Dictionary

All Word

82351 विचारक वि. ५. गुप्तचर।
82352 विचारगोष्ठी ना. कुनै विषयबारे आपसी विचारको आदानप्रदान गर्ने बैठक; सेमिनार।
82353 विचारज्ञ वि. न्यायाधीश।
82354 विचारज्ञ वि. वि. २. विचार पुऱ्याउनमा कुशल।
82355 विचारणीय वि. सोच्न लायक; विचार गर्नुपर्ने; चिन्तनीय।
82356 विचारणीय वि. २. शङ्कास्पद; सन्दिग्ध।
82357 विचारधारा ना. विचारको शृङ्खला; सोचसमझ; सल्लाह; सुझाउ।
82358 विचारधारा ना. २. कुनै राजनीतिक वा आर्थिक सिद्धान्तसँग सम्बन्धित विचारप्रवाह।
82359 विचारधारा ना. ३. आनुवंशिक वा परम्पराप्राप्त सोचाइ।
82360 विचारवान् वि. विचार भएको; सोच्न सक्ने; बुद्धिमान्।
82361 विचारविमर्श ना. परम्परामा विचार वा तर्कहरूको आदानप्रदान गर्ने काम, छलफल, सरसल्लाह।
82362 विचारविमर्श ना. २. पक्षविपक्षमा गएर सोच्ने शक्ति।
82363 विचारशील वि. राम्ररी सोचविचार गर्ने क्षमता भएको, मननशील।
82364 विचारसरणी ना. विचारको प्रवाह, सोचाइको तहतह।
82365 विचारस्थल ना. कुनै समस्या वा विषयबारे विचार गर्ने ठाउँ।
82366 विचारस्थल ना. २. अदालत; न्यायालय।
82367 विचार स्वातन्त्र्य ना. परिआएको समस्या वा विषयका बारेमा आफ्नो अनुकूल सोचविचार गर्ने र आफ्नो मनको आशय प्रकट गर्ने; स्वतन्त्रता।
82368 विचारात्मक विचारले युक्त; विचार पुर्‍याएर गरिएको।
82369 विचाराधीन वि. कुनै कामकुराबारे विशेष सोचविचार पुऱ्याउन बाँकी राखिएको विचार पुऱ्याएर टुङ्गोमा पुग्न भनी छुट्ट्याइएको (विषय)।
82370 विचारार्थ वि. विचारविमर्शका लागि बाँकी राखिएका; सरसल्लाह गरेर टुङ्गोमा पुग्न बैठक आदिमा राखिएको।
82371 विचारास्पद वि. विचार पुऱ्याउनुपर्ने; विचारणीय।
82372 विचारित वि. मनन गरिएको; सोचविचार पुऱ्याइएको; सोचिएको।
82373 विचारी वि. विचारगर्ने चिन्तक; विचारक।
82374 विचारी वि. २. घुमफिर गर्ने ना. ३. मुद्दामामिलाको निचोडखिचेर न्यायाधीशलाई अवगत गराउने वा मिसिलमा रहेका कुरा यथार्थ सुनाउने खरदारसरहको एक अदालती पद वा दर्जा।
82375 विचारोद्दीपक वि. विचार उत्तेजित गराउने; सोच्न लगाउने।
82376 विचालन ना. हल्लाउने काम; कम्पन पैदा गराउने काम।
82377 विचालन ना. २. एक ठाउँको वस्तुलाई अर्को ठाउँमा पुर्‍याउने काम; विस्थापन।
82378 विचित्र वि. धेरै रङ्ग भएको अनेक रङ्गको रङ्गीचङ्गी रङ्गीबिरङ्गी।
82379 विचित्र वि. २. कतैकहीं नदेखिएको; अनौठो; अदभुत; विलक्षण।
82380 विचित्र वि. ३. सामान्यभन्दा परको; असाधारण।
82381 विचित्र वि. ४. राम्रो; सुन्दर; मनोहर।
82382 विचित्र वि. ना. ५. उल्टो किसिमबाट फल सिद्ध गर्दा पर्ने एक अर्थालङ्कार।
82383 विचित्रक वि. अनौठो; अद्भुत; विलक्षण।
82384 विचित्रक वि. ना. २. आश्चर्य; ताजुब।
82385 विचित्रक वि. ३. भोजपत्रको रुख;भोजपत्र।
82386 विचित्रक वि. ४. अशोकवृक्ष।
82387 विचित्रशाला ना. ऐतिहासिक र पुरातात्त्विक वस्तुहरूको सङ्ग्रह रहेको भवन; सङ्ग्रहालय;म्युजियम; अजायबघर।
82388 विचित्रित वि. धेरै रङ्ग भएको; रङ्गविरङ्गको; रङ्गीचङ्गी।
82389 विचिन्तन ना. मनमा कुरा खेलाइरहने काम; चिन्ता; फिक्री।
82390 विचिन्तन ना. २. मानसिक तर्कवितर्क; सोचविचार।
82391 विचिन्तनीय वि. विचार गर्न लायक; मननयोग्य; विचारणीय।
82392 विचिन्त्य वि. विशेष किसिमले चिन्ता गर्नुपर्ने; चिन्तनीय; शोचनीय।
82393 विचिन्त्य वि. २. राम्रो किसिमले हेरविचार गरिएको; रेखदेख गरिएको।
82394 विचिन्त्य वि. ३. सन्देहयुक्त शङ्कास्पद।
82395 विचूर्ण वि. राम्रोसँग पिँधी धुलो पारिएको; मसिनो तुल्याइएको।
82396 विचेत वि. चेत वा होस नभएको; सुद्धी हराएको; बेहोस।
82397 विचेत वि. २. मरेको मुर्दा; मृ।
82398 विचेत वि. ३. विवेक नभएको; मूर्ख; मूढ।
82399 विचेतन वि. चैतन्य गुमेको; होस वा चेत नभएको; बेहोस; अचे।
82400 विचेतन वि. २. बिर्सने आदत भएको; विस्मरणशील।