Dictionary

All Word

86651 सम्झौता ना. १. विभिन्न व्यक्ति, समूह वा देशका बिचमा कुनै कुराको सम्बन्धमा हुने सन्धि।
86652 सम्झौता ना. २. विरोधी विचारधारा भएका व्यक्ति, समूह, देश आदिका बिचमा हुने मेलमिलाप; सन्धि; सुलह।
86653 सम्ठनु अ.क्रि. १. सित्तैँमा अर्काको वस्तु जति सक्यो उति जम्मा हुनु। स.क्रि.
86654 सम्ठनु अ.क्रि. २. परस्त्रीसँग व्यभिचार गर्नु।
86655 सम्ठ्याइ ना. १. सम्ठ्याउने भाव, क्रिया वा प्रक्रिया; गुटमुट्याइ।
86656 सम्ठ्याइ ना. २. पिटाइ।
86657 सम्ठ्याइनु क.क्रि. सम्ठ्याउने काम गरिनु।
86658 सम्ठ्याउनु स.क्रि. १. सोठ्याउनु।
86659 सम्ठ्याउनु स.क्रि. २. गुटमुट्याउनु।
86660 सम्धिनी ना. १. सम्धीको स्त्रीरूप; सम्धीकी स्त्री।
86661 सम्धिनी ना. २. छोरा वा छोरीकी सासू।
86662 सम्धिनी टपरो ना. छोरीलाई घर पठाउँदा माइतीका तर्फबाट छोरीकी सासूका निम्ति सेलरोटी हाली पठाइने टपरो।
86663 सम्धिनी बाबर ना. सेल पकाउँदा हालिने ताईभरिको बाबर। (यो बाबर पहाडतिर खास गरी तामाङ जातिमा छोरी घर पठाउँदा सासूलाई सेलसँगै कोसेलीका रूपमा पठाइन्छ)।
86664 सम्धिनी रोटी ना. छोरी घर पठाउँदा सम्धिनीका निम्ति पठाइने सेलरोटी आदिको भाग।
86665 सम्धी ना. छोरी वा छोराको ससुरो।
86666 सम्धीगाँठो ना. केटाकेटीको विवाहपछि सम्धी ढोग फुकाउँदा पारिने गाँठो।
86667 सम्धीटीका ना. दुलहीका बाबुले दुलाहाका बाबुलाई लगाइदिने टीका।
86668 सम्धीपाती ना. विवाहका अवसरमा सम्धीसम्धी भेट गर्ने विधि।
86669 सम्धीफेटा ना. दुलहीका माइतीका तर्फबाट सम्धीलाई लगाइदिने फेटा।
86670 सम्धीभेटी ना. विवाहका अवसरमा दुलहीका बाबुआमाका तर्फबाट सम्धीलाई दिइने भेटी।
86671 सम्ध्याइलो ना. सम्धी र सम्धीका नाता पर्ने इष्टमित्र; सम्धी र सम्धीका नातेदार।
86672 सम्ध्यौल ना. सम्धीको घर।
86673 सम्पत् / सम्पत्ति ना. १. कसैको निजी अधिकारमा रहेको चल वा अचल धन; धनदौलत।
86674 सम्पत् / सम्पत्ति ना. २. ऐश्वर्य; वैभव।
86675 सम्पत् / सम्पत्ति कर ना. कुनै व्यवसायमा संलग्न व्यक्तिको सम्पत्ति निश्चित परिमाणभन्दा बढी भएमा ऐनअनुसार लाग्ने कर।
86676 सम्पत्/ सम्पत्ति मूल्याङ्कन ना. अचल सम्पत्तिको समयअनुसारको मूल्य तोक्ने काम; सम्पत्तिको मूल्यनिर्धारण।
86677 सम्पदा ना. १. प्राकृतिक सम्पत्ति वा साधन; प्राकृतिक देन।
86678 सम्पदा ना. २. सम्पत्ति; वैभव; धन।
86679 सम्पन्न वि. १. चाहिँदो मात्रामा धनधान्यादि भएको; समृद्ध।
86680 सम्पन्न वि. २. सहित; युक्त (जस्तो- धनसम्पन्न, विद्यासम्पन्न इ.)।
86681 सम्परीक्षक ना. सम्परीक्षण गर्ने व्यक्ति।
86682 सम्परीक्षण ना. एकपल्ट परीक्षण भइसकेका परीक्षाका उत्तरपुस्तिका वा अन्य लेख आदिको कुनै त्रुटि रहन गएको छ कि भनी पुनः परीक्षण गर्ने काम।
86683 सम्पर्क ना. १. भेटघाट, बसउठ, चिठीपत्र आदिका माध्यमबाट कसैसँग सम्बन्ध राख्ने काम।
86684 सम्पर्क ना. २. मिलावट; मिश्रण।
86685 सम्पर्क ना. ३. संयोग।
86686 सम्पर्क ना. ४. स्पर्श।
86687 सम्पर्क अधिकारी ना. १. मैत्रीपूर्ण सम्बन्ध भएका अन्य अधिकारी, व्यक्ति वा नागरिकहरूसँग आवश्यक कामकुराका निम्ति सम्बन्ध राख्ने अधिकारी।
86688 सम्पर्क अधिकारी ना. २. त्यस्तो अधिकारीको पद वा दर्जा।
86689 सम्पर्क भाषा ना. भिन्नभिन्न भाषाभाषीद्वारा विचारको आदानप्रदानका लागि परस्पर बोलिने भाषा; साझा भाषा।
86690 सम्पर्क विच्छेद ध्वनि ना. टेलिफोनमा कल ( बोलावट ) गयो भनी जनाउने ध्वनि (रिङ ब्याकटोन)।
86691 सम्पर्क सूचक ना. एक ठाउँको सम्पर्क अर्को ठाउँसँग भएको कुराको जनाउ दिने यन्त्र वा ध्वनि; टेलिफोन गएको सूचना दिने आवाज।
86692 सम्पात ना. दिन र रातको लमाइ समान हुने दिन।
86693 सम्पाति ना. रामायणप्रसिद्ध जटायुका दाजु; गृध्रराज।
86694 सम्पादक वि. १. कुनै काम पूरा गर्ने; कार्य सम्पन्न गर्ने।
86695 सम्पादक वि. २. प्रस्तुत वा तयार गर्ने। ना.
86696 सम्पादक वि. ३. कुनै पुस्तक, पत्रपत्रिका आदिका लेखरचना राम्ररी मिलाई ठिक गरी प्रकाशनयोग्य बनाउने व्यक्ति; सम्पादन गर्ने व्यक्ति।
86697 सम्पादकीय वि. १. कुनै पुस्तकपुस्तिकाको विषय वा उद्देश्यलाई प्रस्ट्याउने गरी सम्पादकका तर्फबाट सङ्क्षेपमा लेखिएको विशेष प्रकारको लेख।
86698 सम्पादकीय वि. २. समाचारपत्र आदिमा समसामयिक विषयमा सम्पादकका तर्फबाट लेखिएको विशेष प्रकारको लेख। वि.
86699 सम्पादकीय वि. ३. सम्पादकको; सम्पादकसम्बन्धी।
86700 सम्पादन ना. १. कुनै पत्रपत्रिका वा ग्रन्थका विषयहरूको विषयक्रम, पाठ आदि ठिकसित मिलाई आवश्यक परिवर्तन, परिवर्धन, थपघट, भाष्य, टीका आदि सबै ठिक रूपमा तयार गर्ने काम सम्पादकको काम।