Dictionary

All Word

87201 सर्वथा क्रि.वि. १. सबै प्रकारले; सबै किसिमबाट।
87202 सर्वथा क्रि.वि. २. जसरी भए पनि।
87203 सर्वदल ना. १. राजनीति वा अन्य विषयसँग सम्बद्ध विभिन्न किसिमका विचारधारा राख्ने व्यक्तिहरूको जमात वा दल।
87204 सर्वदल ना. २. कुनै विषयमा विचार, विमर्श गर्न भेला भएका सबै दल वा जमात।
87205 सर्वदलीय वि. १. सबै दल वा संस्थाको; सबै दल वा संस्थासँग सम्बन्धित।
87206 सर्वदलीय वि. २. सबै दल मिलेर बनेको वा गरेको (सरकार, शासन आदि)।
87207 सर्वदर्शिता ना. सर्वदर्शी हुनाको भाव वा स्थिति।
87208 सर्वदर्शी वि. १. सबै कुरा देख्ने वा देखेको; सर्वत्र दृष्टि पुर्‍याउने।
87209 सर्वदर्शी वि. २. सबै विषय वा वस्तुको ज्ञान भएको।
87210 सर्वदर्शी वि. ३. ईश्वर; परमात्मा।
87211 सर्वदा क्रि.वि. १. हरबखत; सधैँ। ना.
87212 सर्वदा क्रि.वि. २. अदुवाको जस्तो बोट हुने, रातो वा पहेँलो रङको फूल फुल्ने एक जातको रुख वा त्यसैको फूल।
87213 सर्वनाम ना. १. व्याकरणका अनुसार नाम प्रयुक्त हुने पदका सट्टामा आउने शब्द (त्यो, तिनी, उहाँ आदि)।
87214 सर्वनाम ना. २. सबै नाम वा सबैको नाम।
87215 सर्वनाश ना. भएभरका व्यक्ति वा वस्तुको नाश; सखाप हुने काम वा स्थिति; बरबादी; सत्यानाश।
87216 सर्वनाशक वि. सर्वनाश गर्ने; बरबाद गर्ने; सत्यानाशी।
87217 सर्वप्रथम क्रि.वि. १. सबैभन्दा पहिले; सबभन्दा अगाडि। वि.
87218 सर्वप्रथम क्रि.वि. २. सबैभन्दा पहिले भएको; सबैमा पहिलो।
87219 सर्वप्रिय वि. सबैलाई प्यारो लागेको; सबैको प्यारो; लोकप्रिय।
87220 सर्वप्रियता ना. सर्वप्रिय हुनाको भाव वा स्थिति; लोकप्रियता।
87221 सर्वभक्षी वि. १. भोज्य र अभोज्य विचार नगरीकन सबै कुरा खाने; भोज्याभोज्यको विचार नभएको ना.
87222 सर्वभक्षी वि. २. अग्नि; आगो।
87223 सर्वभोगी वि. १. असल खराब सबै वस्तुको उपभोग गर्ने।
87224 सर्वभोगी वि. २. खान हुने, खान नहुने सबै कुरा खाने; सर्वभक्षी।
87225 सर्वमङ्गला वि. १. सबैको कल्याण गर्ने (स्त्री)); मङ्गलकारिणी। ना.
87226 सर्वमङ्गला वि. २. दुर्गा।
87227 सर्वमङ्गला वि. ३. लक्ष्मी।
87228 सर्वमान्य वि. १. सबैले मानेको' सबैद्वारा सम्मानित।
87229 सर्वमान्य वि. २. सबैले मान्नुपर्ने; सबैलाई मान्य हुने; सबैले मान्न योग्य।
87230 सर्वरकम ना. सबै किसिमको धन-सम्पत्ति; सबै रकम।
87231 सर्वव्यापक / सर्वव्यापी वि. १. सबै ठाउँमा फैलिएको; सबै ठाउँमा व्याप्त भएर रहेको।
87232 सर्वव्यापक / सर्वव्यापी वि. २. सबैलाई ढाकेर रहेको। ना.
87233 सर्वव्यापक / सर्वव्यापी वि. ३. ईश्वर; परमात्मा।
87234 सर्वशक्तिमान् वि. १. सबै कामकुरा गर्ने शक्ति भएको; सबै किसिमका शक्तिले युक्त भएको। ना.
87235 सर्वशक्तिमान् वि. २. ईश्वर; देवता।
87236 सर्वश्री ना. धेरै मानिसका नामको उल्लेख गर्दा सबैका नामका अगाडि 'श्री' नलेखी सामूहिक रूपमा आदर जनाउन सबैभन्दा पहिले आएको नामको अगिल्तिर मात्र लगाइने आदरसूचक शब्द; श्रीमन्त।
87237 सर्वश्रेष्ठ वि. सबैभन्दा श्रेष्ठ; उच्च; सर्वोत्तम; सबैभन्दा ठुलो; उम्दा।
87238 सर्वश्रेष्ठता ना. सर्वश्रेष्ठ हुनाको भाव वा अवस्था।
87239 सर्वसंहार ना. सर्वनाश; सत्यानाश; सबथोक स्वाहा।
87240 सर्वसंहारक वि. सर्वसंहारी; सर्वनाशी।
87241 सर्वसंहारी वि. सर्वसंहार गर्ने; सर्वनाशी।
87242 सर्वसत्ता ना. कुनै काम वा विषयसँग सम्बन्धित सबै किसिमको अधिकार; सम्पूर्ण अधिकारयुक्त सत्ता।
87243 सर्वसत्ता सम्पन्न वि. कुनै काम वा विषयसँग सम्बन्धित सबै अधिकारले युक्त; सम्पूर्ण अधिकार भएको।
87244 सर्वसम्मत वि. उपस्थित वा सम्बन्धित सबै व्यक्तिहरूको सहमति वा स्वीकृति भएको; सबैको सम्मति पाएको; सबैले मानेको।
87245 सर्वसम्मति ना. उपस्थित वा सम्बन्धित सबैको सहमति वा रायसल्लाह।
87246 सर्वसाक्षी ना. १. संसारमा हुने सबै कामकुरा देख्ने ईश्वर; सर्वद्रष्टा परमेश्वर। वि.
87247 सर्वसाक्षी ना. २. सबै कुरा देख्नेसुन्ने; सबै कुराको साक्षी भएको।
87248 सर्वसाधारण ना. १. सबै प्रकार वा स्तरका मानिसको जमात; अधिकांश सामान्य जनता। वि.
87249 सर्वसाधारण ना. २. सामान्य रूपको; साधारण खालको; मामुली।
87250 सर्वस्व ना. १. भएभरको पूरै सम्पत्ति; सारा सम्पत्ति; जिलीगाँठी।