Dictionary

All Word

88951 सिक्त वि. १. गउँत, पानी आदिले सेचन गरिएको; अभिषेक गरिएको; अभिषिक्त।
88952 सिक्त वि. २. पानीले लथपथ भएको; भिजेको।
88953 सिक्थ ना. १. मइन; मोम।
88954 सिक्थ ना. २. महका चाकाको सुक्खा खोस्टो।
88955 सिक्री ना. १. धातुका मुन्द्राहरू एकअर्कामा जेल्दै बनाइएको साङ्लो; जन्जिर।
88956 सिक्री ना. २. सुन वा चाँदीका मसिना मुन्द्री जोडेर बनाइएको, शिरमा, निधारका दुईतिर वा गलामा लाउने मालाजस्तो गहना।
88957 सिक्रीटाँका ना. सिलाइमा सिक्रीजस्तो आकारको बनाएर दिइने टाँका।
88958 सिक्रे वि. सिक्रो मात्रै भएको।
88959 सिक्रेइलो वि. धेरै सिक्रा र थोरै पात भएको।
88960 सिक्रो वि. १. पात, फूल आदि झरिसकेको (बोट वा लहरा )।
88961 सिक्रो वि. २. ताप्के आदि माल झुन्ड्याउन रिङजस्तो चक्कालाई तीनतिरबाट तीनवटा डोरीले बाँधेर दलिनतिर राखिने एक किसिमको उझिन्डो; सिक।
88962 सिक्लाइ वि. सिक्ने भाव, क्रिया वा प्रक्रिया; सिकाइ।
88963 सिख ना. १. गुरु नानका अनुयायी।
88964 सिख ना. २. हे. सिक्ख।
88965 सिखर्नी ना. हे. सिकर्नी।
88966 सिखल ना. धान चुट्ने खलाको वरिपरि लगाइने नलको वा परालको घेरो।
88967 सिगरेट ना. चुरोट।
88968 सिगसिगाइ ना. सिकसिकाइ।
88969 सिगसिगाइनु अ.क्रि. सिकसिकाइनु।
88970 सिगसिगाउनु अ.क्रि. सिगसिगो मान्नु; सिकसिकाउनु।
88971 सिगसिगो वि. हे. सिकसिको।
88972 सिगार ना. सुर्तीको पातमात्र पत्रैपत्र गरी बेरेर बनाइएको एक प्रकारको ठुलो चुरोट।
88973 सिङ ना. प्रायः खुर भएका र मासु नखाने पशुहरूका टाउकामा उम्रेको, आत्मरक्षाका लागि हतियारको काम दिने हाडको सोठो; शृङ्ग; विषाण, सिँग।
88974 सिङजुरो ना. १. पूर्ण यौवनको चिनु; उमेर पुगेपछि बल, बुद्धि आउने स्थिति।
88975 सिङजुरो ना. २. जर्कटो हुने चाल।
88976 सिङजोरी ना. टाउको जुधाएर खेलिने केटाकेटीको एक खेल।
88977 सिङ न पुच्छर ना. १. फेद न टुप्पो।
88978 सिङ न पुच्छर ना. २. केही काम नलाग्ने अर्थ दिने व्यञ्जना।
88979 सिङपासे ना. दुहुँदा पुच्छर गाईबस्तुको सिङमा र खुट्टामा अल्झाउने डोरी।
88980 सिङपासो ना. १. सिङ जस्तै आँकुसे परेको पासो वा बन्धन।
88981 सिङपासो ना. २. सिङको पासो।
88982 सिङपुच्छर ना. सिङ र पुच्छर; छेउ र टुप्पो; उठान र बैठान।
88983 सिङार ना. सिँगार।
88984 सिङार पटार ना. सिँगारपटार।
88985 सिङाराइ ना. सिङार्ने भाव वा क्रिया।
88986 सिङारु ना. सिँगारु।
88987 सिङारिनु अ.क्रि. सिँगारिनु।
88988 सिङारे वि. सिँगारे।
88989 सिङ्गमरमर / सिङ्गमर्मर ना. सङ्गमरमर।
88990 सिङ्गी ना. सासले तानेर शरीरको कुनै अङ्गमा भएको वात वा रक्तविकार हटाउने सिङ वा त्यस्तै आकारको कुनै ढुङ्ग्रो।
88991 सिङ्गुलै क्रि.वि. १. खास आफैँ; स्वयम्।
88992 सिङ्गुलै क्रि.वि. २. सिङ्गो नै; सिङ्गै।
88993 सिङ्गे माछो ना. जिउमा कत्ला हुने रातोरातो माछो।
88994 सिङ्गो वि. १. शिरपुछार सबै भएको; पूरै अङ्ग भएको; सग्लो।
88995 सिङ्गो वि. २. एक मात्र; केवल; एक।
88996 सिङ्गो वि. ३. नफोरेको; नखोटिएको; अखण्डित।
88997 सिङ्घसन ना. प्रायः हरियो रङको एक प्रकारको बहुमूल्य पत्थर।
88998 सिङ्घा ना. बिहा, व्रतबन्ध आदि उत्सवहरूमा विशेषतः थारूसमाजमा प्रचलित, फुकेर बजाइने नरसिङ्गाका आकारको सानो बाजा।
88999 सिङडा ना. हे. सिँगडा।
89000 सिङान ना. हे. सिँगान।