Dictionary

All Word

86901 सर ना. ४. हार; माला।
86902 सर वि. १. जितिएको; विजित। ना
86903 सर वि. २. जितबाजी; विजय (उदा.- नेपाली फौजले किल्ला सर गऱ्यो )।
86904 सर वि. ३. असर; प्रभाव।
86905 सर वि. ४. सफलता।
86906 सर वि. ५. उपयुक्तता; अनुकूलता।
86907 सर सम्बो. १. सम्मानित व्यक्तिलाई सम्बोधन गर्ने शब्द; महोदय।
86908 सर सम्बो. २. ब्रिटिस राज्यद्वारा प्रदान गर्ने गरिएको एक उपाधि ( जस्तो सर विलियम, सर अशोक ब्यानर्जी आदि)।
86909 सरकार ना. १. देश वा राज्यको शासकमण्डल; राज्यसंस्था; शासनसत्ता; शासन व्यवस्था।
86910 सरकार ना. २. प्रभु; स्वामी; राजा।
86911 सरकारवादी वि. सरकार नै वादी भएर चलाइने; ऐनले सरकारबाट चलाए हुने गरी तोकेअनुसार सरकारले नै उजुर गरेको वा सरकार नै उजुरवाला हुने; सरकार वादी हुने (मुद्दा )।
86912 सरकारवादी मुद्दा ना. उक्त किसिमले सरकारवादी भनेर तोकिएको वा सरकार नै वादी भई चलाइने मुद्दामामिला ( राजकाजसम्बन्धी, कन्याचोरी, जूवा, अर्काको घरमा आगो लगाउने, गोवध आदि)।
86913 सरकारिया वि. सरकारसम्बन्धी; सरकारी; राजकीय।
86914 सरकारी वि. १. सरकारको; सरकारसम्बन्धी; सरकारिया।
86915 सरकारी वि. २. मालिकको।
86916 सरकारी वि. ३. सरकारका तर्फबाट वा सरकारवादी मुद्दाहरूमा वकालत वा बहस गर्ने (जस्तो- सरकारी अधिवक्ता, सरकारी अभिवक्ता आदि )।
86917 सरकारी आदेश ना. सरकारद्वारा निकालिने आदेश, अधिकारपत्र आदि; सरकारले जारी गरेको आदेश।
86918 सरकारी कर्मचारी ना. सरकारी सेवामा रही नियमित रूपमा काम गर्ने कर्मचारी; निजामती, प्रहरी र सैनिक सेवाका कर्मचारी; जागिरे।
86919 सरकारी कारोबार ना. सरकारका तर्फबाट गरिने कामकाज; सरकारसम्बन्धी कामकाज।
86920 सरकारी जग्गा ना. कुनै व्यक्ति वा गैरसरकारी संस्थाको नाममा दर्ता नरही सरकारको अधीनमा रहेको जग्गा।
86921 सरकारी मुद्दा ना. १. सरकारवादी मुद्दा।
86922 सरकारी मुद्दा ना. २. सरकारसम्बन्धी मुद्दा।
86923 सरकारी यन्त्र ना. सरकारको कामकाज चलाउने अड्डाअदालत र तिनीहरूमा काम गर्ने कर्मचारी।
86924 सरकारी रकम ना. सरकारी कोषमा रहेको र जनताले सरकारलाई तिर्नुपर्ने वा तिर्न बाँकी रहेको नगद।
86925 सरकारी वकिल ना. सरकारी मुद्दामामिलामा सरकारका तर्फबाट बहस गर्ने वकिल ( महान्यायाधिवक्ता, वरिष्ठ सरकारी अधिवक्ता, सरकारी अधिवक्ता, सरकारी अभिवक्ता आदि )।
86926 सरकारी वन ना. सरकारको अधीनमा रहेको वन।
86927 सरक्क क्रि.वि. कुनै व्यक्ति वा वस्तु बिस्तारै सर्ने वा पन्छिने किसिमले; परतिर सर्ने गरी।
86928 सरगम ना. सङ्गीतका सात स्वर (सा, रे, ग, म, प, ध, नि )।
86929 सरचार्ज ना. एकपल्ट एक किसिमबाट कर तिरिसकेको वस्तुमा अर्कोपल्ट अर्को रूपबाट लगाइने कर; अतिरिक्त कर।
86930 सरजमिन ना. १. सम्बन्धित घटना घटेको वा समस्या परेको ठाउँ।
86931 सरजमिन ना. २. छरछिमेकका मानिस; साँधसँधियार।
86932 सरजमिन ना. ३. सम्बन्धित स्थान वा छरछिमेकका मानिस बुझ्नुपर्ने मुद्दामामिलामा सबुत-प्रमाणका निम्ति रीत पुर्‍याई बुझ्ने कामकारबाई।
86933 सरजिमी ना. वरिपरिको वा छरछिमेकको देश (दिव्य.)।
86934 सरण ना. सर्ने भाव, क्रिया वा प्रक्रिया।
86935 सरणि / सरणी ना. १. मार्ग; बाटो।
86936 सरणि / सरणी ना. २. पद्धति; प्रणाली।
86937 सरणि / सरणी ना. ३. रेखा; डोरो।
86938 सरणि / सरणी ना. ४. चलेर आएको परिपाटी वा प्रथा; रीति।
86939 सरताप्रे ना. बाण, भाला आदिका टुप्पाका आकारका पात हुने र खैरो फूल फुल्ने एक जातको बुटी; मुसाकाने; कानपाते।
86940 सरदर वि. १. ठुलोसानो वा असल, खराब नछुट्ट्याई सबैको एकनाससित मोल राख्दा पर्न आउने, ठुलोसानोको आधारमा मूल्याङ्कन नगरी गोटाको आधारमा मोल राख्दा पर्न आउने; (सङ्ख्या)।
86941 सरदर वि. २. विभिन्न आय भएका विभिन्न तहका व्यक्तिहरूका सम्पूर्ण आयलाई व्यक्ति वा वस्तुका निम्ति हुने विभिन्न तहको सबै आम्दानीखर्च समानुपातिक रूपमा ल्याउँदा प्रतिव्यक्ति वा प्रतिवस्तु पर्न आउने।
86942 सरदार ना. १. कुनै मण्डलीको नेता; अगुवा; नायक।
86943 सरदार ना. २. पुरानो चलनअनुसार मीर सुब्बाभन्दा माथि र काजीभन्दा तलको एक निजामती दर्जा; भारदारमध्ये एक।
86944 सरदार ना. ३. पन्जाबी पुरुष जातिलाई प्रयोग गरिने आदरार्थी शब्द।
86945 सरदारी ना. सरदारको पद, काम वा स्थिति; सरदारको पन।
86946 सरनाम वि. १. नाम भएको; प्रसिद्ध; विख्यात। ना.
86947 सरनाम वि. २. राम्रो काम गरेर वा असल कुरामा चलेको नाम; सुनाम।
86948 सरपञ्च ना. पञ्चहरूमा मुख्य पञ्च; प्रधान पञ्च।
86949 सरपोस ना. बिर्को; ढकनी (कसौँडीको काने)।
86950 सरम ना. १. लाज; लज्जा; शरम।