Dictionary

All Word

87151 सर्पट ना. अगाडिका दुवै खुट्टा एकसाथ फालेर वेगसित दुगुर्ने घोडाको एक चाल।
87152 सर्पट ना. जन्जिरबाट नापी गरिने जग्गा।
87153 सर्पट कटान ना. साँधसिमाना छुट्ट्याउने वा कित्ताफोड गर्ने काम।
87154 सर्पट नापी ना. जन्जिरद्वारा गरिने जग्गाको नापी।
87155 सर्पयज्ञ/सर्पयाग ना. सर्पहरूको नाश गर्नाका निम्ति परीक्षित्का छोरा जनमेजयले गरेको महाभारत पुराणप्रसिद्ध एक यज्ञ; नागयज्ञ।
87156 सर्पविद्या ना. १. सर्पलाई लट्ठ्याउने, समात्ने वा वशमा पार्ने विद्या।
87157 सर्पविद्या ना. २. सर्पका विषयमा सबै कुरा लेखिएको शास्त्र; सर्पसम्बन्धी विद्या; गारुडी विद्या।
87158 सर्बत ना. १. सक्खर वा चिनी र मरिच, सुकुमेल आदि मिलाई तयार पारिएको पानी।
87159 सर्बत ना. २. फलफूलका रसमा चिनी आदि हाली पकाइएको पेय पदार्थ।
87160 सर्भे ना. १. जग्गाजमिनको नापी तथा भौगोलिक वा भौगर्भिक विशेषताको निरूपण गर्ने काम; कुनै जमिनको टुक्राको परिमाण आदि पत्ता लगाउन गरिने नापजाँच।
87161 सर्भे ना. २. कुनै स्थान वा विषयमाथि सामान्य दृष्टि दिने, विचारविमर्श गर्ने वा त्यसको व्याख्या गर्ने काम।
87162 सर्म ना. सरम; लाज।
87163 सर्माइ ना. सर्माउने भाव, क्रिया वा प्रक्रिया।
87164 सर्माइनु अ.क्रि. सर्माउने काम हुनु; सरम मानिनु।
87165 सर्माउनु अ.क्रि. सरममा पर्नु; लाज मान्नु; सङ्कोच मान्नु; लजाउनु।
87166 सर्माहट ना. सर्माउने भाव, स्थिति, क्रिया वा प्रक्रिया।
87167 सर्मालु वि. सरम मान्ने; लज्जाशील; लजालु।
87168 सऱ्याइ ना. सऱ्याउने भाव, क्रिया वा प्रक्रिया।
87169 सऱ्याइनु क.क्रि. सऱ्याउने काम गरिनु।
87170 सऱ्याउनु स.क्रि. १. तह, खात वा सर झिक्नु।
87171 सऱ्याउनु स.क्रि. २. मकैका घोगाको बाहिरी खोस्टो निकाल्नु।
87172 सर्र क्रि.वि. १. एकाएक शीतल तथा आनन्ददायक हावा चलेर।
87173 सर्र क्रि.वि. २. राम्ररी पिङ मच्चिने किसिमले।
87174 सर्र क्रि.वि. ३. कुनै पनि काम विनारोकटोक सजिलैसित हुने गरी।
87175 सर्र सर्र क्रि.वि. लगातार सर्र हुने गरी।
87176 सर्लाही ना. नेपालको मध्यमाञ्चल विकासक्षेत्रभित्र पर्ने जनकपुर अञ्चलको तराई भागमा रहेको एक जिल्ला।
87177 सर्व वि. सबै; सम्पूर्ण; समस्त; जम्मै।
87178 सर्वजनीन वि. सबैको; सबैसित; सार्वजनिक।
87179 सर्वजा ना. हलेदाका जस्ता लामा र ठुला पात हुने, रातापहेँला, छिरबिरे रङका फूल फुल्ने कोसामित्र रामतोरियाँका जस्ता काला फल फल्ने एक जातको सानो कमलो बोट; त्यसैको फूल।
87180 सर्वजात ना. सबै जात; विभिन्न जाति।
87181 सर्वजित् वि. सबैलाई जित्ने वा जित्न सक्ने; सबैमाथि विजय हासिल गर्ने।
87182 सर्वज्ञ वि. १. सबै कुरा जान्ने । ना.
87183 सर्वज्ञ वि. २. ईश्वर।
87184 सर्वज्ञ वि. ३. बुद्ध।
87185 सर्वज्ञता ना. सर्वज्ञ हुनाको भाव वा स्थिति।
87186 सर्वतः क्रि.वि. १. सबैतिर; जताततै; वरिपरि।
87187 सर्वतः क्रि.वि. २. अनेक प्रकारले; धेरै किसिमले।
87188 सर्वतः क्रि.वि. ३. पूर्णत; पूर्ण रूपले।
87189 सर्वतन्त्र ना. १. सबै किसिमका तन्त्र; सबै तन्त्रविद्या।
87190 सर्वतन्त्र ना. २. सम्पूर्ण शास्त्र वा तन्त्रको अध्ययन गर्ने व्यक्ति। वि.
87191 सर्वतन्त्र ना. ३. सबै जनता वा शास्त्रले मानेको।
87192 सर्वतोभद्र वि. १. सबैको सबै प्रकारले कल्याण गर्ने।
87193 सर्वतोभद्र वि. २. जुँगा, दाह्री , कपाल सबै खौरेको ।ना
87194 सर्वतोभद्र वि. ३. देवतालाई राखिने वा पूजा गरिने ठाउँमा कपडामा वा जमिनमा विभिन्न रङ भएका वस्तुद्वारा कोठाकोठा पारी लेखिने र पूजा गरिने एक यन्त्र।
87195 सर्वतोभावेन क्रि.वि. १. हरप्रकारले; सबै तरहले।
87196 सर्वतोभावेन क्रि.वि. २. उचित तवरले; ठिकसित।
87197 सर्वतोमुख वि. १. सबैतिर मुख भएको; चारैतिर मुख फर्केको।
87198 सर्वतोमुख वि. २. सबै किसिमका विषय वा समस्यामा विचार व्यक्त गर्न सक्ने; सबै विषयको ज्ञान वा प्रतिभा भएको।
87199 सर्वतोमुखी वि. सबैतिर गति भएको; कुनै कुरामा पनि पछि नपर्ने; सर्वतोमुख।
87200 सर्वत्र क्रि.वि. सबै ठाउँमा; सबैतिर; जहाँतहीँ।