Dictionary

All Word

86251 समन्त वि. २. सीमा; हद।
86252 समन्तप्रभा ना. बौद्धधर्ममा त्रयोदश भूमिको एघारौँ भूमि; वज्रयानको एकादश भूमि।
86253 समन्तभद्र ना. १. पञ्चबोधिसत्त्वमध्ये एक; बुद्धदेव।
86254 समन्तभद्र ना. २. वैरोचन वा वज्रधाइभ्वीश्वरीका छोराको नाम।
86255 समन्वय ना. १. दुई वा अनेक कुराको पारस्परिक सम्बन्ध वा मेल; संयोग।
86256 समन्वय ना. २. कार्य र कारणको सङ्गति।
86257 समन्वयात्मक वि. समन्वय वा मेल ल्याउने; मिलाउने किसिमको।
86258 समन्वित वि. १. आफैँ राम्ररी मिलेको; समन्वय भएको।
86259 समन्वित वि. २. परस्परमा गाँसिएको; गाभिएको।
86260 समन्वित चेतना ना. साहित्यिक रचनामा विचार र भाव परस्पर एकात्म रूपमा रहेको अवस्था।
86261 समन्वेषण ना. कुनै प्रदेश वा क्षेत्रभित्र गएर त्यहाँको चारैतिरको स्थिति, वातावरण आदि पत्ता लाउने काम।
86262 समपहरण ना. सरकारद्वारा दण्डका रूपमा कसैको धन- सम्पत्ति जफत गर्ने काम; दण्डस्वरूप हुने धनसम्पत्तिमाथिको कब्जा।
86263 सममूल्यदर ना. सबैतिर एकैनास कायम भएको मूल्य वा भाउ।
86264 समय ना. १. घडी, पला, दिनरात, बिहानबेलुकी, गते, तिथि, वार, साता, पक्ष, महिना, ऋतु, अयन, वर्ष, दशक, शताब्दी आदि नामले बुझिने वा तिनको परिणति जनाउने गतिमय अवस्था।
86265 समय ना. २. कुनै काम वा घटना भएको र विशेष परिस्थिति आइलागेको वा बेला।
86266 समय ना. ३. कुनै कामकाजको बखत; बेला; मौका; अवसर।
86267 समय ना. ४. बचेको वा खाली भएको क्षण, फुर्सद; अवकाश।
86268 समय ना. ५. कुनै प्रवाहक्रममा चलेको नियम; प्रथा।
86269 समयतालिका ना. १. रेल, मोटर, बस, हवाईजहाज आदि यातायातका साधनको पुग्ने र छुट्ने, पढाइ, परीक्षा, खेल आदिको सुरु हुने र सकिने, कुनै समारोह, कार्यक्रम वा विषयको सञ्चालन हुने आदि समयको निर्धारित सूची; समयसूची।
86270 समयतालिका ना. २. खास योजना वा कार्यक्रम सञ्चालन गर्न व्यवस्थित रूपमा बाँडफाँड गरिएको समयविवरण; समयसारिणी।
86271 समयनिष्ठ वि. समयको सदुपयोग गर्ने वा समय सित्तैँ खेर नफाली नियमानुकूल प्रत्येक काम गर्ने; तोकिएको समय, स्थान र काममा संलग्न हुन विलम्ब नगर्ने बानी भएको।
86272 समयबजी ना. विशेषतः नेवारजातिमा प्रचलित कुनै कार्य वा भोजभतेरभन्दा पहिले गरिने हलुका चमेना।
86273 समयबिन्दु ना. समयको मध्य भाग वा टुङ्गो लाग्ने ठाउँ।
86274 समयसारिणी ना. निर्धारित समयको सूची; समयतालिका।
86275 समयसूची ना. समयको निर्धारित विवरण; समयतालिका।
86276 समयानुकूल वि. समयअनुसारको; बखतसुहाउँदो।
86277 समयालेख ना. समय जनाउने अभिलेख; टाइम; रिकर्ड।
86278 समयावधि ना. कुनै निर्दिष्ट कामकुराका निम्ति लाग्ने वा तोकिने खास समय; समयको अवधि वा सीमा।
86279 समयावसान ना. १. कुनै समयको आखिरी वा समाप्तिको बेला।
86280 समयावसान ना. २. सत्रावसान।
86281 समर ना. सङ्ग्राम; युद्ध; लडाइँ।
86282 समरजङ्ग ना. बाटोघाटो आदि बनाउने, सुधार्ने काम गर्ने, नेपालको चपरासी पल्टन।
86283 समरस वि. कला वा काव्यमा भेदाभेदसंवेद्य दुवैबाट समान रूपले आनन्दबोध हुने; समान आस्वादन वा रस दिने।
86284 समरसता ना. समरस हुनाको भाव, गुण वा अवस्था।
86285 समराङ्गण ना. लडाइँको मैदान; युद्धभूमि।
86286 समरूप ना. उस्तैउस्तै आकार भएका दुई वा दुईभन्दा बढी चित्र र वृत्ति।
86287 समरूपता ना. समान रूप भएका वस्तुहरूको अवस्था; खास कुरा वा समूहमा हुने समान गुण वा विशेषता।
86288 समरो वि. १. खाएर, धेरै मोटाएर वा सुन्निएर टुन्न परेको।
86289 समरो वि. २. बराबरको; डोलो; सुडौल।
86290 समर्चन / समर्चना ना. १. राम्ररी गरिएको पूजाआजा।
86291 समर्चन / समर्चना ना. २. आदरसत्कार; मानमर्यादा।
86292 समर्थ वि. १. शक्ति वा क्षमता भएको; तागतदार; बलवान्।
86293 समर्थ वि. २. कुनै काम पार लाउन सक्ने; लायक; योग्य।
86294 समर्थक वि. १. कुनै कामकुरा, प्रस्ताव, राय आदिको समर्थन, पुष्टि वा अनुमोदन गर्ने।
86295 समर्थक वि. २. अरू कसैले भनेका कुरामा सही थाप्ने। ना.
86296 समर्थक वि. ३. उमेदवार हुँदा, कुनै नियम प्रस्तुत गर्दा आदि कार्यमा प्रस्तावकका कुरामा विधिवत् समर्थन जनाउने व्यक्ति।
86297 समर्थता ना. समर्थ हुने चाल वा स्थिति; सशक्तता।
86298 समर्थन ना. १. कुनै प्रस्ताव तथा राय, विचार र कसैले भनेका कामकुरालाई अनुमोदन वा पुष्टि गर्ने काम।
86299 समर्थन ना. २. प्रस्तावकका कुरालाई सकार्ने वा सिद्ध गर्ने काम।
86300 समर्थन कर्ता वि. समर्थन गर्ने; अनुमोदन जनाउने; समर्थक।