Dictionary

All Word

86801 सम्भ्रम ना. १. चित्तको व्याकुलता; विह्वलता; हडबडी।
86802 सम्भ्रम ना. २. मानसिक शङ्का; सन्देह।
86803 सम्भ्रम ना. ३. एक थोकलाई अर्को थोक सम्झने क्रिया; भ्रम; भुल।
86804 सम्भ्रम ना. ४. भय; डर।
86805 सम्भ्रम ना. ५. चक्कर खाने क्रिया; घुम्ने क्रिया; चक्कर; भ्रमण।
86806 सम्भ्रम ना. ६. मान; प्रतिष्ठा।
86807 सम्भ्रान्त वि. १. व्याकुल भएको; विह्वल भएको; हडबडाएको; आत्तिएको।
86808 सम्भ्रान्त वि. २. भ्रममा परेको; बाटो बिराएको।
86809 सम्भ्रान्त वि. ३. चक्कर खाएको; घुमेको।
86810 सम्भ्रान्त वि. ४. सम्मानित; प्रतिष्ठित; कुलीन।
86811 सम्म वि. एकनाससित सतह मिलेको; होचोअग्लो नभएको; समथर।
86812 सम्म ना.यो. कुनै ठाउँको भौगोलिक सीमा वा कुनै कामकुराको समयावधिलाई बुझाउने शब्द; सम्मन्; तक; पर्यन्त (हिमालसम्म, कार्तिकसम्म इ. )।
86813 सम्मठ ना. आँट (उदा.- भन्ने सम्मठ कस्छु कालसँगको स्पर्धा बढाईकन)।
86814 सम्मत वि. १. एउटै राय वा मत भएको; सहमत।
86815 सम्मत वि. २. स्वीकार गरिएको; मानिएको; स्वीकृत।
86816 सम्मत वि. ३. अधिकार वा सम्मति दिइएको; स्वीकृतिप्राप्त।
86817 सम्मत वि. ४. मन परेको; रुचाइएको।
86818 सम्मति ना. १. सम्मत हुनाको भाव; एउटै मत हुने क्रिया; सहमति; ऐकमत्य।
86819 सम्मति ना. २. राय।
86820 सम्मति ना. ३. स्वीकृति।
86821 सम्मन् ना. यो. सम्म; पर्यन्त।
86822 सम्मन्त्रणा ना. पछिसम्म राम्रो गर्ने राम्रो सल्लाह; राम्रो परिणाममा पुर्‍याउने असल सल्लाह।
86823 सम्मान ना. १. विशेष मान; ठुलो आदर वा सत्कार।
86824 सम्मान ना. २. प्रतिष्ठा; इज्जत।
86825 सम्मान गारद ना. राजा, राष्ट्राध्यक्ष वा त्यस्तै विशिष्ट व्यक्ति कुनै अर्को देशको औपचारिक भ्रमणमा जाँदा वा फर्कँर्दा वा अन्य कुनै समय, अवसर वा पर्वमा विशेष सम्मान प्रदर्शन गर्न उपस्थित सैनिक दल वा त्यसले दिएको सलामी (गार्ड अफ् अनर)।
86826 सम्माननीय वि. सम्मान गर्नुपर्ने; सम्मान गर्न योग्य; आदरणीय (प्रधान मन्त्री, प्रधान न्यायाधीश, राजसभाका सदस्य आदिलाई प्रयुक्त हुने )।
86827 सम्मान पत्र ना. अभिनन्दनपत्र।
86828 सम्मानित वि. सम्मान गरिएको; आदरसत्कार गरिएको; सबैले मानेको; प्रतिष्ठित।
86829 सम्मान्य वि. सम्मान गर्न योग्य; सम्माननीय।
86830 सम्मानार्थ क्रि.वि. सम्मानका लागि ( जस्तो- सम्मानार्थ सदस्य, सम्मानार्थ उपाधि आदि)।
86831 सम्मिनु अ.क्रि. एकनाससित सतह मिल्नु; अग्लोहोचो नहुनु; समतल हुनु; सम्म हुनु।
86832 सम्मिलन ना. १. गाभिने, मिल्ने वा जोरिने काम; संयुक्तता।
86833 सम्मिलन ना. २. मिश्रित हुने क्रिया; मिसाइ।
86834 सम्मिलन ना. ३. भेटघाट; सम्मेलन।
86835 सम्मिलन ना. ४. सूर्य वा चन्द्र ग्रहणको खग्रास हुँदा पूरा ढाकिएको अवस्था।
86836 सम्मिलन विलेख ना. कुनै देशका अञ्चल, जिल्ला आदिका भूखण्ड अर्को अञ्चल, जिल्ला आदिमा मिलाउँदा दुवै पक्षका अधिकारीहरूको सही भएको प्रामाणिक लिखतपत्र।
86837 सम्मिलित वि. १. अर्को वस्तु वा कुरामा मिलेको; मिसिएको।
86838 सम्मिलित वि. २. सरिक भएको; सामिल भएको।
86839 सम्मिश्रण ना. एक वस्तु अर्को वस्तु वा कुरामा मिसिने काम; मिश्रण; मिलावट।
86840 सम्मीलित वि. १. दुवै परेला जोडिएको; परेलाले ढाकिएको; चिम्लिएको (आँखा)।
86841 सम्मीलित वि. २. चन्द्र वा सूर्यलाई कालिमाले ढाकेको; खग्रास भएको।
86842 सम्मुख वि. १. अगाडिपट्टिको; अगिल्तिरको; सामुन्नेको। ना. यो.
86843 सम्मुख वि. २. मुखेन्जी; सामु।
86844 सम्मेलन ना. १. कुनै सङ्घसंस्थाका सदस्य वा कुनै वर्ग, व्यवसाय वा मतका व्यक्तिहरू कुनै निश्चित उद्देश्य तथा कार्यक्रमका साथ जम्मा हुने काम।
86845 सम्मेलन ना. २. दुई वा दुईभन्दा बढी वस्तुलाई मिलाउने वा मिसाउने काम; मिश्रण।
86846 सम्मोह ना. १. रोग, भय, शोक आदिबाट निश्चेष्ट भएको अवस्था; मूर्च्छा; बेहोसी।
86847 सम्मोह ना. २. के गर्ने, के नगर्ने भन्ने कुराको ज्ञान नभएको अवस्था; अज्ञानावस्था।
86848 सम्मोह ना. ३. अज्ञान।
86849 सम्मोह ना. ४. आत्तिने क्रिया; अत्यास।
86850 सम्मोह ना. ५. वशीकरण।