Dictionary

All Word

87051 सरिफा ना. सलिफा।
87052 सरिबा ना. साना राता फूल फुल्ने लहरादार वनस्पतिविशेष।
87053 सरियान वि. साक्षात्; साक्खै; खास।
87054 सरी क्रि.वि. एउटा वस्तु जति छ अर्को पनि उत्तिकै; बराबरी। (उदा.- चामल र मकै सरी साट्न कहाँ पाइन्छ र)।
87055 सरीबरी क्रि.वि. दुई वा धेरै वस्तु एकै ठाउँ मिसिएर; छ्यासमिसे चालमा।
87056 सरीसृप ना. घस्रेर हिँड्ने जन्तु, किरा आदि ( सर्प, गँड्यौलो, चिप्लेकिरा आदि)।
87057 सरीसृप युग ना. सरीसृपजीवको सृष्टि भएको युग; आजभन्दा उन्नाइस करोड वर्ष पहिले प्रारम्भ भएको युग।
87058 सरुन ना. ज्योतिषमा सत्ताइस नक्षत्रमध्ये श्रवणदेखि रेवतीसम्मका, घर छाउने, काठ काट्ने आदि काम गर्न निषेध गरिएका छ नक्षत्र।
87059 सरुने वि. १. सरुनमा परेको; सरुनको। ना
87060 सरुने वि. २. खुकुरी, तरबार, धनुर्वाण आदि लिएर युद्धको नक्कल गरिने काम।
87061 सरुवा वि. १. धान सरोबरी भएको (चामल); नफलेको (चामल)।
87062 सरुवा वि. २. ना. धेरै धान भएको चामल।
87063 सरुवा वि. १. सर्ने किसिमको; सरौटे; सङ्क्रामक।
87064 सरुवा वि. २. एक ठाउँबाट अर्को ठाउँमा सरेर आएको।
87065 सरुवा वि. ३. सरकारी अड्डाखाना वा अन्य संस्थान आदिका कर्मचारीहरू एक मन्त्रालय, विभाग वा कार्यालयबाट अर्को मन्त्रालय, विभाग वा कार्यालयमा सर्ने काम।
87066 सरुवा वि. ४. बिखालु तेल आउने कदम।
87067 सरुवा पुर्जी ना. उक्त किसिमले सरुवा हुँदा कर्मचारीलाई दिइने पुर्जी।
87068 सरुवा रोग ना. रोग लागेका व्यक्तिसँग छातछुत गर्दा सर्ने रोग; सङ्क्रामक रोग।
87069 सरुहम ना. तराईतिर हुने एक प्रकारको धान।
87070 सरूप वि. १. समान रूप भएको; उस्तै रूप वा वर्णको।
87071 सरूप वि. २. रूप भएको; साकार।
87072 सरूप वि. ३. सुन्दर; राम्रो।
87073 सरूपता ना. सरूप हुनाको भाव वा स्थिति; समरूपता; एकरूपता।
87074 सरेक ना. पाहिक; पाइक।
87075 सरेस ना. राँगो, उँट आदि पशुको छाला, माछाको कत्ला आदि पकाएर बनाइने, पुस्तक, बही आदि सिएर जिल्द हाल्दा टाँसिने र छापाखानामा मसी लगाउने रुलर आदि बनाइने लस्सादार पदार्थ।
87076 सरो ना. १. कपडा, पात आदि कुराको तह वा पत्र।
87077 सरो ना. २. दैनिक व्यवहारका निम्ति वा अरू कामकाजका लागि आवश्यक हुने एक थान सबै वस्तु। वि.
87078 सरो ना. ३. एक, दुई आदि सङ्ख्यावाची शब्दमा जोडिई विशेषण बनेर प्रयुक्त हुने शब्द (जस्तो- एकसरो लुगा, दुईसरो खास्टो इ.)।
87079 सरोकार ना. १. प्रयोजन; वास्ता; चासो। (उदा.- अरूको कामको तिमीलाई के सरोकार ? )
87080 सरोकार ना. २. सम्बन्ध; सम्पर्क। (उदा.- उहाँसँग तपाईंको केही सरोकार पनि होला )।
87081 सरोकारवाला वि. सरोकार वा सम्बन्ध भएको; सम्बन्धित।
87082 सरोकारी वि. सरोकार भएको; सरोकार राख्ने; सरोकारवाला।
87083 सरोज ना. कमल; पद्म।
87084 सरोजिनी ना. १. कमल फुल्ने वा फुलेको तलाउ; कमलपोखरी।
87085 सरोजिनी ना. २. कमलिनी।
87086 सरोद ना. अठार वा बाइस तार लागेको, जवाले बजाइने, सारङ्गीजस्तो, छालाले मढेको एक किसिमको तारबाजा।
87087 सरोबर वि. दुई वा धेरै वस्तु समान रूपले मिलेको, छ्यासमिस भएको; सरोबरी भएको।
87088 सरोबरी ना. दुई वा धेरै वस्तु समान रूपले मिल्ने काम; सराबरी।
87089 सरोवर ना. तलाउ; पोखरी; दह (जस्तो- मानसरोवर )।
87090 सरौटे वि. १. छुवाछूत हुँदा एउटाबाट अर्कोमा सर्ने खालको; सरुवा। ना.
87091 सरौटे वि. २. सरुवा रोग; सरौटो।
87092 सरौटो ना. १. सारेर, निछोटेर काममा ल्याउन लायक बनाइएको अन्नपात।
87093 सरौटो ना. २. सरुवा रोग; सङ्क्रामक रोग।
87094 सरौतो ना. सुपारी आदि काट्ने कैँचीका ढबको फलामे हतियार।
87095 सरौलो ना. गाईबस्तुलाई खुवाइने पिठो, नुन आदि हाली मलेको भुस्सा।
87096 सर्कनु अ.क्रि. १. खाएपिएको वस्तु श्वासका वेगले नाकको भित्री प्वालबाट माथितिर लाग्नु।
87097 सर्कनु अ.क्रि. २. पदोन्नति आदि भएर छिटै माथितिर उक्लनु; उँभो लाग्नु।
87098 सर्कनु अ.क्रि. ३. उन्नति वा बढिबढाउ हुनु; अभ्युदय हुनु।
87099 सर्कनु अ.क्रि. ४. झस्को पस्नु; हूप पस्नु; सड्कनु।
87100 सर्कनु अ.क्रि. ५. देखासिकी गर्दै वा अभिमानले फुल्नु; मात्तिनु।