Dictionary

All Word

86351 समाक्षरलोप ना. नजिकै रहेका दुइटा समान ध्वनिहरूमध्ये उच्चारणसुविधाका लागि कुनै एक ध्वनि हराउने प्रक्रिया (जस्तै- खरिददार > खरिदार)।
86352 समाख्याता वि. कुनै कुराको राम्ररी व्याख्या वा वर्णन गर्ने।
86353 समाख्यान ना. राम्ररी गरिएको व्याख्या वा वर्णन; विवरण; बयान।
86354 समागत वि. सुबिस्तासाथ आइपुगेको; फिर्किएको; आएको।
86355 समागम ना. १. नजिक वा अगाडि आउने वा पर्ने काम; भेट; मुलाकात।
86356 समागम ना. २. एकै ठाउँमा धेरै मानिसको भेला; जमघट; सङ्गम।
86357 समागम ना. ३. स्त्रीप्रसङ्; सम्भोग।
86358 समाचार चित्र ना. दृश्यसाधनका रूपमा कुनै घटनाविशेषको वर्णन गर्ने चलचित्र।
86359 समाचार ना. १. भर्खरैको सूचना वा अखबारमा छापिएका हालखबर तथा नयाँ घटनाको विवरण; सम्चार; सन्देश।
86360 समाचार ना. २. असल आचरण; राम्रो चालचलन।
86361 समाचार पत्रिका ना. समाचारपत्र।
86362 समाचार समिति ना. समाचारको सङ्कलन, वितरण आदि गर्ने अधिकृत संस्था वा निकाय ( जस्तै- नेपालको रा. स. स., भारतको पी. टी. आई), चीनको सिन्ह्वा, जापानको क्योडो, फ्रान्सको ए. एफ. पी. इ.)।
86363 समाचार सूचना ना. समाचारपत्रका निम्ति आवश्यक वा समाचारका रूपमा प्रकाशित सूचना।
86364 समाचार स्रोत ना. समाचार प्राप्त गराउने कुनै पनि साधन, सम्बन्धित व्यक्ति, प्रतिनिधि वा समिति।
86365 समाचारदाता ना. समाचार दिने व्यक्ति; संवाददाता।
86366 समाचारपत्र ना. विभिन्न किसिमका समाचारहरू छापिएको नियमित समयमा प्रकाशित हुने पत्र( दैनिक, साप्ताहिक आदि); अखबार।
86367 समाज ना. १. एउटै रहनसहन, व्यवस्था, धर्म आदि अँगाल्ने वा एकै स्थानमा बसोबास गर्ने मानिसहरूको समूह।
86368 समाज ना. २. सज्जनहरू भेला भई बस्ने ठाउँ।
86369 समाज ना. ३. कुनै विशेष उद्देश्य लिएर सङ्गठन गरिएको संस्था वा सङ्घ (जस्तो- आर्यसमाज, ब्रह्मसमाज, थारूसमाज आदि)।
86370 समाजपरक समालोचना ना. साहित्यलाई समाजसापेक्ष सम्झने र उयोगितावादी दृष्टिले साहित्यको मूल्याङ्कन गर्ने सिद्धान्त।
86371 समाजवाद ना. समाजमा रहेको आर्थिक विषमता हटाई समता ल्याउनुपर्छ भन्ने र देशको सम्पूर्ण सम्पत्तिमा कसैको एकलौटी अधिकार हुन नदिई सबैले मिलेर परिश्रम गर्दै उत्पादन र उपभोक्ताका साधनमा समाजको साझा अधिकार रहनुपर्छ भन्ने राजनीतिक सिद्धान्त।
86372 समाजवादी जनवाद ना. समाजवादी प्रजातन्त्र।
86373 समाजवादी प्रजातन्त्र ना. समाजवादी व्यवस्थाअन्तर्गत देशका बहुसङ्ख्यक श्रमिकवर्गका लागि जनवादी अधिकारहरूको व्यवस्था गरिने शासनपद्धति; समाजवादी जनवाद (चीन, उत्तर कोरिया आदि देशमा प्रचलित शासनव्यवस्था)।
86374 समाजवादी वि. १. समाजवादलाई रुचाउने; समाजवादको अनुयायी।
86375 समाजवादी वि. २. समाजवादसम्बन्धी; समाजवादको।
86376 समाजवादी व्यवस्था ना. श्रमिक वा मजदुरवर्गको नेतृत्व र अधिनायकत्वमा समाजवाद क्रियान्वित भएको शासनव्यवस्था।
86377 समाजशास्त्र ना. समाज र यसका संरचनाको सैद्धान्तिक अध्ययन गर्ने विद्या; मानवसमाज तथा संस्कृतिको उत्पत्ति, विकास आदिको विवेचना गरिएको शास्त्र।
86378 समाजशास्त्री वि. समाजशास्त्रको ज्ञाता वा विद्वान्।
86379 समाजी वि. १. समाजको; समाजसम्बन्धी।
86380 समाजी वि. २. कुनै समाजमा सदस्यका रूपमा रहेको (जस्तो- आर्यसमाजी, ब्रह्मसमाजी आदि)।
86381 समाताइ ना. समात्ने काम वा किसिम।
86382 समातासमात ना. परस्परमा एकले अर्कालाई समात्ने काम।
86383 समातिनु क.क्रि. समाइनु; पक्रिनु।
86384 समात्नु स.क्रि. १. अरूले दिएको कुनै वस्तु लिनु; ग्रहण गर्नु; अँगाल्नु।
86385 समात्नु स.क्रि. २. कुनै वस्तुलाई फुत्किन नसक्ने गरी अँठ्याउनु; पक्रनु।
86386 समात्नु स.क्रि. ३. प्रहरी वा सरकारी कर्मचारीले भाग्न नसक्ने गरी कसैलाई समाउनु; गिरफ्तार गर्नु।
86387 समात्नु स.क्रि. ४. कुनै वस्तुका निम्ति कसैलाई धरपकड गर्नु; करेप्नु।
86388 समादर ना. विशेष आदर वा सम्मान; प्रतिष्ठा।
86389 समादरणीय वि. समादर गर्नुपर्ने; समादर गर्न योग्य।
86390 समादान ना. मैनबत्ती राखेर बालिने भाँडोविशेष।
86391 समादृत वि. राम्रो किसिमले आदरसत्कार गरिएको; सम्मानित।
86392 समादेश ना. सरकारको विशेष आदेश; राजाज्ञा; हुकुम।
86393 समादेशक वि. समादेश वा हुकुम दिने; उर्दी गर्ने; कमान चलाउने।
86394 समाधान ना. १. सन्देह, शङ्का, मतभेद आदि हटाउने वा मेट्ने काम; निवारण; निराकरण।
86395 समाधान ना. २. कुनै कठिन प्रश्न वा समस्याको टुङ्ग्याउनी।
86396 समाधान ना. ३. राम्ररी मिलाउने वा स्थापना गर्ने काम।
86397 समाधान ना. ४. मनको एकाग्र चिन्तन; समाधि।
86398 समाधि क्षेत्र ना. योगीको लास गाडिने ठाउँ; मरणघाट; चिहानडाँडो।
86399 समाधि ना. १. ब्रह्मचिन्तनमा केन्द्रित हुने योगसाधनाको आठौँ तथा अन्तिम अवस्था।
86400 समाधि ना. २. सम्पूर्ण क्लेशबाट मुक्त भई अनेक अलौकिक शक्तिसञ्चय गरिने योगसाधनाको फल।