Dictionary

All Word

86301 समर्थन पुस्तिका ना. पासबुक।
86302 समर्थनीय वि. समर्थन गर्न योग्य; अनुमोदन गर्न उचित।
86303 समर्थ मानव ना. नृतत्त्वका दक्षिणी नरवानर र लुप्तशृङ्खला।
86304 समर्थित वि. समर्थन वा पुष्टि गरिएको; ठिक छ वा गर्नुपर्छ भनी सिद्ध गरिएको; अनुमोदित।
86305 समर्पक वि. श्रद्धापूर्वक दिने वा चढाउने; समर्पण गर्ने।
86306 समर्पण ना. १. श्रद्धासाथ कसैलाई कुनै चिज दिने वा चढाउने काम; आदरपूर्वकको अर्पण।
86307 समर्पण ना. २. आफ्नो अधिकार, स्वामित्व आदि अरू कसैलाई दिने वा सुम्पने काम।
86308 समर्पित वि. १. समर्पण गरिएको; चढाइएको।
86309 समर्पित वि. २. सुम्पिएको।
86310 समवकार ना. पुराणइतिहास आदिसित सम्बन्धित कुनै देवता वा असुरको कथा भएको, विमर्श सन्धिबाहेक अन्य चारैवटा सन्धि हुने र वीररसप्रधान, तीनअङ्के रूपक; एक प्रकारको पूर्णाङ्की रूपक; एक प्रकारको पूर्णाङ्की नाटक।
86311 समवयस्क वि. समान वा एउटै उमेरको; उमेरमिल्दो; दौँतरी।
86312 समवर्ती वि. सँगसँगै हुने, रहने वा चल्ने; बराबरीको दाँजोमा रहेको।
86313 समवाय ना. १. समुदाय; समूह; जमात; समष्टि।
86314 समवाय ना. २. घनिष्ठ सम्बन्ध; अटुट साइनो
86315 समवाय ना. ३. गहिरो मेल वा मिलाप; अविच्छिन्न संयोग।
86316 समवितरण ना. खाद्यान्न वा वस्त्रादिको कमी भएका नागरिकहरूलाई प्रतिदिन, प्रतिसप्ताह वा प्रतिमासका लागि निर्धारित वस्तुहरू समान मात्रामा वितरण गर्ने कार्य वा व्यवस्था।
86317 समवेत वि. १. एकत्र भएको; जोरिएको; सम्मिलित।
86318 समवेत वि. २. घनिष्ठता वा अभेद्य रूपले सम्बन्धित; अन्तर्भूत।
86319 समवेदना ना. १. आफन्तहरू मित्रवर्ग वा परिचित कसैलाई स्वजनको मृत्युवियोग, दुःखविपद् आदि पर्दा आफूलाई पनि हुने त्यस्तै वेदना वा दुःखको अनुभव।
86320 समवेदना ना. २. त्यस्तो वेदना वा दुःखको अनुभव हुँदा प्रकट गरिने भाव; सहानुभूति।
86321 समवेदना सन्देश ना. शोकाकुल व्यक्ति वा परिवारलाई पठाइने समवेदना वा दुःखयुक्त सन्देश।
86322 समशीतोष्ण वि. शीत र उष्म सम भएको; ज्यादा गर्मी पनि नहुने र ज्यादा ठन्डा पनि नहुने।
86323 समशीतोष्ण कटिबन्ध ना. भूमध्यरेखादेखि साढे तेइस र साढे छयसट्ठी अंशका बिचमा पर्ने, शीत र उष्म समान भएको, उत्तर र दक्षिणका दुई भाग।
86324 समष्टि ना. उस्तै खालका वा भएभरका वस्तुहरूको मेल; व्यक्तिको समूह वा जमात।
86325 समष्टिमूलक वि. मूल रूपमा समष्टि भएको; समष्टिको प्रमुखता हुने।
