Dictionary

All Word

82051 वाहन ना. ३. भारी बोकेर लग्ने पशु वा अन्य साधन।
82052 वाहवाह वि.बो. राम्रो काम गर्दा वा चित्तबुझ्दो काम देख्दा भनिने प्रशंसासूचक शब्द, धन्यधन्य।
82053 वाहवाह वि.बो. २. खराब वा निन्दनीय काम गर्नेलाई व्यङ्ग्यपूर्वक तिरस्कार गरेर भनिने शब्द।
82054 वाहवाही ना. वाहवाह भन्ने भाव वा किसिम, प्रशंसा,तारिफ।
82055 वाहान्चोट ना. हे. बान्चोट।
82056 वाहिनी ना. देशको बाह्य शक्तिसँग आवश्यक परेमा युद्ध गर्नसमेत पछि नहट्ने सरकारी शक्ति सेना, फौज।
82057 वाहिनी ना. २. उहिलेको सेनाको एक विभाग (यस विभागमा ८१ हात्ती, ८१ रथ, २४३ घोडचढी र ४०५ पैदल सैन्य रहन्छन् )।
82058 वाहिनी ना. वि. ३. वाहित गर्ने, लग्ने, बगाउने (जस्तो- उत्तरवाहिनी, रक्तवाहिनी आदि)।
82059 वाहियात वि. नचाहिंदो; अनावश्यक; फजुल।
82060 वाहियात वि. २. काम नलाग्ने; रद्दी; निकम्मा।
82061 वाहियात वि. क्रि.वि. ३. विनाकारण निष्प्रयोजन; नाहक।
82062 वाहियाती वि. वाहिया।
82063 वाही वि. मालमत्ता बोक्ने; ओसार्ने; वाहक।
82064 वाही वि. २. बग्ने; बगाउने; बहाउने।
82065 वाहु ना. पाखुरा; बाहु।
82066 विंश ना. बिस।
82067 विंशतितम वि. बीसौं।
82068 वि उप. अनेकता, निषेध, विशेषता, प्रतिकूलता आदि बुझाउन मूल शब्दका अगाडि जोडिने उपसर्ग (जस्तो विपर्याय, विनियोजन, विरोध, विभाग इ.)।
82069 विकट वि. डरलाग्दो, भयङ्कर, भीषण।
82070 विकट वि. २. अप्ठेरो,कठिन; मुस्किल।
82071 विकट वि. ३. जान वा पुग्न नसकिने, दुर्गम।
82072 विकट वि. ४. बडेमाको; नसुहाउँदो भद्दा ५. ज्यादै नराम्रो ;कुरूप।
82073 विकट वि. ६. घमन्डी, गर्विलो; अभिमानी।
82074 विकट वि. ७. रिसले आँखीभौं तन्केको; रिसाहा।
82075 विकत्थन ना. आफ्नो पौरख वा यस्तै साहसिक कामबारे स्वयं तारिफ गर्ने आदत; मिथ्या; प्रशंसा।
82076 विकम्पन ना. थुरथुर काँप्ने काम; कँपाइ; प्रकम्पन।
82077 विकम्पन ना. २. हल्लने स्थिति; चलायमान रूप।
82078 विकर ना. श्राद्ध गर्दा अगति परेर मरेका र श्राद्धको पिण्ड खाने अधिकार नपाएका; मृत बन्धुबान्धवका निमित्त दिइने पिण्ड वा अन्न।
82079 विकर ना. २. बिरामी अवस्था, बिमारी, रोग।
82080 विकर ना. रसायनविज्ञान आदिमा प्रयुक्त हुने शैक्षिक सामग्री।
82081 विकर ना. २. पानी थाप्ने काममा वा यस्तै प्रायोगिक परीक्षण गर्दा उपयोग गरिने साधन।
82082 विकराल वि. डरलाग्दो; भयङ्कर; भीषण।
82083 विकराल वि. २. ज्यादै ठुलो; विशाल।
82084 विकराल वि. ३. उग्र प्रचण्ड।
82085 विकर्तन ना. बाबुको राज्य खोसेर राजा हुने छोरो।
82086 विकर्तन ना. २. सूर्य।
82087 विकर्तन ना. वि. ३. कत्रने।
82088 विकर्तन ना. ४ काट्ने, टुक्र्याउने।
82089 विकर्म ना. अनुचित वा निषद् काम।
82090 विकर्म ना. २. विभिन्न किसिमको काम, विविध कर्म।
82091 विकर्म ना. 3. अधर्म पाप।
82092 विकर्म ना. वि. ४. निषिद्ध कर्म गर्ने, कुकर्मी।
82093 विकर्म क्रिया ना. निषिद्ध कर्म।
82094 विकर्मा वि. निषिद्ध कर्म गर्ने।
82095 विकर्ष ना. तान्ने वा घिच्च्याउने काम।
82096 विकर्ष ना. २. बाण।
82097 विकर्षण ना. छुट्ट्याउने काम।
82098 विकर्षण ना. २. उल्टो तनाइ।
82099 विकर्षण ना. विप. आकर्षण।
82100 विकर्षण ना. ३. कामदेवका पाँच बाणमध्ये एक।