Dictionary

All Word

82151 विकाशी वि. प्रकट हुने; देखिने।
82152 विकाशी वि. २. फुल्ने; खुल्ने।
82153 विकास ना. क्रमशः बढ्दै वा सुध्रिदै गएको स्थिति उन्नति।
82154 विकास ना. २. उत्तरोत्तर प्रगति क्रमिक परिवर्तन।
82155 विकास ना. 3. हुर्केको वा सप्रेको अवस्था वृद्धि।
82156 विकास ना. ४. फूल आदिको फुलाइ।
82157 विकास ना. ५. विस्तार; फैलावट।
82158 विकास ऋण ना. सरकारका तर्फबाट अनुमतिप्राप्त ब्याङ्क वा संस्थाबाट विकासखर्चका लागि निर्धारित समयमा फिर्ता दिने प्रतिज्ञापनसहित तोकिएको ब्याज दिने गरी उठाइने ऋण।
82159 विकास कार्य ना. देशको विकास वा उन्नति गर्ने काम; निर्माणकार्य।
82160 विकास खर्च ना. विकासका कार्यमा गरिने सरकारी खर्च।
82161 विकास बजेट ना. विकासका कार्यहरूसँग सम्बन्धित बजेट; विकास -योजनासम्बन्धी आयव्यय।
82162 विकासमूलक वि. विकासलाई प्रमुख प्राथमिकता दिइएको, विकास नै प्रधान लक्ष्य भएको।
82163 विकास योजना ना. देशको चौतर्फी विकासका लागि अल्पकालीन वा दीर्घकालीन अवधि तोकेर सरकार वा सम्बद्ध निकायबाट गरिने नीति-तर्जुमा वा पूर्वयोजना।
82164 विकासवाद ना. एउटै मूल तत्त्वबाट वनस्पति, वृक्ष, जीवजन्तु आदि क्रमशः बढ्दै आएका हुन् भन्ने एक वैज्ञानिक सिद्धान्त, डार्बिनद्वारा प्रतिपादित प्राणीहरूको उत्पत्ति र विकाससम्बन्धी भौतिक सिद्धान्।
82165 विकासवादी वि. विकासवादको अनुयायी।
82166 विकासशील वि. क्रमश: विकास हुँदै गएको।
82167 विकासित वि. फैलाइएको; विस्तारि।
82168 विकासित वि. २. फुलेको; विकसि।
82169 विकासित वि. ३. देखाइएको प्रदर्शि।
82170 विकासी वि. विकास हुने वा गर्ने;विकास भएको; विकसि।
82171 विकासी वि. २. विकास गराउने।
82172 विकासी वि. ३. विकासशील।
82173 विकासे वि. वैज्ञानिक प्रविधिबाट विकास गरिएको; उन्न।
82174 विकासोन्मुख वि. विकासकार्यमा अघि सरेको; भर्खर भर्खर विकास हुन लागेको;विकासतिर लम्केको (देश)।
82175 विकासोन्मुख वि. २. अविकसित र विकसित अवस्थाको दोसाँधमा रहेको; अल्पविकसि।
82176 विकिरण ना. छर्ने वा फिँजाउने काम।
82177 विकिरण ना. २. मार्ने काम; हिंसा।
82178 विकिरण ना. ३. बोध; ज्ञान।
82179 विकिरण ना. ४. छरिएका धेरै किरणलाई एकै ठाउँमा समेटेर केन्द्रित गर्ने काम।
82180 विकिरण ना. ५. विभिन्न असाधारण किरण, जस्तै- क्ष-किरण, अल्फाकिरण आदिको उत्पत्ति हुने क्रिया।
82181 विकिरण उपचार ना. विकिरणको प्रयोग गरेर रोगको उपचार गर्ने प्रक्रिया।
82182 विकिरण चित्र ना. विकिरणको प्रयोगद्वारा लिइने चित्र।
82183 विकिरण प्रविधि ना. विकिरणद्वारा कुनै वस्तुको चित्र उतार्ने प्रक्रिया।
82184 विकिरण विज्ञान ना. विद्युत्कणीय विकिरणसम्बन्धी अध्ययन गरिने विज्ञान।
82185 विकीर्ण वि. छरिएको; छरपुस्टिएको;फिँजिएको; २. फिँजाइएको।
82186 विकीर्ण वि. ३. प्रसिद्ध ;विख्या।
82187 विकुञ्चन ना. खुम्च्याउने वा मोड्ने काम।
82188 विकुञ्चित वि. खुम्चिएको; झोल्लिएको; चाउरी परेको।
82189 विकृत वि. बिग्रेको; विकार पैदा भएको; विकारयुक्।
82190 विकृत वि. २. अदलबदल भएको; हेरफेर हुन पुगेको; परिवर्ति।
82191 विकृत वि. ३. अस्वाभाविक; अप्राकृतिक।
82192 विकृत वि. ४. अधुरो; अपुरो।
82193 विकृत वि. ५. रूप बिग्रेको; अङ्गभङ्ग भएको; कुरूप भद्दा।
82194 विकृतावस्था ना. बिग्रेको वा अङ्गभङ्ग भएको स्थिति।
82195 विकृतावस्था ना. २. रोगग्रस्त अवस्था।
82196 विकृति ना. स्वाभाविक वा प्राकृतिक रूपबाट भिन्न खालको रूप; नसुहाउँदो आकृति; कुरूप।
82197 विकृति ना. २. विकार; बिगार; खराबी।
82198 विकृति ना. ३. परम्परागत मान्यता, धारणा वा विश्वासमा आएको परिवर्तन।
82199 विकृति ना. ४. व्याकरणमा मूल धातुबाट विकृत भई बनेको शब्दरूप अपभ्रंश।
82200 विकृति विज्ञान ना. शारीरिक विकारबाट हुने रोगको विवेचना गरिएको शास्त्र; रोगविज्ञान।