Dictionary

All Word

87251 सर्वस्व ना. २. कुनै ठुलो अभियोगमा कानुनअनुसार आफ्नो भएभरको सम्पत्ति अपहरण हुने वा गुम्ने अवस्था ( जस्तो- सर्वस्व हुनु, सर्वस्व लिइनु आदि)।
87252 सर्वस्व हरण ना. भएभरको पूरै सम्पत्ति हर्ने काम; सिरीखुरीहरण।
87253 सर्वहारा ना. सबै कुरा हराएको वा गुमेको वर्ग; केही नभएको विपन्न वर्ग; निम्न तहको श्रमिक वर्ग।
87254 सर्वहारा अधिनायकत्व ना. देश वा समाजका धनी वर्गको हातबाट शासनसत्ता खोसेर सर्वसाधारण श्रमिकहरूले शासनको सर्वाधिकार आफ्नो हातमा लिने काम वा प्रक्रिया।
87255 सर्वहारावाद ना. सर्वहारावर्गको अधिनायकत्वका निम्ति प्रयत्नशील रहने र त्यसकै उद्देश्यमा विश्वास राख्ने वाद; मार्क्सवाद।
87256 सर्वहारावादी वि. १. सर्वहारावादमा विश्वास राख्ने; सर्वहारावादको अनुयायी।
87257 सर्वहारावादी वि. २. सर्वहारावादसम्बन्धी; मार्क्सवादी।
87258 सर्वाङ्ग ना. १. शरीरका सम्पूर्ण अङ्गप्रत्यङ्ग; देहका सबै अङ्ग।
87259 सर्वाङ्ग ना. २. सम्पूर्ण शरीर; सारा देह। वि.
87260 सर्वाङ्ग ना. ३. सग्लो सिङ्गो।
87261 सर्वाङ्गपूर्ण वि. १. सबै अङ्गप्रत्यङ्गले युक्त; अङ्गहरू भएको; अविकलाङ्ग।
87262 सर्वाङ्गपूर्ण वि. २. अङ्गविन्यासमा आवश्यक सबै कुराले परिपूर्ण; जिउडाल, रूप सबैमा राम्रो।
87263 सर्वाङ्ग सुन्दर वि. सबै अङ्गप्रत्यङ्ग सुन्दर भएको; सम्पूर्ण अवयव राम्ररी मिलेको।
87264 सर्वाङ्गीण वि. १. सबै अङ्गको; सबै अङ्गमा व्याप्त वा पूर्ण; सबै अङ्गले युक्त।
87265 सर्वाङ्गीण वि. २. सम्पूर्ण पक्षसित सम्बन्धित; चौतर्फी ( विकास, उन्नति आदि)।
87266 सर्वाधिकरणाधिकृत ना. लिच्छविकालीन सबै अड्डाको मुख्य हाकिम।
87267 सर्वाधिकार ना. सम्बन्धित क्षेत्रको सबै कामकुरो गर्ने अधिकार; सबै किसिमको अख्तियार; सम्पूर्ण अधिकार।
87268 सर्वाधिकार सम्पन्न वि. सबै प्रकारका अधिकारले युक्त; सबै प्रकारको अधिकारप्राप्त।
87269 सर्वाधिकारी ना. सबै किसिमका अधिकारले युक्त व्यक्ति; सबै अधिकार पाएको व्यक्ति वा अधिकारी।
87270 सर्वास्तिवाद ना. कुनै वस्तु पनि असत् नभई सम्पूर्ण वस्तुको स्वत्व र अस्तित्व छ भन्ने एक दार्शनिक सिद्धान्त; बौद्ध धर्मको एक भेद।
87271 सर्वास्तिवादी वि. सर्वास्तिवादमा विश्वास गर्ने; सर्वास्तिवादको अनुयायी।
87272 सर्वे ना. हे. सर्भे।
87273 सर्वेक्षक ना. सर्वेक्षण गर्ने व्यक्ति वा अधिकारी।
87274 सर्वेक्षण ना. १. कुनै विषयको तथ्यपूर्ण जानकारीका लागि गरिने आधिकारिक निरीक्षण (जस्तो- भूसर्वेक्षण; वनसर्वेक्षण आदि)।
