Dictionary

All Word

86851 सम्मोहक वि. सम्मोहमा परेको; सम्मोहित गराउने।
86852 सम्मोहन ना. १. रूप, गुण वा अन्य कुनै आकर्षक कुराका आधारमा कसैलाई मोहित पार्ने काम; लोभ्याउने काम।
86853 सम्मोहन ना. २. कामदेवका पाँच बाणमध्ये एक।
86854 सम्मोहन ना. ३. दुस्मनलाई लट्ठ्याउने पौराणिक समयको एक अस्त्र।
86855 सम्मोहन ना. ४. तन्त्रविद्या वा टुनामुना आदिद्वारा मोहित पार्ने काम; मोहनी लाउने काम।
86856 सम्मोहित वि. १. निश्चेष्ट तुल्याइएको; लट्ठ्याइएको।
86857 सम्मोहित वि. २. मोहमा पारिएको; मोहनी लगाइएको; वशीकृत।
86858 सम्म्याइ ना. १. सम्मिने भाव, क्रिया वा प्रक्रिया [सम्म्याउ + आइ]।
86859 सम्म्याइ ना. २. सम्म्याउने भाव, क्रिया वा प्रक्रिया।
86860 सम्म्याइनु क.क्रि. सम्म पारिनु।
86861 सम्म्याउनु स.क्रि. १. अग्लो होचोलाई मिलाएर एकनास पार्नु; समथर बनाउनु; सम्म पार्नु
86862 सम्म्याउनु स.क्रि. २. खजमजिएका वस्तु तह लाउनु।
86863 सम्म्याउनु स.क्रि. ३. एकनास तुल्याउनु।
86864 सम्यक् वि. १. सुहाउँदो बुझिँदो; मुनासिब; ठिक; उचित; उपयुक्त।
86865 सम्यक् वि. २. सबै; सम्पूर्ण; सारा; समस्त। क्रि.वि.
86866 सम्यक् वि. ३. मिलाएर; राम्ररी। ना.
86867 सम्यक् वि. ३. महायानी बौद्धधर्मानुसार हरेक बाह्र, पाँच वा तीन वर्षमा समर्थ व्यक्तिले काठमाडौँमा मनाउने, राजालाई समेत उपस्थित गराई बुद्धको र राजाको पनि पूजा गरी त्यसपछि भोजसमेत गराई सम्पन्न गरिने एक प्रकारको धार्मिक उत्सव।
86868 सम्राज्ञी ना. १. सम्राट्की पत्नी।
86869 सम्राज्ञी ना. २. साम्राज्यको शासन गर्ने स्त्री।
86870 सम्राज्ञी ना. ३. महारानी।
86871 सम्राट् ना. ठुलो राजा; महाराजाधिराज; बादशाह।
86872 सम्ल्हनु अ.क्रि. कुनै नराम्रो वा हानिकारक कुराबाट बच्नु; सावधान हुनु; सँभालिनु।
86873 सम्ल्हाइ ना. सँभलाइ।
86874 सम्ल्हाइनु क.क्रि. सँभालाइनु।
86875 सम्ल्हिनु सँभलिनु; सम्ल्हनु।
86876 सम्सम ना. तिलस्मी ढोका उघार्ने अर्थमा आख्यान वा कथामा प्रयुक्त साङ्केतिक शब्द ( उदा.- खोली सम्सम सानन्द। लक्ष्मीप्रसाद देवकोटा, सुलोचना )।
86877 सम्हाल्नु स.क्रि. कुनै वस्तु वा कुरा जोगाएर राख्नु; बचावट गर्नु; सम्भार गर्नु।
86878 सम्हाल ना. सम्हाल्ने काम; बचावट; सम्भार।
86879 सम्हालाइ ना. सम्हाल्ने भाव, क्रिया वा प्रक्रिया; सँभालाइ।
86880 सम्हालिनु क.क्रि. सँभालिनु।
86881 सय ना. १. नब्बे र दशको योगबाट बन्ने सङ्ख्या; तीन अङ्कबाट बन्ने सबभन्दा सानो सङ्ख्या। वि.
86882 सय ना. २. नब्बे र दशका योगसङ्ख्याको; शय।
86883 सयकडा ना. १. प्रतिशतको हिसाब गर्दा सय कायम राखी त्यसमाथि थपिने अतिरिक्त सङ्ख्या।
86884 सयकडा ना. २. त्यसरी हिसाब गर्दा सयभित्रबाट काटिने संख्या। क्रि.वि.
86885 सयकडा ना. ३. एक सयका हिसाबमा; सयपिच्छे; प्रतिशत।
86886 सयकडी ना. सयकडाका हिसाबले लिइनेदिइने अङ्क, दस्तुर वा मेहनताना।
86887 सयकडौँ वि. अनगिन्ती सङ्ख्याको; धेरै सय; सयौँ; अति धेरै।
86888 सयताल ना. वास्तु तथा मूर्तिमा अङ्गुलको दश गुना बराबरको नापका लागि प्रयुक्त हुने शब्द; दश अमल बराबरको नाप।
86889 सयपत्री ना. १. छेउमा करौँतीजस्ता धार परेका नरम लामा पात र धेरै पत्र हुने पहेँला वा सुनौला रङको फूल फुल्ने एक जातको बोट।
86890 सयपत्री ना. २. त्यसैको फूल।
86891 सयल ना. मन बहलाउनका निम्ति रमणीय वा मन लागेको ठाउँमा घुम्ने वा टहल्ने काम; सैर; विहार।
86892 सयौँ वि. १. गणनाका क्रमले सयसय सङ्ख्यामा परेको; सय सङ्ख्याको।
86893 सयौँ वि. २. सयकडौँ।
86894 सर्नु अ.क्रि. १. कुनै व्यक्ति, वस्तु वा कुरा एक ठाउँबाट अर्को ठाउँतिर हट्नु; अर्को ठाउँमा जानु।
86895 सर्नु अ.क्रि. २. घस्रनु; हिँड्नु।
86896 सर्नु अ.क्रि. ३. बसेको ठाउँ, थलो आदि बदल्नु; बस्ती फेर्नु; बसाइँ जानु।
86897 सर्नु अ.क्रि. ४. सङ्क्रामक रोग आदि एउटाबाट अर्कामा फैलँदै जानु।
86898 सर ना. १. ठुलो प्राकृतिक पोखरी; तलाउ; जलाशय।
86899 सर ना. २. जलप्रपात; झरना।
86900 सर ना. ३. दुध वा दहीको तर।