Dictionary

All Word

83601 शीघ्र क्रि.वि. तुरुन्त; चाँडो; झट्ट।
83602 शीघ्रकारी वि. १. शीघ्र काम गर्ने; काम गर्नमा तेजिलो।
83603 शीघ्रकारी वि. २. शीघ्र प्रभाव पार्ने (औषधी, भोजन आदि)।
83604 शीघ्रगामी वि. चाँडो हिँड्ने; द्रुतगामी।
83605 शीघ्रता/त्व ना. शीघ्र वा चाँडो हुने चाल वा स्थिति; छिटोपना।
83606 शीघ्रातिशीघ्र क्रि.वि. अति चाँडो वा हुनेसम्मको छिटो; तुरुन्तातुरुन्ती; छिटोभन्दा पनि छिटो।
83607 शीत ना. १. राती जमिन, रुख, पात आदिमा पर्ने पानीका ससाना थोप्ला; ओस।
83608 शीत ना. २. ठन्डीको अवस्था वा अनुभव; जाडो; चिसो।
83609 शीत ना. ३. नचलमलाउने; अल्सी।
83610 शीत कटिबन्ध ना. भूमध्यरेखादेखि ६६१/२ अंश उत्तर र ६६१/२ अंश दक्षिणदेखि ध्रुवप्रदेशसम्म पर्ने; साह्रै चिसो रहने पृथ्वीका दुई भाग।
83611 शीतकण ना. राती वा जाडामा आकाशबाट परेको, टल्कने पानीका थोप्ला; जलबिन्दु; शीत।
83612 शीतकर वि. १. चिसो वा ठण्डा गर्ने। ना.
83613 शीतकर वि. २. चन्द्रमा।
83614 शीतकर वि. ३. कपुर।
83615 शीतकरण ना. चिसो वा ठन्डा बनाउने प्रक्रिया।
83616 शीतकाल ना. जाडोको समय; हिउँद याम (प्रायः मङ्सिर, पुस र माघ महिना वा हेमन्त ऋतुदेखि आधा शिशिर ऋतुसम्म)।
83617 शीतकालीन वि. जाडाको समयको; जाडामा हुने; जाडोसम्बन्धी।
83618 शीतज्वर ना. साह्रै जाडो वा ठन्डी भएर चढ्ने एक किसिमको जरो; कामजरो।
83619 शीतप्रधान वि. १. धेरै शीत लाग्ने वा जाडो हुने (देश, ठाउँ आदि)।
83620 शीतप्रधान वि. २. सर्दी वा चिसो लाग्ने।
83621 शीतमण्डल ना. सुमेरु र कुमेरु वृत्तदेखि ध्रुवतर्फको जाडो क्षेत्र।
83622 शीत मरुभूमि ना. हिउँले ढाकिएको क्षेत्र।
83623 शीतयुद्ध ना. सेना र शस्त्रास्त्रको प्रत्यक्ष प्रयोग नभए तापनि राष्ट्रहरूका बिच भित्रभित्रै विरोध चल्ने र प्रकट रूपमा तानातान भइरहने तथा त्यस्तो नीतिले युद्धको भावना चर्कँदै जाने अवस्था वा कार्य।
83624 शीतल वि. १. जलवायुका संयोगले वा तापक्रम घट्नाले आनन्दलाग्दो भएको; शरीरलाई सन्च लाग्ने स्थितिको; ठिक्क खालको चिसो।
83625 शीतल वि. २. नतात्ने वा नजङ्गिने; सौम्य; नरम (स्वभाव)।
83626 शीतल वि. ३. नदुखाउने; सन्चो लाग्ने।
83627 शीतलगेडी ना. केराउका जत्रा राता, सेता, हरिया दाना हुने, प्रायः केटाकेटीले खाने गुलियो खानेकुरो।
83628 शीतलचिनी ना. हे. कबाफचिनी।
83629 शीतलता ना. शीतल हुनाको भाव वा स्थिति; सन्च लाग्ने चिसोपन।
83630 शीतलपाटी ना. १. बेत आदिका मसिना चोयाले बुनेको एक किसिमको मान्द्रो।
83631 शीतलपाटी ना. २. बोटका छेउछाउमा भएका गर्मीयाममा हावा लाग्ने, शीतल हुने पौवा वा पाटी।
83632 शीतलपाटी ना. ३. विश्रामस्थल।
83633 शीतलहरी ना. शीतप्रधान क्षेत्रमा चल्ने वा जाडो याममा बग्ने बर्फिलो चिसो हावा।
83634 शीतला ना. १. गर्मी चढेको बेला शरीरमा खटिरा निस्कने एक सङ्क्रामक रोग; बिफर।
83635 शीतला ना. २. बिफर रोगकी अधिष्ठात्री देवीको नाम।
83636 शीताङ्क ना. अधिकतम जलवाष्प ग्रहण गरिसकेको वायुको अवस्था; द्रवीकरण हुने स्थिति।
83637 शीताङ्ग ना. हातगोडा चिसो भएर आउने एक प्रकारको जरो; सन्निपातको जरो।
83638 शीताद्रि ना. हिमालय पर्वत; हिमाल।
83639 शीतार्द्र वि. शीत वा ओसले भिजेको।
83640 शीतोपचार ना. अत्यधिक चिसाको प्रयोगबाट रोगको उपचार गर्ने प्रक्रिया।
83641 शीतोष्ण वि. चिसो र न्यानो; ठन्डा र गर्मी।
83642 शीतोष्ण प्रदेश ना. चिसोतातो बराबरी रहेको वा समान जलवायु भएको भूभाग।
83643 शीत्कार ना. अत्यधिक आनन्द वा आकस्मिक पीडाका क्षणमा मुखबाट निस्कने केवल 'सी-सी' को अव्यक्त ध्वनि। सम्भोगका समयमा मुखबाट निस्कने आवाज।
83644 शीर्ण वि. १. खस्नु, छरिनु, फ्याँकिनु, फुट्नु आदिबाट नष्ट भएको; थोत्रिएको; मकाएको।
83645 शीर्ण वि. २. ओइलाएको; सुकेको।
83646 शीर्ण वि. ३. रोगले खाएको; दुब्लाएको।
83647 शीर्णता/त्व ना. शीर्ण हुनाको भाव वा अवस्था।
83648 शीर्ष ना. १. कुनै विषयवस्तुको माथिल्लो भाग वा टुप्पो; टाउको; शिर।
83649 शीर्ष ना. २. मस्तक; ललाट; निधार।
83650 शीर्षक ना. १. लेख, निबन्ध, कविता आदिको शिरमा रहने नाम; टाउको।