87275 सर्वेक्षण ना. २. कुनै विषयमा ध्यानपूर्वक गरिने विवेचना।
87276 सर्वेक्षण ना. ३. कुनै कुराका समसामयिक गतिविधि, प्रयोग र प्रवृत्तिसम्बन्धी अध्ययनका लागि सम्बन्धित क्षेत्रमा गई वा अध्ययनका विभिन्न साधनको उपयोग गरी तथ्य वा तथ्याङ्कहरूको सङ्कलन गरिने अनुसन्धानको विधि वा प्रक्रिया।
87277 सर्वेश / सर्वेश्वर ना. सबैको भलो गर्ने ईश्वर; सबैका स्वामी।
87278 सर्वेसर्वा वि. कुनै विषय वा कामकुरासित सम्बन्धित सबै किसिमको सर्वोच्च अधिकार पाएको; सर्वाधिकारसम्पन्न।
87279 सर्वोच्च वि. १. सबैभन्दा उच्च वा अग्लो।
87280 सर्वोच्च वि. २. सबैभन्दा माथिल्लो तहको; सर्वश्रेष्ठ।
87281 सर्वोच्च अदालत ना. देशभित्रका मुद्दामामिलाको इन्साफ गर्ने र तल्लो तहका अदालतले गरेका न्यायिक निर्णयहरूका सम्बन्धमा आवश्यकतानुसार पुनर्विचार गर्ने सर्वोच्च न्यायिक संस्था।
87282 सर्वोच्च सत्ता ना. कुनै पनि देशको शासनपद्धतिको वास्तविक अधिकार; वास्तविक प्रभुसत्ता।
87283 सर्वोच्च समादेश ना. राष्ट्रका सर्वोच्च व्यक्तिबाट दिइएको आदेश।
87284 सर्वोत्कृष्ट वि. सबैभन्दा उत्कृष्ट; सबभन्दा असल; सर्वश्रेष्ठ।
87285 सर्वोत्तम वि. सबैभन्दा उत्तम; सबैमा उम्दा; सर्वोत्कृष्ट।
87286 सर्वोपरि क्रि.वि. सबैभन्दा माथिको; सबैभन्दा बढी।
87287 सर्वोपरिता ना. सर्वोपरि हुनाको भाव वा स्थिति; सर्वोत्कृष्टता।
87288 सर्वौषधि ना. दश प्रकारका औषधीहरूको समूह ( कूट, जटामसी, हलेदो, बोझो, शिलाजित, श्रीखण्डचन्दन, रक्तचन्दन, कपुर, मोथे र नरिवल)।
87289 सर्सराइ ना. सर्सराउने भाव, क्रिया वा प्रक्रिया।
87290 सर्सराइनु अ.क्रि. सर्सर आवाज आइनु।
87291 सर्सराउनु अ.क्रि. हावा आदि चल्दा सरसर शब्द गर्नु; सऱ्याकसुरुक गर्नु; सरसराउनु।
87292 सर्सिउँ/ सस्र्युँ ना. तोरीका भन्दा केही ठुला पात, पहेँला फूल र तोरीका जस्ता कोसा हुने, दाना पेलेर तेल निकालिने एक जातको बोट; ठुलो किसिमको तोरी।
87293 सल ना. १. गारो, पर्खाल आदि लगाउँदा राखिने इँट वा ढुङ्गाको तह।
87294 सल ना. २. दाउराको खलियोको चाङ।
87295 सल ना. ३. तह; खात।
87296 सलकी वि. चारै पाटा मिलेको; राम्रो।
87297 सलक्क क्रि.वि. १. मुखमा हालेको कुरो नचपाईकन एकै चोटि सजिलैसित निले झैँ गरी।
87298 सलक्क क्रि.वि. २. पुष्ट शरीर भई राम्रो देखिने किसिमले।
87299 सलक्क क्रि.वि. ३. लहलहाएर बढ्ने चालमा; सल्काइलो भएर।
87300 सलगम / सलेगम ना. गाजर वा मुला जस्तै गरी जमिनभित्र फल्ने, तरकारी खाइने एक प्रकारको डल्लो कन्द; गान्टेमुला।