Dictionary

All Word

86501 समासीन वि. १. राम्ररी बसेको।
86502 समासीन वि. २. उच्च आसनमा बसेको वा विराजमान भएको।
86503 समासोक्ति ना. साहित्यमा प्रकृत कुरामा कार्य, स्त्री-लिङ्ग, विशेषण आदिको समानताबाट अप्रकृतको व्यवहारको आरोप गरी देखाएमा हुने एक अर्थालङ्कार; लिङ्ग, क्रिया र विशेषणको समानताले अर्को अर्थ पनि झल्किने भएमा हुने एक अर्थालङ्कार।
86504 समाहरण ना. १. एक स्थानमा एकत्रित गर्ने काम; जम्मा गर्ने काम; सङ्ग्रह; बटुलाइ।
86505 समाहरण ना. २. राशि; रास; थुप्रो।
86506 समाहर्ता वि. १. कुनै वस्तु आदिलाई एक ठाउँमा जम्मा गर्ने; सङ्ग्रह गर्ने। ना.
86507 समाहर्ता वि. २. राजकर वा तिरो उठाउने अधिकारी।
86508 समाहा ना. खेतमा बढ्ता भएको पानी निकाल्ने निकास।
86509 समाहार ना. १. धेरै वस्तुलाई एक ठाउँमा जम्मा गर्ने काम; एकत्रित पार्ने काम; समाहरण।
86510 समाहार ना. २. समूह; राशि।
86511 समाहार ना. ३. मिलाउने वा जोर्ने काम; मेलमिलाप।
86512 समाहार ना. ४. कर्मधारय समासको एक भेद।
86513 समाहित वि. १. एक ठाउँमा जम्मा गरिएको; एकत्रित।
86514 समाहित वि. २. इन्द्रियहरूलाई वशमा राखेको; इन्द्रियका चाहनाहरूमाथि विजय पाएको; शान्त स्थितिमा भएको; शान्त।
86515 समाहित वि. ३. समाधान गरिएको; टुङ्गो लगाइएको।
86516 समाहित वि. ४. समाधिमा रहेको; समाधिस्थ।
86517 समाह्वान ना. फौजदारी मुद्दामा अदालतमा हाजिर हुनका लागि अभियुक्त वा साक्षीलाई अदालतबाट पठाइने पुर्जी; समन।
86518 समिज ना. महिलाहरूले लगाउने गन्जीविशेष।
86519 समिति ना. १. कुनै विशेष कामकुराका निम्ति गठन गरिएको सानोतिनो मण्डल।
86520 समिति ना. २. परिषद्; सभा।
86521 समिति ना. ३. सभा; कचहरी।
86522 समिधा ना. विशेष गरी यज्ञकुण्डमा बालिने दाउरा; दाउरा; इन्धन।
86523 समियाना ना. सामियाना।
86524 समीकरण ना. १. समान बनाउने वा बराबर पार्ने क्रिया; सम्म्याउने काम।
86525 समीकरण ना. २. गणितमा ज्ञात राशिका सहायताले अज्ञात राशि निकाल्ने प्रक्रिया।
86526 समीक्षक ना. समीक्षा गर्ने (व्यक्ति); समालोचक।
86527 समीक्षा ना. १. कुनै कृतिबारे गुणदोष छुट्ट्याई निष्पक्षता र गम्भीरतापूर्वक गरिने विवेचना; समालोचना।
86528 समीक्षा ना. २. कुनै विषयवस्तुबारे अनुसन्धान गर्ने काम; खोजी; गवेषण।
86529 समीक्षा ना. ३. कुनै विषयवस्तुलाई राम्ररी वा नियालेर हेर्ने काम।
86530 समीक्षा ना. ४. राम्रोसित गरिएको जाँच; नियालेर गरिएको जाँच; सम्यक् परीक्षा।
86531 समीक्षालय ना. देशका विभिन्न गाउँ, नगर, जिल्ला, अञ्चल आदिमा भएका विभिन्न विषयको उन्नतिप्रगतिलाई तालिकाका रूपमा देखाइने घर वा कोठा; प्रगति वा मूल्याङ्कनको प्रदर्शनशाला।
86532 समीक्षित वि. राम्ररी जाँचेर गुणदोषको विवेचना गरिएको; समीक्षा गरिएको।
86533 समीक्ष्य वि. १. समीक्षा गर्न लायक; समीक्षा गर्न योग्य। ना.
86534 समीक्ष्य वि. २. मीमांसाशास्त्र।
86535 समीचीन वि. १. हरेक दृष्टिले उचितः न्यायसङ्गत।
86536 समीचीन वि. २. उपयुक्त।
86537 समीचीन वि. ३. वास्तविक।
86538 समीचीनता ना. समीचीन हुनाको भाव वा अवस्था।
86539 समीप ना. यो. १. निकट; वर; नजिक। ना.
86540 समीप ना. यो. २. निकटता; सामीप्य।
86541 समीपता ना. समीप हुनाको भाव वा अवस्था; सामीप्य; निकटता।
86542 समीपवर्ती वि. समीप वा छेउमा रहेको।
86543 समीभवन ना. संयुक्त व्यञ्जनहरू एक अर्काको प्रभावमा आएर प्रभावित वा परिवर्तित हुने भाषावैज्ञानिक प्रक्रिया; व्यञ्जनसन्धि (समीभवन प्रगत, परागत र पारस्परिक गरेर तीन प्रकारका छन्)।
86544 समीर ना. १. वायु; पवन; हावा।
86545 समीर ना. २. प्राणवायु।
86546 समीरण ना. १. समीर; हावा।
86547 समीरण ना. २. यात्री; पथिक। वि.
86548 समीरण ना. ३. चलिरहेको; चल्ने; गतिशील।
86549 समुचित वि. १. नियमकानुन वा व्यवहारका दृष्टिले ठिक; उचित; न्यायसङ्गत।
86550 समुचित वि. २. सुहाउँदो; उपयुक्त।