Dictionary

All Word

86751 सम्बन्ध ना. ३. एउटै कुलमा जन्मनाले वा विवाह आदिले जोडिएको नाता; साइनो।
86752 सम्बन्ध ना. ४. मैत्री।
86753 सम्बन्ध ना. ५. बारे।
86754 सम्बन्ध कारक ना. एक शब्दको सम्बन्ध अर्को शब्दसँग रहेको; सूचित गर्ने कारक।
86755 सम्बन्धन ना. सम्बन्ध हुने वा रहने काम; मान्यताप्राप्ति (उदा.- त्रिविका सम्बन्धनमा रहेका निजी क्याम्पस पनि निकै छन्)।
86756 सम्बन्ध विच्छेद ना. विवाह आदि वा लेनदेन, व्यवहार आदिमा भएको सम्बन्धलाई कारणवश तोड्ने वा विच्छेद गर्ने काम।
86757 सम्बन्ध षष्ठी ना. व्याकरणमा एक शब्दको अर्को शब्दका साथ सम्बन्ध देखाउँदा आउने षष्ठी विभक्ति; सम्बन्धबोधक षष्ठी (को-का- की, नो-ना-नी, रो-रा-री आदि विभक्तिबोधक प्रत्यययुक्त)।
86758 सम्बन्धातिशयोक्ति ना. सम्बन्ध नभए तापनि अतिशयोक्तिका आधारमा सम्बन्ध देखाउँदा हुने एक अर्थालङ्कार।
86759 सम्बन्धित वि. १. सम्बन्ध रहेको वा भएको; सम्बद्ध।
86760 सम्बन्धित वि. २. नातेदार।
86761 सम्बन्धित वि. ३. कुनै विषयको बारेको।
86762 सम्बन्धी वि. १. कुनै सम्बन्ध भएको वा सम्बन्ध पर्ने; सम्पर्क भएको।
86763 सम्बन्धी वि. २. साइनो पर्ने; नातेदार।
86764 सम्बन्धी वि. ३. कुनै विषय वा बारेको।
86765 सम्बन्धी वि. ४. सम्धी।
86766 सम्बल ना. आश्रय; आधार।
86767 सम्बुद्ध वि. १. राम्रो बोध भएको; ज्ञान प्राप्त गरेको; राम्ररी बुझेको; प्रबुद्ध।
86768 सम्बुद्ध वि. २. राम्ररी जागेको; बिउँझेको; जाग्रत्; सचेत। ना.
86769 सम्बुद्ध वि. ३. बुद्ध।
86770 सम्बोधन ना. १. कसैलाई बोलाउने वा पुकार्ने काम।
86771 सम्बोधन ना. २. व्याकरणमा कसैले कसैलाई आफूतिर आकृष्ट गर्न वा बोलाउन प्रयोग गरिने एक विभक्ति (हे, ए आदि)।
86772 सम्बोधन ना. ३. कुनै विशिष्ट व्यक्तिद्वारा कुनै सङ्घ, संस्थासँग सम्बन्धित वा सभा आदिमा उपस्थित जनसमुदायसमक्ष भाषण गर्ने काम।
86773 सम्बोधन ना. ४. बिउँझाउने काम; सम्झाउने काम।
86774 सम्बोधन भाषण ना. कुनै सङ्घ, संस्था, सभा आदिमा उपस्थित जनसमुदायलाई सम्बोधन गरेर गरिने भाषण।
86775 सम्बोधनीय वि. सम्बोधन गर्नुपर्ने; सम्बोधन गर्न योग्य।
86776 सम्बोधित वि. १. बोलाइएको; पुकारिएको; सम्बोधन गरिएको।
86777 सम्बोधित वि. २. राम्ररी बुझाइएको; बोध गराइएको।
86778 सम्बोधित वि. ३. ब्यूँझाइएको।
86779 सम्भरण ना. राम्ररी भरणपोषण गर्ने काम; पालन; पोषण; भरण।
86780 सम्भरण निधि ना. सञ्चयकोष।
86781 सम्भव वि. १. हुन सक्ने; सम्भावना भएको; सम्भावित। ना.
86782 सम्भव वि. २. उत्पत्ति; जन्म।
86783 सम्भवतः अव्य. सम्भव भएको भाव बुझाउने शब्द; हुन सक्छ; सायद; कदाचित्; सके।
86784 सम्भार ना. कुनै वस्तु, मालसामान आदिलाई बिग्रिनमासिन नदिई सँभालेर राख्ने काम; जोगाउने काम; हिफाजत।
86785 सम्भावना ना. १. कुनै कुरा पूरा हुन सक्ने वा घटना आदि घटित हुने स्थिति।
86786 सम्भावना ना. २. एक कुरा हुँदा त्यसको सिलसिलामा अर्को कुरा हुन सक्ने अवस्थाको वर्णन गर्दा हुने एक अर्थालङ्कार।
86787 सम्भावित वि. १. सम्भावना भएको; हुन सक्ने ठानिएको; आशा राखिएको।
86788 सम्भावित वि. २. अनुमान गरिएको; कल्पित।
86789 सम्भाविता ना. कुनै घटनाको घट्न सक्ने सम्भावनालाई प्रस्तुत गर्ने अङ्क।
86790 सम्भाव्य वि. हुन सक्ने; सम्भावना भएको; सम्भावित।
86791 सम्भाव्यता ना. सम्भाव्य हुनाको भाव वा स्थिति।
86792 सम्भाषण ना. १. दोहरो कुराकानी।
86793 सम्भाषण ना. २. बातचित; कथोपकथन।
86794 सम्भाषण ना. ३. पेरोल।
86795 सम्भाष्य वि. छलफल गर्न योग्य; कुराकानी गर्न लायक।
86796 सम्भोग ना. १. स्त्रीपुरुषका बिचको यौनक्रिया; स्त्रीपुरुषको समागम; मैथुन।
86797 सम्भोग ना. २. कुनै वस्तुको उपभोगबाट आनन्द प्राप्त गर्ने काम।
86798 सम्भोग ना. ३. उपभोग।
86799 सम्भोग ना. ४. शृङ्गार रसका दुई भेदमध्ये एक; संयोग।
86800 सम्भोग शृङ्गार ना. साहित्यमा अनुरक्त नायक-नायिकाको परस्परमा भेटघाट, दर्शन, स्पर्श आदि हुँदा हुने एक रसः शृङ्गाररसका दुई भेदमध्ये एक; संयोगशृङ्गार।