Dictionary

All Word

81751 वामन वि. ५. अठार महापुराणमध्ये वामन अवतारको माहात्म्य वर्णन भएको एक पुराण।
81752 वामपक्ष ना. वामपन्थ, वाममार्ग।
81753 वामपक्षी वि. वामपन्थी।
81754 वामपन्थ ना. मार्क्सवादी राजनीतिक मत वा अभियान; वाममार्ग।
81755 वामपन्थी वि. वामपन्थको अनुयायी वा समर्थक, मार्क्सवादी चिन्तनका अनुयायी।
81756 वाममार्ग ना. तान्त्रिक साधनाअनुसार तन्त्र, मन्त्र, अभिचार आदि कामका साथ मद्य, मांस आदिको सेवन गर्ने विधान भएको एक मार्ग वा म।
81757 वाममार्ग ना. २. प्रचलित नीतिनियम र व्यवस्थाको उल्टो चल्ने वा पुरातन विचार र स्थितिको आमूल परिवर्तन शीघ्रतासाथ चाहने राजनीतिक मत; वामपन्।
81758 वाममार्गी वि. वाममार्गको अनुसरण गर्ने।
81759 वाममार्गी वि. २. वामपन्थी।
81760 वामलोचना ना. सुन्दर र आकर्षक आँखा भएकी स्त्री; सुनयनी नारी।
81761 वामलोचना ना. वि. २. राम्रो आँखा भएकी (स्त्री)।
81762 वामा ना. राम्री स्त्री; सुन्दरी नारी।
81763 वामा ना. २. दुर्गा भवानी।
81764 वामा ना. ३. लक्ष्मी।
81765 वामा ना. ४. सरस्वती शारदा।
81766 वामाक्षी ना. राम्रा आँखा हुने स्त्री।
81767 वामागम ना. वामाचार।
81768 वामाङ्गिनी / वामाङ्गी ना. बायाँ अङ्ग मानिएकी विवाहिता नारी; पत्नी।
81769 वामाचार ना. तान्त्रिक पद्धतिअनुसार मद्य, मांस, मत्स्य, मुद्रा, मैथुन - यी पाँच प्रकारका साधनद्वारा शक्तिको उपासना गर्ने धार्मिक सम्प्रदाय।
81770 वामाचारी वि. वामाचारको अनुयायी।
81771 वामावर्त वि. बायाँतर्फबाट फन्को मारेको; देब्रेतिर हुँदै घुमेको।
81772 वामावर्त वि. ना. २. बायाँतर्फबाट दाहिनेतिर रेखा घुमेको शङ्ख।
81773 वायरलेस ना. बेतारको खबर, आकाशवाणी।
81774 वायवीय वि. वायुसँग सम्बन्धित; वायुको।
81775 वायवीय पुराण ना. व्यासद्वारा रचित अठार महापुराणहरूमध्ये एक पुराण; वायुपुराण।
81776 वायव्य ना. दश दिशामध्ये एक दिशा उत्तर र पश्चिम दिशाका बिचको कोण; वायव्यकोण।
81777 वायव्य ना. वि. २ वायुसम्बन्धी वायवीय।
81778 वायस ना. काग; कौवा।
81779 वायु ना. पृथ्वीको चारैतिर ढाकेर रहेको, आँखाले नदेखिने भए पनि स्पर्शगुण भएको, प्राणीमात्रले सास फेर्न मिल्ने एक तत्त्व; पञ्चतत्त्वमध्ये एक; पवन हावा।
81780 वायु ना. २. हावाका अधिष्ठाता देवता।
81781 वायु ना. ३. हृदयमा रहने प्राण, गुदामा रहने अपान, नाभिमा रहने समान, कण्ठमा रहने उदान र शरीरभर रहने व्यान नामका पाँच वायु।
81782 वायु ना. ४. हठयोगका अनुसार षट्चक्रको अभ्यास गर्दा प्रयोगमा आउने मानवशरीरमा भएको हावा।
81783 वायु ना. ५. मरेपछि काजक्रिया हुन नपाएको आत्मा अगति परेको जीव, प्रेतात्मा, प्रे।
81784 वायु ना. ६. प्रायः बालबच्चालाई लागोको रूपमा दुःख दिइरहने, झारफुक गरेर वा दोबाटामा पूजा गरेर पन्छाएपछि निको हुने, लोकरूढि भएको अमूर्त तत्त्व।
81785 वायुकोण ना. पश्चिम र उत्तर दिशाको बिचको कुनो; वायव्यकोण।
81786 वायुगति ना. हावाको जस्तो छिटो चाल; ज्यादै छिटो रफ्तारको उडान; अति छिटो हिंडाइ।
81787 वायुगतिविज्ञान ना. वायुको चाल नाप्ने वैज्ञानिक शास्त्र।
81788 वायुनाशक वि. अपच भएर आन्द्रामा हुने पेशीसङ्कुचन वा वायुविकार भएमा सेवन गरिने (औषधी)।
81789 वायुपथ ना. हवाईजहाजले उडान गर्ने बाटो; वायुमार्ग।
81790 वायुपथ ना. २. हावा बग्ने बाटो; वायुको प्रवाहमार्ग।
81791 वायुपुराण ना. व्यासद्वारा रचित अठार पुराणमध्ये वायुदेवताको वर्णन भएको एक पुराण।
81792 वायु प्रशोधन केन्द्र ना. दूषित वायुलाई हटाएर स्वच्छ वायुको सञ्चार गराउने स्थल।
81793 वायुमण्डल ना. आकाश।
81794 वायुमण्डल ना. २. पृथ्वीको चारैतिर रहेको हावाको आवरण; वातावरण।
81795 वायुमण्डलीय चाप ना. वायुमण्डलको स्वाभाविक वहनशीलताबाट पर्ने चाप; वायुमण्डलबाट हुने थिचाइ।
81796 वायुमण्डलीय विज्ञान ना. वायुमण्डलको अध्ययनअनुसन्धान गर्ने र प्रयोगात्मक परीक्षण गर्ने शास्त्र, मौसमी शास्त्र।
81797 वायुमार्ग ना. वायुप।
81798 वायुयान ना. हावामा उड्ने वाहन; विमान; हवाईजहाज।
81799 वायुलेख ना. आकाशमण्डलमा स्थित वायुको चाप देखाउने यन्त्र।
81800 वायुलोक ना. वायुदेव बस्ने संसार; आकाश।