Dictionary

All Word

88901 सिकन्जा ना. १. कस्ने, थिच्ने वा निचोर्ने यन्त्र।
88902 सिकन्जा ना. २. कुनै अङ्ग बेसरी थिचेर अपराधीलाई सास्ती दिइने एक प्रकारको यन्त्र।
88903 सिकर्नी ना. पानी निथारेको दहीमा अलैँची आदि मसला र चिनी मिलाई फेटेर बनाइएको खाद्य वस्तु; रसालो; सिखर्नी।
88904 सिकर्मी ना. काठको चौकोस, झ्यालढोका र दराज आदि बनाउने कर्मी; काठको काम गर्ने कारिगर।
88905 सिकसिक क्रि.वि. १. घिन मानेर; निकनिक। वि.
88906 सिकसिक क्रि.वि. २. पूरै भिजेको।
88907 सिकसिक क्रि.वि. ३. भिजेर घिनलाग्दो भएको।
88908 सिकसिकाइ ना. सिकसिकाउने भाव, क्रिया वा प्रक्रिया।
88909 सिकसिकाइनु अ.क्रि. घिनाइनु।
88910 सिकसिकाउनु अ.क्रि. फोहोरमैला देखेर निकनिक मान्नु; सिकसिको लाग्नु; घिनाउनु।
88911 सिकसिको वि. १. पूरै भिजेको।
88912 सिकसिको वि. २. अलिअलि भिजेर घिनलाग्दो भएको; सिगसिगो। ना
88913 सिकसिको वि. ३. भिजेको ठाउँ।
88914 सिका ना. माटाका भाँडा आदि अघचिलो पारेर राख्नका लागि बिँडामा तीनतिर डोरी लाएर झुन्ड्याइएको वस्तु; सिक।
88915 सिकाइ ना. सिक्ने भाव, क्रिया वा प्रक्रिया।
88916 सिकाइनु क.क्रि. सिकाउने काम गरिनु; सिक्न लाइनु।
88917 सिकाउनु स.क्रि. १. कुनै नयाँ कामकुराको ज्ञान दिनु।
88918 सिकाउनु स.क्रि. २. शिक्षा दिनु; अर्ती वा उपदेश दिनु।
88919 सिकाउनु स.क्रि. ३. तालिम दिनु; सधाउनु। प्रे. क्रि.
88920 सिकाउनु स.क्रि. ४. सिक्न लाउनु; ज्ञान गराउनु; बोध गराउनु; पढाउनु।
88921 सिकाकाई ना. एउटै भेट्नुमा पत्रपत्र परेका छदेखि बिस जोरसम्म पात हुने, लामा लहरा भएको, माथिल्लोपट्टि फिक्का हरियो त्यान्द्रे पात र पुष्पदलमा सेता नसा हुने, कोसाका रूपमा फल लाग्ने (लेगुनोसी समूहको) एक वनस्पति।
88922 सिकायत ना. १. कसैसँग कुनै व्यक्तिका विषयमा गरिने उजुरी वा चास्सचुस्स कुरा; छुल्याइँ; चुक्ली।
88923 सिकायत ना. २. शरीरमा हुने गडबडी; रोग; व्यथा।
88924 सिकार ना. एकमाथि अर्को खप्टिएको जस्तो सिङ हुने एक मृग; जरायो।
88925 सिकार ना. १. मनोविनोदका निम्ति तथा मासु खान वा दुर्लभ वस्तु प्राप्त गर्न वन्यजन्तु र पक्षीलाई लखेट्ने, समाउने गर्नुका साथै बन्दुक, गोली आदिले हिर्काई मार्ने काम; आखेट, ऐरो; मृगया।
88926 सिकार ना. २. त्यसरी समातिएको वा मारिएको पशुपन्छी।
88927 सिकार ना. ३. खाने मासु।
88928 सिकार ना. ४. अरूको जालमा अल्झेको वा त्यसबाट दुःखी भएको मानिस।
88929 सिकारी ना. १. सिकार गर्ने वा सिकार खेल्ने व्यक्ति।
88930 सिकारी ना. २. ब्याधा। वि.
88931 सिकारी ना. ३. सिकारसम्बन्धी; सिकारको।
88932 सिकारु वि. कुनै नयाँ कामकुरो सिक्न लागेको; सिक्न चाहने (व्यक्ति)।
88933 सिकिस्त वि. १. ज्यादै बिरामी; मर्न आँटेको; मरणासन्न।
88934 सिकिस्त वि. २. ज्यादै अप्ठेरो परिस्थितिमा अल्झेको; नराम्रो अवस्थामा परेको।
88935 सिकिस्त वि. ३. खाँचो; खट्टा।
88936 सिकिस्ती ना. १. बिरामीको मरणासन्न अवस्था; सिकिस्तको स्थिति।
88937 सिकिस्ती ना. २. ज्यादै कठिन अवस्था।
88938 सिकिस्ती ना. ३. ठुलो खाँचो; अत्यावश्यकता।
88939 सिकुटे वि. ज्यादै पातलो शरीर भएको; सुसुपाल; चमेरे।
88940 सिकुवा सिक्न लागेको; सिकारु।
88941 सिकुवा ना. १. घरको भुइँतलामा रहेको प्रायः ठुलो कोठा; बैठककोठा।
88942 सिकुवा ना. २. मूल ढोकासँगै रहेको, बस्न मिल्ने खालको बाहिरी लाम्चो पेटी; पिँढी।
88943 सिकुवा ना. ३. घरको गजतर्फको भाग वा छानो।
88944 सिकुवा ना. ४. घुमजस्तो एक प्रकारको पातलो छाता।
88945 सिको ना. अरूले गरेको देखेर त्यस्तै गरिने कामकुरा; नक्कल; देखासिकी।
88946 सिक्का ना. १. सरकारी टकसारमा तयार गरिएको, धातुको विभिन्न मूल्य भएको चक्की; मुद्रा; रुपियाँपैसा।
88947 सिक्का ना. २. आफ्नो धाक जमाउने काम; रवाफ।
88948 सिक्का ना. ३. हैकम; प्रभाव।
88949 सिक्ख ना. गुरु नानकले चलाएको धार्मिक सम्प्रदायको अनुयायी व्यक्ति; केश, काइँयो, कङ्कण, कृपाण र कछाड- यी पाँच चिजहरूलाई अँगाल्ने सिख सम्प्रदायका अनुयायी।
88950 सिक्टर ना. कसैको कामको मदतगार; कार्य-सहायक; अनुयायी।