Dictionary

All Word

86101 सप्तमी ना. १. चान्द्रमासका शुक्लपक्ष तथा कृष्णपक्ष दुवैको सातौँ तिथि। ना.
86102 सप्तमी ना. २. व्याकरणमा आधार अर्थ बुझाउने सातौँ विभक्ति (मा, विषे आदि)।
86103 सप्तमृत्तिका ना. कुनै माङ्गलिक कार्यमा प्रयोग गरिने तबेला, हात्तीसार, गोठ, तीर्थस्थल, राजद्वार, गुरुद्वार र नदी सात ठाउँको वा सात थरी माटो।
86104 सप्तरिखि ना. सात ऋषि; सप्तर्षि।
86105 सप्तरी ना. नेपालको पूर्वाञ्चल विकासक्षेत्रभित्र पर्ने सगरमाथा अञ्चलको तराईभागमा स्थित एक जिल्ला।
86106 सप्तर्षि ना. १. प्रसिद्ध सात ऋषिहरूको समूह ( गौतम, भरद्वाज, विश्वामित्र, जमदग्नि, वसिष्ठ, कश्यप र अत्रि; अथवा मरीचि, अत्रि, अङ्गिरा, पुलह, क्रतु, पुलस्त्य र वसिष्ठ )।
86107 सप्तर्षि ना. २. आकाशमा उत्तरतिर देखिने ध्रुवतारालाई परिक्रमा गरिरहेका सातवटा ताराको समूह।
86108 सप्तशती ना. १. सात सय मन्त्रस्वरूप पद्यखण्डमा रचिएको भगवतीको स्तोत्र; चण्डी।
86109 सप्तशती ना. २. सात सय पद्यबाट बनेको कृति (जस्तो- विहारी सतसई आदि)।
86110 सप्तशती ना. ३. सात सय वस्तुको समूह।
86111 सप्तसिन्धु ना. पन्जाब क्षेत्रमा बग्ने प्रसिद्ध सात नदी (झेलम, चिनाव, राबी, व्यास, सतलज, दृषद्वती र सरस्वती )।
86112 सप्ताह ना. १. सात दिनको समूह; हप्ता; साता।
86113 सप्ताह ना. २. सात दिनमा बाचेर सम्पन्न गरिने भागवत आदि पुराणको पाठ वा धार्मिक अनुष्ठान।
86114 सप्ताहव्यापी वि. एक साता वा हप्तासम्म चल्ने वा हुने (कार्यक्रम, गोष्ठी आदि)।
86115 सप्रनु अ.क्रि. १. बालीनाली खुब बढ्नु वा राम्रो हुनु; सप्लाउनु।
86116 सप्रनु अ.क्रि. २. असल वा उन्नतिको बाटामा लाग्नु; उँभो लाग्नु; सुध्रनु।
86117 सप्रनु अ.क्रि. ३. कुनै व्यापारव्यवसायबाट मनग्य फाइदा हुनु; धनी बन्नु।
86118 सप्रनु अ.क्रि. ४. राम्रो हुनु; सग्लाउनु।
86119 सप्रक्क क्रि.वि. रसिलो खानेकुरो सासले तानेर मुखमा गाँस हाल्ने गरी; त्यसरी गाँस हाल्दा शब्द आउने चालले।
86120 सप्रमाण वि. प्रमाणसहितको; प्रमाण भएको।
86121 सप्राइ ना. सप्रने काम वा किसिम।
86122 सप्रिनु अ.क्रि. सप्रने काममा लागिनु।
86123 सप्य्राक ना. मुछेर खाइने चालले।
86124 सप्य्राकसुप्रुक क्रि.वि. मुछेर खाइने र रसयुक्त गिलो खानेकुरो चाँडचाँडै खाएजस्तो गरेर।
86125 सप्य्राक्क क्रि.वि. एक्कासि रसिलो खानेकुरो स्वादसित गाँस हाली खाने चालसँग।
86126 सप्लाइ ना. सप्लाउने भाव, क्रिया वा प्रक्रिया।
86127 सप्लाइनु अ.क्रि. सप्लाउने काम होइनु।
86128 सप्लाउनु अ.क्रि. १. बालीनाली, बोटबिरुवाहरू हलक्क र राम्ररी बढ्नु; कलकलाउँदो हुनु; मौलाउनु; झाँगिनु।
86129 सप्लाउनु अ.क्रि. २. शरीर मोटोघाटो र रातोपिरो हुनु।
86130 सप्लाउनु अ.क्रि. ३. गरेका कामकुराको उन्नति हुनु; बढिबढाउ हुनु।
86131 सप्लेँटो / सप्ल्याँटो वि. सब्लेँटो/ सब्ल्याँटो।
86132 सफर ना. १. मनोविनोदका निम्ति गरिने टाढाको यात्रा; घुमफिर।
86133 सफर ना. २. यात्रा; भ्रमण।
86134 सफरमैना ना. सैनिक अभियानमा वा ठुलाबडाको सवारी चलाउँदा अघिअघि गएर बाटो, बास, रसदपानी आदिको बन्दोबस्त गर्ने सैनिक टोली; पेस्की फौज।
86135 सफरी वि. १. भ्रमणसित सम्बन्ध राख्ने; सफरसम्बन्धी।
86136 सफरी वि. २. बोकेर हिँडाउनडुलाउन मिल्ने खाट; क्याम्पखाट।
86137 सफरी वि. ३. सफर गर्दा लगाउन छरितो मानिएको अत्याधुनिक शैलीको, कोटसमेतको काम दिने कमिज।
86138 सफल वि. १. गरेको प्रयास सार्थक वा सिद्ध भएको; कुनै कामकुरो फत्ते भएको।
86139 सफल वि. २. फलसहितको; फलयुक्त।
86140 सफलता सफल हुने काम वा अवस्था।
86141 सफलीभूत वि. गरेको काम वा कुरो सफल भएको; कार्यसिद्धि भइसकेको।
86142 सफा वि. १. धुलोमैलो वा कसर, फोहोर आदि नभएको; स्वच्छ; चम्किलो; साफ; सुग्घर।
86143 सफा वि. २. बिटुलो नभएको; शुद्ध; चोखो।
86144 सफा वि. ३. दोष, दाग वा छलकपट नभएको; निर्दोष; बेदाग; निष्कपट।
86145 सफा वि. ४. बुट्टा, धर्सो आदि नभएको; सादा।
86146 सफाइ ना. १. सफा हुने छाँट; शुद्धता।
86147 सफाइ ना. २. सफा, सुग्घर गर्ने काम।
86148 सफाइ ना. ३. कुनै अपराधीलाई लागेको खतबात, मुद्दा आदिको निर्णय भई दोष वा अभियोग मेटिएर हुने छुटकारा; दोष वा अभियोगबाट हुने मुक्ति; पार पाउने वा निर्दोष साबित हुने काम।
86149 सफाइ ना. ४. हातको चतुर्‍याइँ; हातसाफ।
86150 सफाइ पत्र ना. लागेको दोष, अभियोग आदिबाट सफाइ पाएको कुरा लेखिएको कागत।