिकको।
86009 सन्निपात ना. १. वात, पित्त र कफ बिग्रँदा हुने एक कडा रोग; विषमज्वर; त्रिदोष।
86010 सन्निपात ना. २. ठुलो सन्ताप; ठक्कर।
86011 सन्निपात ना. ३. एकै खेप ओइरने काम; कामको थुप्रो।
86012 सन्निविष्ट वि. १. एकबाजि हटाइएको विषय वा अन्य विषयलाई समावेश गरिएको; नयाँ प्रवेश गराइएको।
86013 सन्निविष्ट वि. २. झिकिएका शब्द वा वाक्यका स्थानमा अरु शब्द, वाक्य आदि राखिएको।
86014 सन्निविष्ट वि. ३. साथमा रहेको; मिलेको।
86015 सन्निवेश ना. १. घुस्ने वा पस्ने काम; प्रवेश।
86016 सन्निवेश ना. २. साथमा रहने, जुट्ने तथा बसाउने काम; सामीप्य।
86017 सन्निवेश ना. ३. संलग्नता; गाभिने काम।
86018 सन्निवेश ना. ४. सहरनजिकको मनोरञ्जन गर्ने, खेल्ने मैदान।
86019 सन्निहित वि. १. कुनै वस्तुसँगसँगै मिलेको वा गाभिएको।
86020 सन्निहित वि. २. नजिकै राखिएको; समीपस्थ।
86021 सन्निहित वि. ३. अडेको, टिकेको वा सुरक्षित रहेको।
86022 सन्नी ना. १. पुरुष वा स्त्रीजातिको मर्मस्थान।
86023 सन्नी ना. २. शरीरमा जोर्नी परेको ठाउँ; सन्धि।
86024 सन्न्यस्त वि. १. सन्न्यास लिएको; सन्न्यासी भएको।
86025 सन्न्यस्त वि. २. व्यावहारिक कुरा सबै बिसाएको; घरव्यवहार त्यागेको। (उदा.- अचेल उहाँ राजनीतिबाट सन्न्यस्त हुनुहुन्छ)।
86026 सन्न्यास ना. १. सांसारिक विषयबाट विरक्त भई निष्काम अवस्थामा रहने एक आश्रम ( हिन्दुका चार आश्रममध्ये एक)।
86027 सन्न्यास ना. २. सांसारिक विषयभोग वा प्रपञ्चबाट विरक्त भई लिइने एक धर्म; योगधर्म; वैराग्य।
86028 सन्न्यास ना. ३. स्वेच्छाले कुनै कुरा छोड्ने, त्याग्ने वा त्यसबाट बेग्लै रहने काम; परित्याग।
86029 सन्न्यासी वि. १. सन्न्यास लिएको; घरबार;परिवार त्यागेको । ना.
86030 सन्न्यासी वि. २. सन्न्यास धर्म ग्रहण गरेको व्यक्ति; जोगी।
86031 सन्न्यासी वि. ३. सन्न्यास जीवनबाट गृहस्थ जीवनमा फर्केका व्यक्तिबाट जन्मेको पुरुष सन्तान। स्त्री. सन्न्यासिनी।
86032 सन्मान ना. मानमर्यादा; आदरभाउ; सम्मान।
86033 सन्मार्ग ना. कर्तव्यका निम्ति हिँड्नु वा लाग्नुपर्ने असल, राम्रो बाटो। (उदा.- छोरो सन्मार्गमा लागिदिए बाबुलाई आनन्द हुन्छ)।
86034 सन्सर ना. शनिश्चर; सनिसर (उदा.- सन्सरको छुट्टी, मङ्गलको भेट, कि आउला जरो कि दुख्ला पेट- उखान )।
86035 सन्सार ना. संसार; जगत्।
86036 सन्सारी वि. सन्सारको; संसारी।
86037 सपक्क क्रि.वि. १. गिलो खानेकुरो एकै खेपमा खाने किसिमले।
86038 सपक्क क्रि.वि. २. लाउँदा वा ओढ्दा आङमा सुहाउने किसिमले; लगाएको लुगा मिल्ने गरी।
86039 सपक्क क्रि.वि. ३. कुनै वस्तु टम्म मिलेर टाँसिने चालले।
86040 सपक्क क्रि.वि. ४. मिलाएर केश कोर्ने, बाट्ने, तलास्ने आदि किसिमसँग; राम्ररी कोरीबाटी गरेर।
86041 सपत्नी ना. सौता; सौती।
86042 सपत्नीक वि. पत्नीसहित; श्रीमतीसमेत।
86043 सपना ना. १. निदाएका बेला मानसिक रूपमा देखिने दृश्य वा घटना र मनमनै खेल्ने कुरा; स्वप्न।
86044 सपना ना. २. रमाइलो भविष्यको आशा वा कल्पना।
86045 सपना ना. ३. उदेकलाग्दो कुरो वा मनको लहड।
86046 सपनी सपनाको लघु रूप; सपना ( गीत, कविता र लोकगीतमा प्रचलित, जस्तै- आज राति सपनीमा तिमीलाई देखेँ )।
86047 सपरिवार वि. आफ्ना जहान, केटाकेटीसमेत भएको; परिवारसहितको। (उदा.- तपाईं यहाँ सपरिवार हुनुहुन्छ कि एक्लै?)।
86048 सपरिश्रम वि. परिश्रम भएको वा गरिएको; परिश्रमले युक्त।
86049 सपरिश्रम कारावास ना. कैदीहरूलाई कडा परिश्रम गर्नुपर्ने कामसमेत गराइने जेलखाना।
86050 सपसप क्रि.वि. गिलो पदार्थ लगालग खाने किसिमले; सपासप।