Dictionary

All Word

83451 शिरनामा ना. २. कुनै लेखरचना आदिको शीर्षक।
83452 शिरपाउ ना. १. मानमर्यादाका निम्ति वा पुरस्कारका रूपमा दिइने लुगा, गहना आदि।
83453 शिरपाउ ना. २. छाताजुत्ता।
83454 शिरपाउ ना. ३. शिर र पाउ; आदि र अन्त।
83455 शिरपाउ ना. ४. सबै; सम्पूर्ण।
83456 शिरपुच्छर ना. शिर र पुच्छर; आदि र अन्त।
83457 शिरपेच ना. राजाले लाउने कल्कीयुक्त मुकुट; राजमुकुट; श्रीपेच।
83458 शिरपोस ना. टाउकामा लगाइने टोपी; पगरी, श्रीपेच आदि वस्त्र वा आभूषण।
83459 शिरफुल ना. नारीले शिरमा लाउने, फूलका आकारको सुनको गहना।
83460 शिरबन्दी ना. सौभाग्यवती नारीले सिउँदोबाट लर्कने गरी शिरमा लगाउने, सुनको फित्ताजस्तो, तीन लहरा परेको र टुप्पोमा झुप्पो भएको गहना।
83461 शिरबिन्दु ना. नाकेबोलीमा ङ्, ञ्, ण्, न्, म् - को ध्वनि उच्चारण गर्दा अक्षरका थाप्लामा दिइने थोप्लो; अनुस्वार ( ं)।
83462 शिर बेहोरा ना. चिठी, निवेदन, लिखत आदि आरम्भ गर्दा शिरमा लेखिने मानबोधक वाक्य वा परिचयात्मक विवरण; शिरनामा; शीर्षक।
83463 शिरविन्दु ना. शिरबिन्दु।
83464 शिरस्त्र / शिरस्त्राण ना. १. लडाइँमा योद्धाहरूले शिरको बचाउका निम्ति लाउने फलामे टोपी।
83465 शिरस्त्र / शिरस्त्राण ना. २. पगरी; टोपी।
83466 शिरस्थान ना. दैलेख बजारदेखि झन्डै डेढ कोस पश्चिमपट्टि नाभिखोला र छामगाड खोलाको दोभानमा रहेको, ज्वालादेवीको मन्दिर।
83467 शिरहात ना. भलो होस् भनी अरूको शिरमा हात राख्ने काम; आशीर्वाद।
83468 शिरहान्ने ना. आगामा पोलेको सियाले टाउकामा घोचेर गरिने, एक प्रकारको ग्रामीण उपचारपद्धति।
83469 शिरा ना. शरीरमा रक्तसञ्चार गराउने नाडी वा नसो; मांसपेशी।
83470 शिरास्फोट ना. नाडीग्रन्थि।
83471 शिराहर्ष ना. शरीरका नसा झमझमाउने एक रोग।
83472 शिरीष ना. नरम मसिना पात हुने, सेता वा प्याजी रङ्गका कमला र राम्रा फूल फुल्ने, पड्को काठ हुने र लामालामा चेप्टा फल लाग्ने एक जातको रुख।
83473 शिरोधार्य वि. १. शिरमा धारण गर्न योग्य; माथमा चढाउनुपर्ने।
83474 शिरोधार्य वि. २. आदरसाथ ग्रहण गर्न योग्य; स्वीकार्य। (उदा.- यहाँहरूबाट पाएको सुझाउ शिरोधार्य छ )।
83475 शिरोपर वि. शिर चढाउन उचित; आदरसाथ लिनुपर्ने; शिरोधार्य। (उदा.- यहाँले भन्नुभएका कुरा शिरोपर छन्)।
83476 शिरोबिन्दु ना. १. शिरको ठिक माथि आकाशमा पर्ने स्थान वा सो स्थानको सूचक बिन्दु।
83477 शिरोबिन्दु ना. २. अनुस्वार जनाउने चिह्न; शिरबिन्दु।
83478 शिरोभरो / शिरोभारो ना. सबै दायित्व वहन गर्नुपर्ने कुरो वा स्थिति। (उदा.- केही दिनका निम्ति घरको शिरोभारो साथीलाई सुम्पेर उनी परदेश लागे।
83479 शिरोभूषण ना. १. शिरमा लगाइने गहना; मुकुट।
83480 शिरोभूषण ना. २. श्रेष्ठ तथा आदरणीय व्यक्ति।
83481 शिरोमणि ना. १. शिरमा धारण गरिने मणि वा रत्न।
83482 शिरोमणि ना. २. कुनैकुनै हात्ती, नाग आदिको शिरमा पाइने मणि।
83483 शिरोमणि ना. ३. कुनै विषयका विशिष्ट विद्वान्लाई दिइने सम्मानद्योतक उपाधि (जस्तो- कविशिरोमणि, इतिहासशिरोमणि, सङ्गीतशिरोमणि इ.)।
83484 शिरोवर्ती वि. १. श्रद्धा र सम्मान गर्नुपर्ने; सर्वश्रेष्ठ; सर्वोत्तम।
83485 शिरोवर्ती वि. २. शिरमा रहेको वा रहन लायक। ना.
83486 शिरोवर्ती वि. ३. आदरणीय व्यक्ति; प्रधान पुरुष।
83487 शिरोवेष्टन ना. शिरमा गुतिने फेटा; पगरी।
83488 शिला १ ना. उञ्छ; सिला।
83489 शिला २ ना. १. पत्थर; ढुङ्गो।
83490 शिला २ ना. २. जाँतो; घट्ट।
83491 शिला २ ना. ३. सँघारठेलो।
83492 शिलाखण्ड ना. ढुङ्गाको टुक्रो।
83493 शिलाजित ना. सूर्यको रापले तातेका विशेष किसिमका ढुङ्गाबाट निस्कने, कालो पग्लिएको पदार्थ।
83494 शिलान्यास ना. घर, मन्दिर आदि बनाउँदा साइतमा विधिपूर्वक पूजाआजा गरी जगमा ढुङ्गो, इँट आदि राख्ने काम; गृहारम्भ।
83495 शिलापट ना. ढुङ्गाको पट वा आसन; ढुङ्गाको पाटी।
83496 शिलापत्र ना. शिलालेख।
83497 शिलालेख ना. चिरस्थायित्वका निम्ति शिलामा कुँदिएको कुनै विशेष विषयको प्रचार, प्रमाण आदि हुने लेख वा स्मारिका।
83498 शिलावृत्ति ना. सिला खोजेर गरिने जीवननिर्वाह; उञ्छवृत्ति।
83499 शिल्प ना. १. नाना थरीका कलापूर्ण वस्तुहरू बनाउने, बुट्टा भर्ने आदि हातको कला वा सिप; हस्तकला; कालिगडी।
83500 शिल्प ना. २. कुनै काम तह मिलाएर गर्ने ढाँचा।