Dictionary

All Word

83701 शुद्धात्मा वि. हृदय शुद्ध भएको; मनमा छल, कपट, पाप आदि नभएको।
83702 शुद्धापह्नुति ना. उपमेयलाई मिथ्या देखाई उपमानलाई नै सत्य प्रमाणित गरिने अर्थालङ्कार; अपह्नुति अलङ्कारको एक भेद।
83703 शुद्धि ना. १. शुद्ध पार्ने काम; चोख्याउने काम।
83704 शुद्धि ना. २. पवित्रता; शुद्धता।
83705 शुद्धि ना. ३. सफाइ; स्वच्छता।
83706 शुद्धि ना. ४. कुनै प्रायश्चित्तपरक कर्म वा संस्कार; पवित्रीकरण।
83707 शुद्धिपत्र ना. १. पुस्तकपुस्तिकाहरूमा अशुद्ध छापिएका अक्षर, पद आदिको सङ्केत गरी सच्याएर छापिएको पत्र।
83708 शुद्धिपत्र ना. २. धर्म वा जातिबाट च्युत भएको व्यक्तिले प्रायश्चित्त गरी वा नगद तिरी धर्माधिकारीद्वारा पाएको प्रमाणपत्र; पतियापुर्जी।
83709 शुद्धीकरण ना. अशुद्धलाई शुद्ध गर्ने काम वा प्रक्रिया।
83710 शुद्धीकृत वि. शुद्ध गरिएको; सच्याइएको।
83711 शुद्धोदन ना. कपिलवस्तुका शाक्यवंशीय राजा तथा गौतम बुद्धका पिताको नाम।
83712 शुनःसेप ना. अजीगर्तनामक वैदिक ऋषिका माहिला छोरा; एक वैदिक ऋषि;(यिनलाई हेला गरेर शुनः सेप अर्थात् 'कुकुरको पुच्छर' भन्ने नाम राखिएको थियो। राजा हरिश्चन्द्रले नरबलि दिन लागेर पनि शुन:सेपले ईश्वरको स्तुति गरी आफूलाई उम्काएपछि विश्वामित्रले यिनलाई धर्मपुत्र बनाएर 'देवरात' भन्ने नाम राखेका थिए)।
83713 शुभ वि. १. कल्याण गर्ने; मङ्गलमय; हितकारी; असल।
83714 शुभ वि. २. मनोहर; सुन्दर। ना. ३ माङ्गलिकता; कल्याण।
83715 शुभ वि. ४. राम्रो भाग्य; अनुकूलता; फाप।
83716 शुभकर्म ना. १. भलो वा असल हुने काम; पुण्यकार्य।
83717 शुभकर्म ना. २. विवाह, व्रतबन्ध आदि धार्मिक कार्य; सत्कर्म।
83718 शुभकामना ना. १. भलाइको चाहना; शुभेच्छा।
83719 शुभकामना ना. २. कुनै विशेष पर्व वा अवसरमा साथीसँगाती वा इष्टमित्रहरूलाई कल्याण चिताई दिइने वा पठाइने सन्देश।
83720 शुभचिन्तक वि. कल्याणको कामना गर्ने; असल चिताउने; हितैषी।
83721 शुभदृष्टि ना. १. कुनै कामकुराप्रति असल चिताइने हेराइ; सुदृष्टि।
83722 शुभदृष्टि ना. २. राम्रो ग्रहको दृष्टि पर्ने काम।
83723 शुभम् ना. कुनै ग्रन्थ, चिठीपत्र, लिखत आदिको अन्तमा लेखिने मङ्गलसूचक शब्द।
83724 शुभमस्तु ना. १. कसैको कल्याण वा भलो चिताएर भनिने शब्द।
83725 शुभमस्तु ना. २. आशीर्वाद दिँदा प्रयोग गरिने शब्द; कल्याण होस्।
83726 शुभाकाङ्क्षा ना. अरूको शुभ वा असल होस् भन्ने चाहना; शुभेच्छा।
83727 शुभाकाङ्क्षी वि. शुभाकाङ्क्षा गर्ने; कल्याण चाहने।
83728 शुभागमन ना. कल्याण वा मङ्गल हुने गरी भएको कसैको आगमन; भलो हुने आगमन। (उदा.- तपाईँको शुभागमनले म अत्यन्त हर्षित छु )।
83729 शुभाञ्जन ना. १. शोभाञ्जन वृक्ष; सैँजन।
83730 शुभाञ्जन ना. २. आँखालाई हित गर्ने गाजलविशेष।
83731 शुभारम्भ ना. कुनै कार्यको विधिवत् आरम्भ; असल कामको थालनी।
83732 शुभाशिष् / शुभाशीर्वाद ना. आफूभन्दा साना व्यक्तिलाई कल्याण चिताएर दिइने आशिष्; हितकारी आसिक; मङ्गलकारी आशीर्वाद।
83733 शुभाशुभ वि. शुभ र अशुभ; असल र खराब; राम्रोनराम्रो।
83734 शुभेच्छा ना. शुभ कुराको इच्छा वा चाहना; शुभकामना।
83735 शुभेच्छु / शुभेच्छुक वि. भलो चिताउने; शुभचिन्तक।
83736 शुभ्र वि. १. सेतो; टकटका।
83737 शुभ्र वि. २. चम्किलो; उज्यालो।
83738 शुभ्रता ना. शुभ्र हुनाको भाव, गुण वा स्थिति; सेतोपना; उज्यालोपना।
83739 शुल्क ना. १. यातायातका साधन, खासगरी बाटो, घाट आदिमा लाग्ने कर वा महसुल।
83740 शुल्क ना. २. कुनै वस्तुको उत्पत्ति, उपभोग, आयातनिर्यात आदि हुँदा सरकार वा राज्य, स्थानीय निकाय वा गा. वि. स., न. पा. आदि विविध निकाय वा कुनै अधिकृत संस्थान आदिले उठाउने वा लगाउने निर्दिष्ट रकम (जग्गाको तिरो, मालसामानको भन्सार, पानीबिजुली आदिको महसुल इ.)।
83741 शुल्क ना. ३. शैक्षिक, सामाजिक, धार्मिक आदि संस्थाहरूमा पठनपाठन वा अन्य कामका निम्ति प्रवेशका समयमा र मासिक, वार्षिक आदि रूपमा बुझाइने नियमानुसारको दस्तुर; फीस।
83742 शुल्क ना. ४. कुनै आंशिक काम गरेबापत दिइने ज्याला; पारिश्रमिक; मजदुरी।
83743 शुल्क ना. ५. घर, सामान आदि उपभोग गरेबापत दिइने वा लिइने कबुलअनुसारको रकम; भाडा; किराया।
83744 शुल्क ना. ६. वैवाहिक कार्यमा रीतिरिवाजअनुसार कन्या वा वरपक्षलाई दिइने दस्तुर; दाइजो।
83745 शुल्कग्राही वि. शुल्क लिने वा उठाउने।
83746 शुश्रूषा ना. १. असक्त, रोगी र बालबच्चा आदिको स्याहार वा सुसार; टहल; सेवा।
83747 शुश्रूषा ना. २. आज्ञापालन।
83748 शुश्रूषा ना. ३. कुनै कुरा सुन्ने वा जान्ने चाहना।
83749 शुश्रूषु वि. १. सुसार वा टहल गर्न इच्छा गर्ने; सेवा गर्ने।
83750 शुश्रूषु वि. २. आज्ञापालन गर्ने; आज्ञाकारी।