Dictionary

All Word

86051 सपसपती / सपसपी क्रि.वि. लगालग छिटछिटो खाने गरेर।
86052 सपाटो ना. सानो नासपाती वा मयलका आकारको हुने, एक थरी तराईतिर पाइने स्वादिष्ठ फलविशेष।
86053 सपाद वि. पूरा चरणमा अर्को एक पाउसमेत भएको; एक चौथाइ बढेको; सवा।
86054 सपार्नु स.क्रि. १. टुटेफुटेका वस्तुलाई ठिक पारेर बनाउनु; सुधार्नु; मर्मत गर्नु।
86055 सपार्नु स.क्रि. २. बानीबेहोरा सुधारी तर लाउनु; उँभो लगाउनु।
86056 सपार्नु स.क्रि. ३. बिराम, त्रुटि आदिको सुधार गर्नु; सच्याउनु। प्रे.क्रि.
86057 सपार्नु स.क्रि. ४. सप्रने पार्नु।
86058 सपाराइ वि. सपार्ने काम वा किसिम।
86059 सपारिनु क.क्रि. सपार्ने काम गरिनु।
86060 सपासप क्रि.वि. १. गिलो खानेकुरो धमाधम खाने किसिमले; सपसपी।
86061 सपासप क्रि.वि. २. लचिलो लट्ठी वा डोरी आदिले लगालग हिर्काउने चालसँग।
86062 सपासपी क्रि.वि. अझै छिटो सपासप खाने किसिमले।
86063 सपिउँ वि. सुल्टो। विप. बिपिउँ।
86064 सपिण्डी वि. १. एउटै पितृलाई बाबु, बाजे र बराजुका क्रममा पिण्डदान दिने छोरो, नाति र पनाति गरी तीन पुस्ताको। ना.
86065 सपिण्डी वि. २. बाह्रौँ दिनमा गरिने मृतकको श्राद्ध।
86066 सपिण्डीकरण वि. मरेको बाह्रौँ दिनमा मृतकलाई पिण्डदान दिँदा पिण्डलाई तीन पुस्ताका सपिण्डीसँग मिलाउने वा जोड्ने श्राद्धकर्म।
86067 सपुच्छ ना. १. नरवानरानुगणभित्र पर्ने सङ्कीर्णनास वानरमा पुच्छर हुने बाँदर। वि.
86068 सपुच्छ ना. २. पुच्छर भएको।
86069 सपुत ना. १. राम्रो बानीबेहोर भएको छोरो; योग्य पुत्र; सुपुत्र।
86070 सपुत ना. २. वंश वा कुलको इज्जत चम्काउने सन्तान। ( सपूत भए छोरो, कपूत भए मोरो- उखान )।
86071 सपुर्द ना. सुपुर्द।
86072 सपुर्दगी ना. सुपुर्दगी।
86073 सपूत ना. हे. सपुत।
86074 सपेटो ना. पशुहरूको पातो वा तिघ्रोसहितको काटिएको खुट्टो; साँप्रो।
86075 सपेता ना. १. घर, कोठा पोल्ने चुनजस्तो माटो।
86076 सपेता ना. २. रङ्गको काममा लगाइने जस्ताको भस्म।
86077 सपेरो ना. १. सर्पलाई समात्ने र त्यसलाई सधाई नचाउने व्यक्ति।
86078 सपेरो ना. २. सर्पले टोकेको विष झार्ने व्यक्ति; विषवैद्य।
86079 सप्काइ ना. सप्काउने काम वा किसिम।
86080 सप्काइनु क.क्रि. सप्काउने काम गरिनु।
86081 सप्काउनु स.क्रि. १. गिलो रसदार खानेकुरो सासले तानेर गाँस हाल्नु; सप्य्राक्क पार्नु।
86082 सप्काउनु स.क्रि. २. नरम लट्ठी वा डोरी आदिले हिर्काउनु।
86083 सप्काउनु स.क्रि. ३. पछ्यौरा; मजेत्रो आदिको सप्को हाल्नु।
86084 सप्को ना. गिलो रसदार खानेकुराको गाँस; सप्य्राक्क खाइने गाँस।
86085 सप्को ना. १. दाहिनेपट्टिबाट छाती छोपी कुममा अड्याइने सारी, पछ्यौरा आदिको छेउ।
86086 सप्को ना. २. धोती, सारी, पछ्यौरा आदि लुगाफाटाको छेउले अरुको जिउमा भएको स्पर्श; लुगाका टुप्पाबाट भएको छुवाइ। (उदा.- धोतीको सप्को लाग्ला है, अलि पर बस )।
86087 सप्त ना. सात।
86088 सप्तक ना. १. एकै जात वा किसिमका सात वस्तुको समूह (जस्तो- तारसप्तक)।
86089 सप्तक ना. २. सङ्गीतमा षड्ज, ऋषभ, गान्धार, मध्यम, पञ्चम, धैवत र निषाद- यी सात स्वरको समुदाय।
86090 सप्तकोसी ना. पूर्वी नेपालका विभिन्न स्थानबाट बगेर मिलेका इन्द्रावती, सुनकोसी, तामाकोसी, दुधकोसी, अरुण, वरुण (लिखु) र तमोर- यी सातवटा नदीको सामूहिक नाम।
86091 सप्तगण्डकी ना. मध्यपश्चिमी नेपालका विभिन्न भागमा बगेर मिल्ने तादी, मादी, मर्स्याङ्दी, काली, सेती, बुढीगण्डकी र त्रिशूली - यी सात नदीको सामूहिक नाम।
86092 सप्तधान्य ना. धान, गहुँ, जौ, मास, मुगी, कागुनु र सामा मिलाइएको अन्न।
86093 सप्तनदी ना. हिन्दुहरूका अति पवित्र मानिएका सातवटा नदी (गङ्गा, यमुना, गोदावरी, सरस्वती, नर्मदा, सिन्धु र कावेरी )।
86094 सप्तपदी ना. १. विवाहमा वर र वधू मिलेर गरिने सप्तकुलपर्वतको पूजा।
86095 सप्तपदी ना. २. सातवटा चरण हुने (छन्द)।
86096 सप्तपर्ण ना. छतिवन।
86097 सप्तपाला ना. सातवटा खोबिल्टा भएको थाली; सातखण्डे थाली।
86098 सप्तम वि. सातौँ।
86099 सप्तम श्रेणी ना. सातौँ कक्षा वा वर्ग।
86100 सप्तमातृका ना. कुनै माङ्गलिक कार्यमा अग्रपूजा गरिने सातवटी मातृका वा देवीको नाम (ब्राह्मी, माहेश्वरी, कौमारी, वैष्णवी, इन्द्राणी, चामुण्डा र वाराही )।