Dictionary

All Word

83301 शासनपद्धति ना. शासन गर्ने विधि वा तरिका; शासनप्रणाली।
83302 शासनप्रणाली ना. राज्यसञ्चालन गर्ने पद्धति; शासन पद्धति।
83303 शासन व्यवस्था ना. शासनसम्बन्धी प्रबन्ध; राज्य चलाउने बन्दोबस्त।
83304 शासना ना. कसैबाट हुने वा गरिने सास्ती; ठुलो कष्ट; साह्रो परिश्रम।
83305 शासनाधिकार ना. शासन गर्ने अथवा राज्य चलाउने अधिकार।
83306 शासनाधिकारी वि. शासनाधिकार पाएको (व्यक्ति)।
83307 शासनारूढ वि. शासनमा आएको; शासन लिएको।
83308 शासनिक वि. शासनसम्बन्धी; शासनको; शासकीय।
83309 शासन विपर्यय ना. शासनव्यवस्थामा एकाएक र बलपूर्वक गरिएको परिवर्तन; बलात् सत्तापहरण।
83310 शासनीय वि. १. शासन वा नियन्त्रण गर्न उचित।
83311 शासनीय वि. २. सजाय दिनुपर्ने; दण्डनीय।
83312 शासित वि. १. शासन गरिएको; राज्य चलाइएको।
83313 शासित वि. २. नियमकानुन-अन्तर्गत राखिएको।
83314 शासित वि. ३. सजाय दिइएको; दण्डित।
83315 शास्त्र ना. १. सम्बन्धित गहन ज्ञानका साथै सर्वसाधारणको कल्याण तथा अनुशासनका नियमविधान लेखिएको वा समष्टिअध्ययनको सञ्चित भण्डार भएको विशेष ग्रन्थ ( शिक्षा, कल्प, व्याकरण, निरुक्त, ज्योतिष, छन्द, ऋग्वेद, यजुर्वेद, सामवेद, आयुर्वेद, धनुर्वेद, गन्धर्ववेद, अथर्ववेद, मीमांसा, न्याय, धर्मशास्त्र, पुराण र अर्थशास्त्र गरी अठार प्रकारका )।
83316 शास्त्र ना. २. कुनै विषयसम्बन्धी आवश्यक तथा गूढ र ज्ञातव्य कुरा क्रमपूर्वक लेखिएको ग्रन्थ; विज्ञान।
83317 शास्त्र ना. ३. यथार्थ वा वास्तविक ज्ञान; विद्या; सिद्धान्तग्रन्थ।
83318 शास्त्रकार वि. शास्त्र, विशेषतः धर्मशास्त्रको रचना गर्ने।
83319 शास्त्रज्ञ वि. शास्त्रको ज्ञाता; शास्त्र जान्ने।
83320 शास्त्रदर्शी वि. शास्त्रज्ञ।
83321 शास्त्रविद् वि. शास्त्रको ज्ञाता; शास्त्रज्ञ।
83322 शास्त्रविहित वि. शास्त्रमा बताइएअनुसारको; शास्त्रसम्मत।
83323 शास्त्रसङ्गत वि. शास्त्रमा मिल्ने; शास्त्रसम्मत।
83324 शास्त्रसम्मत वि. शास्त्रको कथन वा नियमविरुद्ध नभएको; शास्त्रविहित।
83325 शास्त्रसिद्ध वि. १. शास्त्रद्वारा सिद्ध वा प्रमाणित।
83326 शास्त्रसिद्ध वि. २. शास्त्रविहित।
83327 शास्त्रार्थ ना. १. शास्त्रको निर्दिष्ट अर्थ वा तात्पर्य।
83328 शास्त्रार्थ ना. २. शास्त्रसम्बन्धी तथा शास्त्रीय विषयमा गरिने छलफल वा तर्कवितर्क।
83329 शास्त्री वि. १. शास्त्रको ज्ञाता; शास्त्र जान्ने वा शास्त्रज्ञ। ना.
83330 शास्त्री वि. २. शास्त्रमा पारङ्गत वा कुशल भएको व्यक्ति; विद्वान् पुरुष।
83331 शास्त्री वि. ३. संस्कृतमा मध्यमाभन्दा माथिल्लो र आचार्यभन्दा तल्लो कक्षा; स्नातक तहl सो परीक्षा उतीर्ण हुँदा दिइने एक उपाधि।
83332 शास्त्रीय वि. शास्त्रमा लेखिएअनुसारको; शास्त्रमा निहित रहने; शास्त्रसम्बन्धी।
83333 शास्त्रीयता ना. शास्त्रीय हुनाको भाव, अवस्था वा विशेषता।
83334 शास्त्रीयतावाद ना. ग्रिस र रोमका प्राचीन शास्त्रीय नियमका अनुसरणमा साहित्यको सृजना हुनुपर्छ भनेर मान्ने पश्चिमी साहित्यसिद्धान्त।
83335 शास्त्रीय समालोचना ना. शास्त्रीय नियमका आधारमा साहित्यिक कृतिको विवेचना गर्ने एक प्रकारको समीक्षापद्धति।
83336 शास्त्रोक्त वि. शास्त्रमा कहिएको वा बताइएको; शास्त्रविहित।
83337 शाह ना. १. ठकुरीको एक थर।
83338 शाह ना. २. राजा; बादशाह।
83339 शाह ना. ३. ठकुरी क्षेत्रीको एक उपाधि।
83340 शाहजादा ना. राजाका छोरा वा भाइ।
83341 शाहजादी ना. राजाकी छोरी वा बहिनी।
83342 शाहन्शाह ना. राजाहरूका पनि राजा; महाराजाधिराज; सम्राट्।
83343 शाहन्शाही ना. १. शाहन्शाहको कार्य, मर्यादा वा पदवी। वि.
83344 शाहन्शाही ना. २. शाहन्शाहसम्बन्धी; शाहन्शाहको।
83345 शाहन्शाही ना. ३. शाहन्शाहको जस्तो।
83346 शाहवंश ना. शाहको कुल।
83347 शाही वि. १. शाह वा राजाको वंशसँग सम्बन्धित। ना.
83348 शाही वि. २. ठकुरीहरूको एक वर्गको पदवी।
83349 शाही अधिपत्र ना. मानपदवी पाउने व्यक्तिहरूलाई राजाबाट प्रदान गर्ने गरिएको मानपदवीको प्रशस्तिसमेत भएको पत्र।
83350 शाही आयोग ना. राजाबाट कुनै विशेष कार्यको सम्पादनका निम्ति गठन गरिने आयोग।