Dictionary

All Word

86601 समुपस्थित वि. राम्रो रूपमा उपस्थित भएको; सम्यक् उपस्थित।
86602 समुपस्थिति ना. त्यसरी उपस्थित हुने काम।
86603 समुल्लास ना. १. धेरै आनन्द; साह्रै खुसियाली; ठुलो हर्कबढाइँ।
86604 समुल्लास ना. २. ग्रन्थको परिच्छेद।
86605 समूल वि. १. जरा भएको; मूलसहितको; मूलयुक्त।
86606 समूल वि. २. कारणसहितको; सकारण।
86607 समूह ना. १. एकै ठाउँमा धेरै वस्तुहरूको थुप्रो; धेरै वस्तुहरूको समुदाय; राशि।
86608 समूह ना. २. धेरै मानिसहरूको जमात; हुल।
86609 समूहगान / गीत ना. धेरै जना मिलेर एकसाथ एकै स्वरमा गाइने गीत; सामूहिक रूपमा गाइने गान; समूहगीत; मागल।
86610 समूहवाद ना. १. उद्योगव्यवसायमा सामूहिक पुँजीको प्रयोग गर्ने वा भूमि तथा उत्पादनका वस्तुमा सामूहिक प्रभुत्वको आवश्यकतामा जोड दिने सिद्धान्त।
86611 समूहवाद ना. २. बेलायतका लास्कीद्वारा प्रतिपादित एक राजनीतिक सिद्धान्त।
86612 समूह विभाजन ना. शिक्षार्थीहरूलाई खास पाठ्यवस्तुमा विस्तृत अभ्यास वा जानकारी दिन कक्षालाई ससाना समूहमा बाँड्ने क्रिया।
86613 समूहशील वि. १. समूहमा रहने, मिल्ने वा पाइने।
86614 समूहशील वि. २. सामूहिक (गुण)।
86615 समूहीकरण ना. विभिन्न एकाइलाई समूहबद्ध गर्ने काम।
86616 समूहीकृत वि. एकत्र पारिएको; थुप्य्राइएको; जम्मा गरिएको।
86617 समृद्ध वि. १. धनधान्य आदिले सम्पन्न; पुगीसरी आएको।
86618 समृद्ध वि. २. उन्नतिशील; उन्नत।
86619 समृद्धि ना. १. समृद्ध हुनाको भाव वा अवस्था; सम्पन्नता।
86620 समृद्धि ना. २. उन्नति; अभ्युदय; बढिबढाउ।
86621 समेट्नु स.क्रि. १. यताउति छरिएर रहेका व्यक्ति, वस्तु वा विचारलाई एकत्र पार्नु; सँगेट्नु।
86622 समेट्नु स.क्रि. २. गुटमुट्याउनु।
86623 समेटसामेट ना. समेट्नेमिलाउने काम।
86624 समेटाइ ना. समेट्ने भाव, क्रिया वा प्रक्रिया।
86625 समेटाइनु क.क्रि. समेट्न लाइनु।
86626 समेटाउनु प्रे. क्रि. समेट्न लाउनु।
86627 समेटिनु क.क्रि. समेट्ने काम गरिनु; सँगेटिनु।
86628 समेत ना. यो. १. सहित; सुद्ध। वि.
86629 समेत ना. यो. २. कसैका साथ लागेको वा मिलेको; युक्त।
86630 समेना ना. ठुलो चारैतिर खुला हुने एक किसिमको पाल; सामियाना।
86631 समेलो ना. १. कुनै काम गर्दाको छरितोपन।
86632 समेलो ना. २. समेटसामेट।
86633 समोच्च रेखा ना. समान उचाइका स्थानहरूलाई जोड्ने रेखा।
86634 समोसा ना. भित्रपट्टि पकाएको आलु, नुन मसला आदि हाली, तीनचुच्चे पारी तेल वा घिउमा पकाइएको गहुँको पिठाको खाद्य वस्तु; सिँगाडा।
86635 सम्चार ना. समाचार; खबर।
86636 सम्झनु स.क्रि. १. पहिले बितेका वा घटेका घटना वा कुराको सम्झना गर्नु; स्मरण गर्नु; याद गर्नु।
86637 सम्झनु स.क्रि. २. कुनै विषयवस्तु वा कुरो बुझ्नु।
86638 सम्झनु स.क्रि. ३. ठान्नु।
86639 सम्झना ना. कुनै व्यक्ति, वस्तु, घटना, कुरा आदिलाई सम्झने काम; स्मृति; याद; स्मरण।
86640 सम्झना राख्नु दु. १. नबिर्सनु।
86641 सम्झना राख्नु दु. २. चिनु राख्नु।
86642 सम्झाइ ना. सम्झने भाव, क्रिया वा प्रक्रिया।
86643 सम्झाइनु क.क्रि. सम्झन लाइनु।
86644 सम्झाउनी ना. १. सम्झनाका निम्ति दिइने कुनै चिज।
86645 सम्झाउनी ना. २. सम्झनामा रहने गरी गरिएको कामकुरो।
86646 सम्झाउनी बिर्साउनी ना. सम्झनामा रहने र बिर्सन सकिने दुवै हुने कुनै चिज वा कामकुरो।
86647 सम्झाउनु स.क्रि. झल्को दिलाउनु; सम्झना गराउनु; स्मरण दिलाउनु।
86648 सम्झिनु क.क्रि. सम्झना गरिनु।
86649 सम्झौटो ना. १. बिर्सिएको कुनै वस्तुलाई सम्झना गराउने वस्तु वा चिठीपत्र।
86650 सम्झौटो ना. २. कुनै कामकुरा भएको वा गरेको विषय सम्झनका निम्ति लेखिएको टिपोट वा लेखोट; स्मृतिपत्र।