Dictionary

All Word

86401 समाधि ना. ३. ईश्वर वा ध्येयको ध्यानमा मग्न हुने काम; मानसिक एकाग्रता; ध्यान; तप;साधना।
86402 समाधि ना. ४. योगी वा महात्माहरूको देहत्याग।
86403 समाधि ना. ५. कसैको मृत शरीर गाडिएको ठाउँ; चिहान।
86404 समाधि ना. ६. साहित्यमा अन्य कारणद्वारा कार्यसिद्धिको वर्णन हुने एक अर्थालङ्कार।
86405 समाधि स्थल ना. समाधिक्षेत्र।
86406 समाधिस्थ वि. १. समाधि लिएर बसेको; समाधि लगाएको।
86407 समाधिस्थ वि. २. ध्यानस्थ।
86408 समाधेय वि. १. परस्परमा सम्झाई-बुझाई मेलमिलाप गरिने ( विवाद, झगडा आदि)।
86409 समाधेय वि. २. समाधान गर्न सकिने।
86410 समान वि. १. तुलनात्मक तथा गुणात्मक दृष्टि र मूल्यगत महत्त्वले समेत बराबर भएको; उस्तै; सदृश; तुल्य। ना.
86411 समान वि. २. शरीरमा रहने पाँच प्रकारका वायुमध्ये एक।
86412 समान हक ना. जाति, वर्ग, लिङ्ग, तथा धनीगरिब आदिको भेदभाव नरही नागरिकले मौलिक रूपमा पाउने बराबरीको अधिकार।
86413 समानता ना. समान हुने चाल वा स्थिति; तुल्यता; सादृश्य; साम्य।
86414 समानाधिकरण वि. १. उही स्थान, वर्ग वा पदार्थमा विद्यमान; समान आधार भएको।
86415 समानाधिकरण वि. २. व्याकरणमा एकै कारकको विभक्तिले युक्त। ना.
86416 समानाधिकरण वि. ३. उही अर्थलाई स्पष्ट र राम्रो पार्न आउने एकै जातको वा समानार्थक अर्को शब्द।
86417 समानाधिकरण वि. ४. कारकको समान सम्बन्ध।
86418 समानान्तर मतदान ना. पक्षविपक्ष दुवैतिर वा दुई समूहमा समान अन्तर भएको मतदान।
86419 समानान्तर रेखा ना. १. बराबरको दुरीमा रहेका वा खिचिएको रेखा।
86420 समानान्तर रेखा ना. २. एक अक्षांशका स्थानबाट खिचिएका रेखा।
86421 समानान्तर वि. १. दुवै कोण वा छेउ बराबरीको फरकमा रहेको; समान्तर।
86422 समानान्तर वि. २. रूप, स्थिति, गुण आदिका दृष्टिले समान भएको; बराबरीको; समस्तरीय।
86423 समानान्तर वि. ३. केही कुरामा समान भए पनि केही कुरामा भिन्न पनि रहेको; प्रतियोगी।
86424 समानान्तर वि. ४. पहिले समान स्रोत, इतिहास, ध्येय आदि भए पनि पछि टुक्रिई वा फाटी मूल संस्था, धारा आदिको प्रतिरूपमा आएको (संस्था)।
86425 समानान्तर वि. ५. कुनै व्यक्ति वा कुराको विकल्पका रूपमा पेस भएको वा उभिएको।
86426 समानान्तर सरकार ना. कुनै देशको विद्यमान सरकारको प्रतिस्पर्धा वा विरोधमा स्थापित तथा केही भागमा शासन गर्ने अर्को सरकार; प्रतिसरकार।
86427 समानार्थक वि. समान वा उस्तै अर्थ भएको; उही अर्थ बुझाउने; पर्याय (जस्तै- आकाशका समानार्थक शब्द- नभ, व्योम, गगन, सगर, अकास आदि)।
86428 समानार्थी वि. समान अर्थ दिने; समानार्थक।
86429 समानुपात ना. कुनै वस्तुको बराबरीको परिमाण वा मात्रा; एकनासको अनुपात।
86430 समानुपातिक प्रतिनिधित्व ना. क्षेत्र, जनसङ्ख्या, वर्ग आदिका आधार वा अनुपातले हुने तथा गरिने प्रतिनिधित्व।
86431 समानुपातिक वि. समानुपातको विचार वा आधारले हुने; बराबरीको परिमाण वा मात्रामा आउने।
86432 समानुपाती वि. समानुपातमा रहेको; समानुपात हुने; समानुपातसम्बन्धी।
86433 समान्तर वि. हे. समानान्तर।
86434 समापक वि. थालेको काम पूरा गर्ने वा टुङ्ग्याउने; कार्य समाप्त गर्ने (उदा.- यस अनुष्ठानको समापक तपाईं नै हुनुहुन्छ)।
86435 समापन ना. १. कुनै कार्य पूर्ण गर्ने काम; कार्यको सम्पन्नता; समाप्ति; टुङ्ग्याइ।
86436 समापन ना. २. उपलब्धि; प्राप्ति।
86437 समापन ना. ३. मार्ने काम; हिंसा;नाश।
86438 समापन प्रस्ताव ना. पहिलेदेखि चलेको कुनै वादविवाद, छलफल आदिलाई टुङ्ग्याउन ल्याइएको प्रस्ताव; विवादान्त प्रस्ताव।
86439 समापन समारोह ना. विभिन्न काम वा चरणमा विभाजित गरी पूर्ण भएको कुनै कार्यक्रम वा आयोजनालाई विसर्जन गरिने समारोह।
86440 समापनीय वि. समापन गर्न वा हुन योग्य; समाप्त हुन उचित; समाप्य।
86441 समापन्न ना. १. संयोगले एकसाथ आइपर्ने कुनै दुई कार्य वा घटना। वि.
86442 समापन्न ना. २. त्यस्तो घटना वा कार्यका रूपमा आएको; घटित।
86443 समापन्न ना. ३. पूरा भएको; समाप्त।
86444 समापन्न ना. ४. दुःखी; पीडित।
86445 समापन्न ना. ५. मारिएको।
86446 समापवर्तक वि. १. समापवर्तन गर्ने। ना.
86447 समापवर्तक वि. २. गणितमा दुई वा धेरै राशिलाई अलगअलग भाग गर्दा शेष नरहने गरी भाग गर्न सकिने सङ्ख्या (जस्तो- २७, ३६, ४५ अङ्कलाई ९ ले भाग दिँदा केही शेष रहँदैन। यसैले (उक्त तीनवटै राशिको समापवर्तक हो)।
86448 समापवर्तन ना. १. प्राचीन हिन्दु परम्पराअनुसार ब्रह्मचर्याश्रममा रही वेदवेदाङ्गको अध्ययन पूरा गरी गुरुकुलको ब्रह्मचर्याश्रमबाट गृहस्थाश्रममा फर्कने क्रिया; द्विजातिका षोडश संस्कारमध्ये एक।
86449 समापवर्तन ना. २. गएको ठाउँबाट फर्केर आउने क्रिया; पुनरागमन; प्रत्यागमन।
86450 समापवर्तन ना. ३. विश्वविद्यालयका स्नातक वा सोभन्दा माथिका परीक्षामा समुत्तीर्ण भएका स्नातकहरूलाई उपाधि वितरण गर्ने कार्य; उपाधि वितरणोत्सव; दीक्षान्त समारोह।