Dictionary

All Word

86151 सफाचट ना. १. भएजति सबै सखाफ पार्ने वा सिद्ध्याउने काम; सबै बेमाख।
86152 सफाचट ना. २. बिलकुल साफ; एकदम सफा।
86153 सफाट्याम्पो ना. ब्याट्री वा ग्याँसबाट चल्ने भएकाले धुवाँ नफाल्ने ट्याम्पो।
86154 सफारी ना. १. जङ्गली जनावरको सिकार गर्ने वा अवलोकन गर्ने अभियान।
86155 सफारी ना. २. हल्का खालको सुट।
86156 सफारी पार्क ना. सिंह, बाघ, हात्ती, गैँडा आदि जङ्गली जनावरहरू स्वतन्त्र रूपमा विचरण गर्न पाउने गरी छुट्ट्याइएको जमिनको ठुलो भाग; वन्यजन्तु आरक्षण केन्द्र।
86157 सफासफ क्रि.वि. एकदम सफासँग; खुलस्तसाथ। (उदा.- तिमी सफासफ भन न, कुरो के हो ?)
86158 सफासफी क्रि.वि. सफासफ चालासित; खुल्लमखुल्ला; सफासफ। (उदा.- भेट त भयो, सफासफी कुरो हुन पाएन )।
86159 सफासुग्घर वि. सफा र सुग्घर रहेको; फोहोरमैला हुन नपाएको; स्वच्छ; निर्मल।
86160 सफेद वि. १. सफा र सेतो; श्वेत।
86161 सफेद वि. २. बुट्टा वा रङ्गीचङ्गी नभएको; सादा।
86162 सफेद वि. ३. चम्कने; उज्ज्वल; सुकिलो।
86163 सफेदी वि. सफेद हुने छाँट; सेतोपन।
86164 सब वि. भएभरको; सम्पूर्ण; तमाम; कुल; सारा। (सब कठिन अल्छीले, सब सहज उद्योगले- उखान )।
86165 सब वि. मुख्यभन्दा एक श्रेणी तल्लो; नायब; सहायक; छोटो (जस्तो- सब- एकाउन्टेन्ट (नायब लेखापाल), सब- इन्सपेक्टर (सहायक निरीक्षक ), सब पोस्ट अफिस (छोटी हुलाक ) इ.)।
86166 सबन्ध वि. सर्तअनुसारको; प्रतिबन्धसहितको।
86167 सबन्ध मुक्ति ना. कुनै कैदीलाई तोकिएको समयमा पुनः झ्यालखानामा उपस्थित हुने गरी केही समय छोड्ने काम; प्रतिबन्ध तथा आवधिक मुक्ति।
86168 सबल वि. १. बलले युक्त; शक्तिशाली; बलियो।
86169 सबल वि. २. फौज वा सेनाले सज्जित।
86170 सबलीकरण ना. कुनै ध्यानाकर्षित विषय वा वस्तुमा अझै चाख जगाउन गरिने क्रियाकलाप।
86171 सबाई ना. कागत बनाउने काममा प्रयोग हुने एक प्रकारको घाँस।
86172 सबार ना. सवारी ( दिव्य.)।
86173 सबासुदो ना. लिम्बूको अमालमा मुद्दा फैसला भएपछि जित्नेले भलादमीलाई दिने दस्तुर।
86174 सबासुद्धो ना. साउँसँगै लिइने सयकडा पचासका हिसाबले लाग्ने ब्याज वा दस्तुर; साँवासुद।
86175 सबिता ना. हल्का रातो रङ हुने एक प्रकारको सेतो चम्किलो धातु।
86176 सबुत / सबुद ना. १. मुद्दामामिला, झैझगडा आदिमा दसीप्रमाण,साक्षीसरजमिन, लिखतकागत आदि सबै कुरा ऐनले निर्देशित गरेअनुसार बुझ्न सकिने अवस्था वा तिनको समष्टि रूप (उदा.- सबै सबुत बुझेर फैसला भएमा नै ठिक न्याय पाइन्छ)।
86177 सबुत / सबुद ना. २. कुनै कुराको यथार्थ प्रमाण वा निस्सा।
86178 सबेर ना. १. उज्यालो हुनेहुने बेला; एकाबिहान; सखार।
86179 सबेर ना. २. प्रातःकाल; बिहान।
86180 सबेर ना. ३. कुनै तोकिएको समयभन्दा पहिलेको समय।
86181 सबै वि. भएभरको जम्मै; सारा नै; सम्पूर्ण सबै कुरा चल; कीर्ति अचल- उखान।
86182 सब्जा ना. १. कालो भाव मिसिएको सफेद रङको घोडा।
86183 सब्जा ना. २. असल जातको बम्बई आँपको एक प्रकार।
86184 सब्जी ना. तरकारी; सागपात; सागसब्जी।
86185 सब्लेँटो / सब्ल्याँटो वि. लुगा, कागत आदिको सुल्टो (भाग); उल्टो वा बिब्ल्याँटो नभएको; सुल्टो (उदा.- गन्जी बिब्ल्याँटो भयो, सब्ल्याँटो पारेर लाऊ)।
86186 सभा ना. १. प्रवचन, भाषण, छलफल, विचार आदिका निम्ति एकत्रित जनसमूह; सार्वजनिक भेला।
86187 सभा ना. २. सभाभवन; बैठक।
86188 सभा ना. ३. कुनै उद्देश्यपूर्तिका निम्ति सङ्गठित सङ्घ वा संस्था।
86189 सभा ना. ४. सूर्य वा चन्द्रमाको वरिपरि देखिने बिम्ब अथवा मण्डल।
86190 सभा ना. ५. परिधि; वृत्त।
86191 सभाकक्ष ना. प्रतिनिधि सदस्यहरू वा आमन्त्रित व्यक्तिहरू भेला भई कुराकानी, सरसल्लाह आदि गर्ने, पत्रकारहरूसित भेटघाट गर्ने, कुनै समारोह सम्पन्न गर्ने जस्ता विभिन्न काम गरिने ठुलो दलान वा बैठककोठो।
86192 सभागृह ना. सभा गर्नका निम्ति निर्मित घर; सभा हुने ठाउँ वा घर; सभाभवन।
86193 सभाग्रणी ना. सभाका अगुवा वा मुख्य; सभामुख।
86194 सभात्याग ना. सभामा भएगरिएका कुनै प्रस्ताव वा स्थितिप्रतिको विरोध दर्साउँदा थोरै वा धेरै सदस्य सभा छाडेर बाहिर निस्कने काम।
86195 सभापति ना. १. कुनै सङ्घसंस्था वा समितिको प्रमुख अधिकारी; अध्यक्ष।
86196 सभापति ना. २. कुनै सभाको सञ्चालनका निम्ति रोजिएको, नाम प्रस्तावित भएको वा वरण गरिएको विशिष्ट व्यक्ति।
86197 सभामण्डप ना. १. कुनै विशेष सभाको आयोजनाका निम्ति तयार गरिएको मञ्च।
86198 सभामण्डप ना. २. सभागृह।
86199 सभामुख ना. सभाका अग्रणी वा प्रमुख व्यक्ति; सभाको अध्यक्ष; सदननेता।
86200 सभासद् ना. १. सम्बन्धित कुनै सभा वा गोष्ठीको अङ्गका रूपमा रहेको अधिकृत व्यक्ति; सभाको सदस्य; पार्षद्।