Dictionary

All Word

85651 सद् अव्य. स्वरवर्ण, वर्गका तृतीय, चतुर्थ, पञ्चम, अन्तःस्थ र 'ह' वर्णका अगाडि आउँदा बन्ने 'सत्' शब्दको रूप (जस्तो- सत् + इच्छा = सदिच्छा, सत् + गुण= सद्गुण, सत् + धर्म = सद्धर्म इ.)।
85652 सदन ना. १. बस्ने ठाउँ; निवास; भवन; गृह; घर।
85653 सदन ना. २. यज्ञमण्डप; मन्दिर।
85654 सदन ना. ३. कुनै विषयको विचारविमर्श गर्ने र नियमविधान बनाउने व्यक्तिहरूको सभा वा सो सभा बस्ने ठाउँ।
85655 सदन ना. ४. कुनै देशको संविधानअनुसार रहने लोकसभा र महासभा वा प्रतिनिधिसभा र राजसभा।
85656 सदन नेता ना. १. सभामुख।
85657 सदन नेता ना. २. प्रतिनिधि सभाका अध्यक्ष।
85658 सदय वि. दया भएको; दयालु।
85659 सदर ना. १. प्रशासन; व्यापार आदिको प्रमुख स्थल वा जिल्ला, अञ्चल आदिको मुख्य मुकाम; केन्द्र।
85660 सदर ना. २. देशको केन्द्रीय स्थल; राजधानी।
85661 सदर ना. ३. स्रेस्ता विषयमा खास ठाउँ।
85662 सदर ना. ४. पेस गरिएको टिप्पणी, प्रस्ताव, राय आदिमा सम्बन्धित प्रमुख व्यक्तिले जनाउने समर्थन वा स्वीकृति। वि.
85663 सदर ना. ५. प्रधान; मुख्य; उचित।
85664 सदर अमिनी गोस्वारा ना. राणाशासनमा राजधानीमा रहेको साधक, रिपोट आदि हेर्ने अड्डा।
85665 सदरबदर ना. १. सदर वा बदर गर्ने काम; मन्जुरी र नामन्जुरी।
85666 सदरबदर ना. २. स्याहा ढपोटहरूमा खास ठाउँ।
85667 सदरमुकाम ना. जिल्ला, अञ्चल, विकासक्षेत्र आदिको मुख्य कार्यालय रहेको ठाउँ वा प्रशासनिक प्रमुख स्थान।
85668 सदरस्याहा ना. स्थिर रूपमा जम्मा हुने सरकारी रकम; सञ्चित कोष।
85669 सदरिया १. सदरमा बस्ने; सदरको; सहरिया।
85670 सदरिया २. राजधानीमा रहने।
85671 सदरिया ३. राम्रो रहनसहनमा पुगेको; सभ्य; शिष्ट।
85672 सदस्य ना. १. कुनै सङ्घसंस्था, सभा आदिमा नियमानुसार अधिकारपूर्ण रूपमा रहेको व्यक्ति; सभासद्; पार्षद।
85673 सदस्य ना. २. यज्ञकार्यमा ब्रह्मा वा सहायक ऋत्विक्; याजक।
85674 सदस्यता ना. सदस्यको पद, अधिकार, काम वा स्थिति।
85675 सदा क्रि.वि. १. पहिलेदेखि अहिलेसम्म; हिजो, आज, भोलि सबै दिन; सधैँ; नित्य।
85676 सदा क्रि.वि. २. एकनाससित; लगातार; निरन्तर।
85677 सदाचरण ना. असल वा उत्तम आचरण; राम्रो चालचलन।
85678 सदाचार ना. शास्त्रले बताएअनुसारको वा व्यवहारमा गर्नुपर्ने राम्रो आचरण; असल चालचलन; सद्व्यवहार।
85679 सदाचारिता ना. सदाचारमा रहने चाल; सदाचारी बन्नका निम्ति गरिने कार्य।
85680 सदाचारी वि. सदाचारमा रहने; असल चालचलन वा आचरण भएको।
85681 सदाबर्त ना. १. साधु, गरिबगुरुवा, अतिथि आदिलाई सधैँ भोजन वितरण हुने ठाउँ; सत्र ।२. साधु, गरिबगुरुवा आदिलाई दिइने अन्न, वस्त्र, सिधा आदिको दान।
85682 सदाबर्ती वि. सदाबर्तको; सदाबर्तसम्बन्धी; सधैँ दान भइरहने।
85683 सदाबहार वि. १. वसन्त ऋतुमा जस्तै सधैँ हराभरा रहने (रुख, बोट आदि)।
85684 सदाबहार वि. २. सधैँ प्रसन्न मुद्रामा रहने।
85685 सदाबहार वन ना. सधैँ हरिलोभरिलो भइरहने वन।
85686 सदाशय वि. १. असल विचार लिने; भलादमी। ना
85687 सदाशय वि. २. राम्रो आशय; उत्तम विचार।
85688 सदाशयी वि. १. सदाशयले युक्त।
85689 सदाशयी वि. २. सदाशयसम्बन्धी।
85690 सदाशयता ना. सदाशय हुनाको भाव, गुण वा अवस्था।
85691 सदाशिव ना. १. शिवको एक नाम; महादेव। वि.
85692 सदाशिव ना. २. सधैँ कल्याण गर्ने; कल्याणस्वरूपको।
85693 सदासर्वदा क्रि.वि. सदाकाल; सधैँभरि।
85694 सदिच्छा ना. असल वा हितकारी इच्छा; मङ्गलमय कामना।
85695 सदी ना. सय वर्षको समूह; शताब्दी।
85696 सदुपदेश ना. १. राम्रो उपदेश; उत्तम वा हितकारी शिक्षा।
85697 सदुपदेश ना. २. असल परामर्श; भलो सल्लाह।
85698 सदुपयोग ना. कुनै विषयवस्तुलाई राम्रो किसिमले व्यवहारमा ल्याउने वा लगाउने काम; उचित उपयोग। (उदा.- विद्यार्थीले पुस्तकको सदुपयोग गर्नुपर्छ)।
85699 सदुपयोगी वि. सदुपयोग हुने; राम्ररी उपयोगमा आउन सक्ने।
85700 सदृश वि. उस्तै देखिने; एकनासे; समान; तुल्य।