Dictionary

All Word

88801 सिँगाराइ ना. १. सिँगार्ने भाव, क्रिया वा प्रक्रिया; सिँगारपटार।
88802 सिँगाराइ ना. २. लुगा, गहना आदिले सजिने वा सजाउने प्रक्रिया।
88803 सिँगारिनु अ.क्रि. / क.क्रि. सजिसजाउ होइनु वा गरिनु।
88804 सिँगारी ना. सर्वाङ्ग कालो र निधारमा सेतो ठाडो धर्सा परेको बाख्रो; सिँगारे।
88805 सिँगारु ना. १. छोराछोरी नपाउने स्त्री वा पुरुष; हिजडा; नपुंसक।
88806 सिँगारु ना. २. पश्चिम नेपालको विशेषतः जाजरकोट जिल्लामा प्रचलित एक प्रसिद्ध लोकनृत्य।
88807 सिँगारे वि. १. सिँगारपटार गरेको; ठाँट परेको।
88808 सिँगारे वि. २. सर्वाङ्ग कालो र निधारका दुई छेउमा ठाडो सेतो धर्सा भएको (बाख्रो, बोको आदि); सिङारे; सिङारी। ना.
88809 सिँगारे वि. ३. त्यस्तो बाख्रो वा बोको।
88810 सिँगालो वि. सिङ हुने; सिङ भएको।
88811 सिँगौरी ना. सिँगाउरी; सिङौरी।
88812 सिँगौरो ना. १. हे. सिँगाउरो।
88813 सिँगौरो ना. २. मुलाको कोसो।
88814 सिँघान ना. हे. सिँगान।
88815 सिँघाने वि. सिँगाने।
88816 सिँच्नु स.क्रि. १. पानी छर्कनु; सेचन वा अभिषेक गर्नु; छम्कनु; सिच्नु।
88817 सिँच्नु स.क्रि. २. बालीनालीमा कुलो वा अन्य कृत्रिम तरिकाले पानी पुऱ्याउने काम गर्नु; बोटबिरुवामा पानी छम्कनु।
88818 सिँचाइ ना. जग्गाजमिनमा कुलो वा अन्य कृत्रिम तरिकाले पानी लगाउने काम।
88819 सिँचाइनु क.क्रि सिँच्न लाइनु।
88820 सिँचाउनु प्रे. क्रि. सिँच्न लाउनु।
88821 सिँचिनु क.क्रि सिँच्ने काम गरिनु।
88822 सिँढी ना. १. अग्लो ठाउँ, मन्दिर, घरको तला आदिमा चढ्नका लागि खुड्किलाखुड्किला पारी इँट, ढुङ्गा, सिमन्टी आदिबाट बनाइएको भऱ्याङ; लिस्नु।
88823 सिँढी ना. २. खुड्किलो।
88824 सिँढी ना. ३. बिस्तारै उँभो लाग्ने वा उन्नति हुने क्रम।
88825 सिँढी ना. ४. पङ्क्ति; श्रेणी।
88826 सिँदुर ना. सिन्दूर।
88827 सिँदुरजात्रा ना. सिन्दूरयात्रा।
88828 सिँदुरे ना. ससाना गाढा, राता झुप्पा भएका फल फल्ने, खैरो मञ्जरीका रूपमा फूल फुल्ने एक वृक्ष, त्यसैको फूल।
88829 सिँदुरे वि. १. सिँदुर भएको। ना.
88830 सिँदुरे वि. २. सम्पूर्ण शरीर कालो भई डँडाल्नोमा जुरोसम्मका केही रौँ वा सिङनेरका केही रौँ राता भएको गोरु।
88831 सिँदुरे वि. ३. विवाहमा दुलहीलाई सिन्दूर हाल्दा गणेशको प्रतिमाबाट दुलहीको सिउँदोसम्म सिन्दूरको अटूट रेखा हाल्दा भुइँमा नपरोस् भनी बिछ्याइने नयाँ कपडा।
88832 सिँदुरे वि. ४. विवाहमा दुलहाका तर्फबाट लगिने सिन्दूरको भाँडो वा थैली।
88833 सिँदुरे वि. ५. खरमा हुने र मान्छेका शरीरमा लाग्ने एक प्रकारको किरो।
88834 सिँदुरे आँप ना. भेट्नापट्टिको बोक्रामा सिँदुरको जस्तो रङ हुने आँप।
88835 सिँदुरे बट्टा ना. विवाहमा लगनको बेला सिँदुर हाल्ने बट्टा; पानबट्टा।
88836 सिँधिया ना. सिजिया।
88837 सिँधुली ना. १. जनकपुर अञ्चलको दक्षिणी पहाडी भागमा पर्ने एक जिल्ला; सिन्धुली।
88838 सिँधुली ना. २. सिँधुली जिल्लामा रहेको एक प्रसिद्ध गढी।
88839 सिँधेनुन ना. सिन्धप्रदेशको पहाडी खानीबाट निस्कने हल्का रातो रङको पवित्र मानिएको, ढुङ्गाजस्तो सारो नुन।
88840 सिँधो वि. घिउतेल आदि चिल्लो हालेको; गोरस पुगेको।
88841 सिँधोपिठो ना. चिल्लो हालेर पकाएको पुवा, बाबर आदि।
88842 सिँवाली ना. एउटै भेट्नुमा तीनतीनवटा लाम्चा पात हुने, डल्ला खालका धेरै रङ्गका फूल फुल्ने एक जातको बोट।
88843 सिँवाली ना. १. पानीभित्रको ढुङ्गामा जम्ने काईजस्तो झ्याउ; पानीको सतहमा जम्ने काई; सिमाली।
88844 सिँवाली ना. २. त्यसैबाट बनाइएको पातलो रोटी; सागा।
88845 सिंह ना. १. गर्दनमा लामालामा जगर हुने, बलियो एक हिंस्रक जङ्गली प्राणी; शेर; केशरी।
88846 सिंह ना. २. बाह्रवटा राशिमध्येको पाँचौ राशि; कर्केट र कन्याको बिचको राशि।
88847 सिंह ना. ३. भाद्र महिनाको सङ्क्रान्ति।
88848 सिंह ना. ४. महान् पराक्रमी; नामुद वीर।
88849 सिंहचिल ना. एक प्रकारको मांसाहारी पक्षी।
88850 सिंहदरबार ना. वि. सं. १९६४- मा तयार भई राणा प्रधान मन्त्रीहरू बस्ने गरेको र सात सालपछि नेपाल सरकारको सचिवालय रहेको एक प्रसिद्ध र ऐतिहासिक विशाल भवन।