Dictionary

All Word

87001 सरहद ना. २. सीमाभित्रको प्रदेश।
87002 सरहद ना. ३. आफ्नो देश; स्वदेश।
87003 सरहदिया वि. १. आफू बसेको देश वा सरहदभित्र रहने; सीमाभित्रको प्रदेशमा बस्ने।
87004 सरहदिया वि. २. सरहदसम्बन्धी; सरहदको।
87005 सरहदी वि. सरहदिया।
87006 सरहपा ना. इस्वीको आठौँ शताब्दीमा हुने वाममार्गी सिद्धसम्प्रदायका आदिपुरुष; लोकभाषामा 'दोहाकोश' नाउँको पुस्तक लेख्ने एक प्रसिद्ध व्यक्ति।
87007 सराइ ना. १. सर्ने भाव, क्रिया वा प्रक्रिया। [सार + आइ]
87008 सराइ ना. २. सार्ने भाव, क्रिया वा प्रक्रिया।
87009 सराइनी ना. सारङ्गी (जस्तो सराइनीका बोल)।
87010 सराइनु क.क्रि. सर्न लाइनु; सर्ने पारिनु।
87011 सराउ ना. १. कसैको मृत्यु भएमा जुठोभित्र सहयोगस्वरूप लगिने अन्न, द्रव्य आदि।
87012 सराउ ना. २. विचार।
87013 सराउ ना. ३. घोत।
87014 सराउनु प्रे. क्रि. सर्न लाउनु; सर्ने पार्नु।
87015 सराघौँ ना. चालु वर्षसमेत गरेर आउने चौथो वर्ष; पराघौँको अर्को वर्ष; झन् पराघौँ।
87016 सराङ ना. दाउरा सुकाउनाका लागि चुलो, अगेनु आदिमाथि बनाइने टाँड।
87017 सराद्ध ना. श्राद्ध; सराद।
87018 सराप्नु स.क्रि. १. कसैले गरेको अपमान, अपकार आदिका बदलामा त्यस्तो गर्ने व्यक्तिको अनिष्ट होस् भन्नु; सराप दिनु; शाप दिनु।
87019 सराप्नु स.क्रि. २. गाली गर्नु; अपशब्द बोल्नु।
87020 सराप ना. १. कसैले गरेको अपकार, अपमान आदिका बदलामा आवेशमा आएर त्यस्तो व्यक्तिको अनिष्ट होस् भनी व्यक्त गरिने बोली; शाप; श्राप।
87021 सराप ना. २. सराप्ने काम वा सराप्ता गरिने गाली।
87022 सराप बगाइ ना. पैतृक श्रापबाट मुक्ति पाउनाका लागि नदीमा गरिने पूजा।
87023 सरापाइ ना. सराप्ने भाव, क्रिया वा प्रक्रिया।
87024 सरापिनु क.क्रि. सराप दिइनु।
87025 सराफ ना. सराफी।
87026 सराफखाना ना. १. एउटा देशको मुद्रासित अर्को देशको मुद्राको विनिमय वा साटफेर गर्ने अड्डा।
87027 सराफखाना ना. २. विभिन्न किसिमका मुद्राको विनिमयसम्बन्धी काम गर्ने ठाउँ वा घर।
87028 सराफी ना. १. रुपियाँ, पैसा साट्ने वा सुनचाँदीको खरिदबिक्री गर्ने व्यापारी।
87029 सराफी ना. २. सुन, चाँदी, सिक्का, नोट आदि जाँच्ने वा त्यससम्बन्धी काम गर्न अधिकारप्राप्त व्यक्ति।
87030 सराब ना. रक्सी आदि मादक पेय पदार्थ; मद्य; मदिरा।
87031 सराबखाना ना. सराब बनाउने वा बेच्ने ठाउँ; मधुशाला; भट्टी।
87032 सराबी वि. सराबको अम्मली; रक्सीबाज; जँड्याहा।
87033 सराबरी ना. दुई वा धेरै थोक वस्तुको एकै ठाउँको मिसाइ; छ्यासमिस; सरोबरी।
87034 सराय ना. १. यात्रीहरू बस्न वा विश्राम गर्न बनाइएको घर; सत्तल।
87035 सराय ना. २. विशेष पर्वका दिन मन्दिरभित्रका खुकुरी, तलवार, खुँडा, खड्ग र लट्ठी आदि हतियार हातमा लिएर नचाउँदै, लडाउँदै बाजाका तालमा नाच्दै देखाइने अर्घाखाँचीभेगका जिल्लाको एक प्रसिद्ध जात्रा।
87036 सरासर क्रि.वि. १. नअडिईकन; फटाफट।
87037 सरासर क्रि.वि. २. एकनाससित; धमाधम।
87038 सरासर क्रि.वि. ३. साक्षात्; प्रत्यक्षतः।
87039 सरासर क्रि.वि. ४. पूरापूर; बिलकुल।
87040 सरासरी क्रि.वि. १. नअडीकन; सरासर।
87041 सरासरी क्रि.वि. २. एकनासले; लगातार; निरन्तर।
87042 सराहना ना. प्रशंसा; सह्रनी।
87043 सराहनीय वि. प्रशंसनीय; सह्रनीलाग्दो।
87044 सरि ना. यो. बरोबर; समान; सदृश; तुल्य।
87045 सरिक वि. १. अरूले गर्न थालेको कुनै पनि काममा जुट्ने वा साथ दिने; सहयोगका निम्ति अघि सर्ने।
87046 सरिक वि. २. साथमा रहने; सम्मिलित। ना.
87047 सरिक वि. ३. त्यस्तो सहयोग गर्ने वा साथमा रहने व्यक्ति।
87048 सरित् / सरिता ना. नदी; खोलो।
87049 सरिनु अ.क्रि. एक ठाउँबाट अर्को ठाउँमा गइनु; हिँडिनु।
87050 सरिप / सरिफ वि. शिष्टता वा सज्जनता भएको; भलाद्मी; सज्जन।