Dictionary

All Word

86701 सम्पादन ना. २. कुनै काम राम्ररी पूरा गर्ने वा सम्पन्न बनाउने काम।
86702 सम्पादनीय वि. सम्पादन गर्नुपर्ने; सम्पादन गर्न योग्य।
86703 सम्पादिका ना. कुनै पुस्तकपुस्तिका वा पत्रपत्रिका आदिको सम्पादन गर्ने स्त्री।
86704 सम्पादित वि. १. सम्पादन गरिएको।
86705 सम्पादित वि. २. पूरा गरिएको।
86706 सम्पाद्य वि. सम्पादन गर्न योग्य; सम्पादन गर्न लायक; सम्पादन गर्नुपर्ने।
86707 सम्पुट ना. १. बिर्को भएको बट्टाका आकारको वस्तु; डिब्बा।
86708 सम्पुट ना. २. पातले बनाइएको कचौराजस्तो पात्र; दुनो; बोहोता।
86709 सम्पुट ना. ३. बन्द गरिएको अँजुली; अञ्जलीपुट।
86710 सम्पुट ना. ४. रसादि औषधीहरू पुट गर्ने माटाको पाला आदि भाँडो।
86711 सम्पुट ना. ५. एक वस्तुलाई अर्को वस्तुले छोप्ने काम।
86712 सम्पुटक ना. रत्नहरू राख्ने बट्टा।
86713 सम्पुटिका ना. सानो सम्पुटक।
86714 सम्पुटित वि. १. दुवैतिर ढाकिएको; सम्पुट गरिएको।
86715 सम्पुटित वि. २. सम्पुटमा राखिएको।
86716 सम्पुटित वि. ३. प्रत्येक श्लोकको अगाडि र पछाडि इष्टमन्त्र पढ्दै गरिने (चण्डीपाठ आदि)।
86717 सम्पुष्टि ना. कसैको कथन, वक्तव्य वा विचार आदिको अर्को सूत्रबाट राम्ररी पुष्टि हुने काम।
86718 सम्पूर्ण वि. १. एकदमै भरिएको; पूर्ण रूपमा भरिएको; भरिपूर्ण।
86719 सम्पूर्ण वि. २. भए जति जम्मै; पूरा; सबै सारा।
86720 सम्पूर्ण वि. ३. समाप्त; खत्तम। ना.
86721 सम्पूर्ण वि. ४. सङ्गीतमा सप्तकका सातै स्वर प्रयोग हुने रागको एक भेद।
86722 सम्पूर्णत: क्रि.वि. सबैजसो; पूरैजस्तो; प्रायः सम्पूर्णतः।
86723 सम्पूर्णतया ना. सम्पूर्णतः।
86724 सम्पूर्णता ना. १. सम्पूर्ण हुनाको भाव वा स्थिति; पूर्णता।
86725 सम्पूर्णता ना. २. समाप्ति।
86726 सम्पृक्त वि. १. अर्को वस्तुसँग मिसिएको वा मिसाइएको; मिश्रित।
86727 सम्पृक्त वि. २. अर्को वस्तुसँग लागेको; संलग्न; सम्बद्ध।
86728 सम्पोषण ना. १. राम्ररी पालनपोषण गर्ने काम; पोसिलो बनाउने काम।
86729 सम्पोषण ना. २. पोसिलो बनाउने कुरो; भिटामिन; खाद्योज।
86730 सम्प्रति क्रि.वि. १. यस बेला; अहिले; हाल।
86731 सम्प्रति क्रि.वि. २. कसैका सामु; अगाडि।
86732 सम्प्रदान ना. १. फिर्ता नलिने गरी कसैलाई कुनै वस्तु दिने काम।
86733 सम्प्रदान ना. २. व्याकरणमा दिने अर्थ बुझाउने वा लागिको सङ्केत गर्ने कारक; चतुर्थी विभक्ति हुने कारक। ( जस्तो- म रामलाई पुस्तक दिन्छु, तिमी गाईलाई घाँस देऊ इ.)।
86734 सम्प्रदाय ना. १. पुरानो समयदेखि गुरुशिष्यपरम्पराका रूपमा प्रचलित विशेष धर्म वा मत; गुरुपरम्पराबाट प्राप्त उपदेश वा धर्म।
86735 सम्प्रदाय ना. २. कुनै गुरुपरम्परामा दीक्षित भई विशेष किसिमको धर्म अँगाल्ने व्यक्तिहरूको समुदाय; एउटै धर्म वा मतका अनुयायी।
86736 सम्प्रदाय ना. ३. एउटै सिद्धान्त, मत, विचार वा विश्वास भएका मानिसहरूको वर्ग, कुनै मतावलम्बीहरूको समुदाय।
86737 सम्प्रदाय ना. ४. कुनै परम्परागत प्रथा; रीति।
86738 सम्प्रदायवाद ना. साम्प्रदायिकतालाई महत्त्व दिने मत वा सिद्धान्त।
86739 सम्प्रदायवादी वि. आफ्नो सम्प्रदायलाई ठुलो र अरूको सम्प्रदायलाई तुच्छ मान्ने; सम्प्रदायवादको अनुयायी।
86740 सम्प्राप्ति ना. १. राम्ररी प्राप्त हुने क्रिया वा भाव; सम्यक् प्राप्ति; लाभ।
86741 सम्प्राप्ति ना. २. निर्दिष्ट वा तोकिएको ज्ञान र सिपमा शिक्षार्थीले प्राप्त गरेको वास्तविक क्षमता।
86742 सम्प्रेषण ना. १. एक ठाउँ वा एक व्यक्तिबाट अर्को ठाउँ वा व्यक्तिकहाँ कुनै समाचार, विचार, रोगाणु वा अन्य कुनै कुरा पठाउने काम; स्थानान्तरित गर्ने काम।
86743 सम्प्रेषण ना. २. व्यक्त गर्न खोजिएको विचार वा भाव बोधगम्य बनाउने प्रक्रिया।
86744 सम्प्रेषणीय वि. सम्प्रेषण हुने वा दिने।
86745 सम्प्रेषित वि. सम्प्रेषण भएको वा गरिएको।
86746 सम्बद्ध वि. १. राम्ररी सिलसिला मिलेको; सम्बन्धित भएको; जोडिएको; संयुक्त।
86747 सम्बद्ध वि. २. राम्ररी बाँधिएको; गाँसिएको; नत्थी गरिएको।
86748 सम्बद्धता ना. सम्बद्ध हुनाको भाव वा अवस्था।
86749 सम्बन्ध ना. १. कुनै एउटा वस्तु वा कुरा अर्को वस्तु वा कुरासँग जोरिने काम; संयुक्त हुने काम; योग।
86750 सम्बन्ध ना. २. सम्पर्क।