Dictionary

All Word

87351 सल्कनु अ.क्रि. १. आगो, बत्ती आदि बल्न सुरु गर्नु।
87352 सल्कनु अ.क्रि. २. आगोको सानो बिउबाट बल्न सुरु गरेर एक ठाउँबाट अर्को ठाउँमा फैलनु।
87353 सल्कनु अ.क्रि. ३. एक ठाउँमा लागेको वा सुरु भएको रोग अर्को ठाउँमा पनि पुग्नु।
87354 सल्कनु अ.क्रि. ४. रिसले भित्रभित्रै चुर हुनु; मुरमुरिनु।
87355 सल्काइ ना. सल्कने तथा सल्काउने भाव, क्रिया वा प्रक्रिया।
87356 सल्काइनु क.क्रि. १. आगो, बत्ती आदि बालिनु।
87357 सल्काइनु क.क्रि. २. रोग आदि सारिनु।
87358 सल्काइलो वि. सलक्क परेको; सप्लाएको र मिलेको कदको।
87359 सल्काउनु स.क्रि. १. आगो बत्ती आदि बाल्नु; बल्ने बनाउनु।
87360 सल्काउनु स.क्रि. २. रोगहरू एक ठाउँबाट अर्को ठाउँमा पुर्‍याउनु।
87361 सल्काउनु स.क्रि. ३. कसैलाई रिस उठ्ने बनाउनु।
87362 सल्किनु अ.क्रि. १. सल्कनु।
87363 सल्किनु अ.क्रि. २. सरुवा रोग फैलिनु।
87364 सल्किनु अ.क्रि. ३. दन्किनु।
87365 सल्क्याइ ना. सल्किने भाव, क्रिया वा प्रक्रिया।
87366 सल्याकसुलुक क्रि.वि. १. मुखमा हालेको कुरो दाँतले नचपाईकन सुलुत्त निल्ने गरी; सलक्क।
87367 सल्याकसुलुक क्रि.वि. २. सलबल।
87368 सल्याङबल्याङ क्रि.वि. १. सर्प, गँड्यौला आदिको समूह चलमलाउने वा सलबलाउने गरी; सल्याङसुलुङ।
87369 सल्याङबल्याङ क्रि.वि. २. उत्सुकता देखाउने वा तरखराउने गरेर।
87370 सल्याङबल्याङ क्रि.वि. ३. धेरै किरा एकैसाथ चल्नेचल्मलाउने किसिमसित; स्याउँस्याउँ।
87371 सल्याङसुलुङ क्रि.वि. सलबल; सल्याकसुलुक।
87372 सल्ल क्रि.वि. १. पानी आदि तरल पदार्थ राम्ररी बग्ने गरी।
87373 सल्ल क्रि.वि. २. सर्प आदि उरग प्राणी दगुर्ने किसिमले।
87374 सल्लाह ना. १. कुनै कामकुरामा अर्कालाई दिइने वा अर्काबाट लिइने सुझाउ; सम्मति; परामर्श।
87375 सल्लाह ना. २. मत; राय।
87376 सल्लाह ना. ३. कसैलाई दिइने वा कसैबाट लिइने हितका कुरा; उपदेश; अर्ती।
87377 सल्लाह ना. ४. मेल; मतो।
87378 सल्लाहकार वि. आवश्यकतानुसार सल्लाह दिने; परामर्शदाता।
87379 सल्लाहकार सभा ना. १. संसद्को चुनाव हुनुभन्दा अगाडि, आफूलाई प्राप्त अधिकारबमोजिम संसद्ले झैँ काम गर्न खडा गरिएको जनप्रतिनिधिहरूको सभा।
87380 सल्लाहकार सभा ना. २. कुनै विषयमा सल्लाह दिनाका निम्ति आमन्त्रित व्यक्तिहरूको सभा।
87381 सल्ली ना. १. जोत्दा गोरुको काँधमा राखिने जुवा। वि.
87382 सल्ली ना. २. सल्लाको सोझी; सल्लो बराबरको (जस्तो- तीन सल्ली धाम )।
87383 सल्लेझार ना. सेता फूल र मसिना लाम्चा पात हुने गाईबस्तुलाई खुवाइने वा खुवाउन हुने एक जातको झार।
87384 सल्लेनी ना. १. काँक्राको बियाँजस्तो लाम्चो हुने एक जातको धान।
87385 सल्लेनी ना. २. सल्लाघारी; सल्लेरी।
87386 सल्लेपिर / सल्लेबिर ना. सल्लाको सुकेर झरेको पात।
87387 सल्लेरी ना. १. सल्लाका रुखहरू धेरै भएको वन; सल्लाघारी।
87388 सल्लेरी ना. २. सगरमाथा अञ्चलको पहाडी भागमा पर्ने एक बस्ती।
87389 सल्लो ना. झुप्पा परेको चमरको आकारको सिन्काजस्तो पात हुने, ठुलठुला खस्रा फल फल्ने, पहेँला फूल फुल्ने, खोटो निस्कने, चुरोलाई चिरेर दियालो बनाउन सकिने एक जातको अग्लो वृक्ष; एक जातको देवदारु।
87390 सल्ल्यान ना. नेपालको मध्य पश्चिमाञ्चल विकास-क्षेत्रअन्तर्गत राप्ती अञ्चलमा (दाङ जिल्लाको उत्तरतिर ) रहेको, पहिलेको एक सामन्त राज्य र अहिलेको एक जिल्ला।
87391 सल्ल्यानी वि. सल्ल्यानमा हुने; सल्ल्यानको; सल्ल्यानसम्बन्धी।
87392 सवर्गीय वि. एउटै वर्गको; समान पेसाको।
87393 सवर्ण वि. १. एउटै वा समान जातको; एउटै वा समान वर्णको।
87394 सवर्ण वि. २. एउटै वा समान रङको।
87395 सवर्ण वि. ३. हिन्दुहरूका चार जातिभित्रको। ना.
87396 सवर्ण वि. ४. व्याकरणमा उच्चारणका दृष्टिले एउटै स्थान र प्रयत्नका दृष्टिले आभ्यन्तर प्रयत्न हुने वर्ण (जस्तो- सं. कौल, फा. कौल)।
87397 सवा ना. १. कुनै सङ्ख्याको सिङ्गै र चतुर्थांशको परिमाण। वि.
87398 सवा ना. २. सिङ्गै र एक चतुर्थांश परिमाणको; चतुर्थांशसमेत गाभिएको सिङ्गो (सवा गज, सवा मिटर, सवा एक इ.)।
87399 सवाइखर ना. आँखीझ्याल।
87400 सवाई ना. १. कुनै सङ्ख्या वा वस्तुको चार खण्डको एक खण्ड; एक चतुर्थांश; चौथाइ।