86326 समष्टिवाद ना. व्यक्तिलाई प्रधानता नदिई सामाजिक र सामूहिक नियन्त्रण नै मानवीय विकासका निम्ति अनिवार्य मानिने तथा देशको शासनव्यवस्था वा सम्पूर्ण उत्पादन र उत्पादित वस्तुहरूको अधिकार समष्टि रूपमा जनताको हातमा हुनुपर्छ भन्ने राजनीतिक सिद्धान्त वा विचारधारा।
86327 समष्टिवादी वि. समष्टिवादसम्बन्धी; समष्टिवादलाई मान्ने।
86328 समसमागमी ना. समलिङ्गीहरूका बिच यौनक्रीडा गर्नेहरूको वर्ग।
86329 समसाँझै क्रि.वि. साँझ पर्न लाग्दा; मध्य साँझमा।
86330 समसामयिक वि. एकै समयको वा एकै समयसित सम्बन्धित; उही वेलाको (जस्तो- समसामयिक परिस्थिति, समसामयिक पत्रिका, समसामयिक लेखक इ.)।
86331 समसेर ना. १. तरबार।
86332 समसेर ना. २. राणापरिवारका पुरुष व्यक्तिहरूले नामको पछाडि जोर्ने शब्द (जस्तो- देवशमशेर, चन्द्रशमशेर, जुद्धशमशेर इ.)।
86333 समस्त वि. १. जे-जति छ सबै; सम्पूर्ण; तमाम; सारा।
86334 समस्त वि. २. पूर्णतः गाँसिएको वा मिसिएको; संयुक्त।
86335 समस्तर ना. वर्ग, स्थिति, गुण, आवश्यकता आदि दृष्टिले समान स्तर; बराबरी वा एकनासको तह। (उदा.- बजारभाउ नियन्त्रण गर्न मालको मूल्यमा समस्तर-निर्धारणको आवश्यकता छ)।
86336 समस्तर निर्धारण ना. भिन्नभिन्न शिक्षणसंस्थाबाट पढेर आएका शिक्षार्थीहरूको डिग्रीलाई तत्सम्बन्धी पाठ्यक्रम अध्ययन गरी खास तहअनुरूपको हो भनी तोकिदिने प्रक्रिया।
86337 समस्थल वि. होचो अग्लो नभएको; सम्म परेको; समथर।
86338 समस्या ना. १. समाधान गर्न गाह्रो पर्ने वा कुनै रूपबाट पनि समाधान निकाली तामिल गर्नुपर्ने कुरो; जटिल अवस्था।
86339 समस्या ना. २. गाँठो फुकाउनुपर्ने कुनै विषय वा कुरो; अड्को।
86340 समस्या ना. ३. कल्पना तथा भाव भरी छन्द पूरा गर्नका लागि कविहरूलाई दिइने कविताको एक अंश वा विषय।
86341 समस्यापूर्ति ना. समस्या दिइएको कुनै विषय वा अंशलाई आफ्ना शब्द तथा वाक्यद्वारा स्पष्ट पारी विभिन्न पाद बनाएर पूरा गर्ने काम।
86342 समाइ ना. समाउने भाव, क्रिया वा प्रक्रिया।
86343 समाइनु क.क्रि. समाउने काम गरिनु; समातिनु।
86344 समाउनु स.क्रि. १. कसैले दिएको कुरा लिनु; ग्रहण गर्नु; समात्नु।
86345 समाउनु स.क्रि. २. कुनै वस्तु वा व्यक्तिलाई हातले वा अन्य साधनले नफुस्कने पार्नु; पक्रनु।
86346 समाउनु स.क्रि. ३. प्रहरीले कुनै अभियोगमा कसैलाई पक्रनु।
86347 समाउनु स.क्रि. ४. स्वीकार गर्नु; अँगाल्नु।
86348 समाकलन ना. राम्रोसँग गणना गर्ने वा तथ्याङ्क मिलाउने काम।
86349 समाकुल वि. १. साह्रै घबडाएको; ज्यादै आकुल।
86350 समाकुल वि. २. घुइँचो भएको; भरिभराउ।