Dictionary

All Word

89051 सिठुवा ना. २. तमाखु खाएपछि आगोले डढेर बचेको कालो अवशेष; तमाखुको गोल।
89052 सिठो ना. तमाखु र चुरोट बिडीको डढेउलो; सिठुवा।
89053 सित ना. यो. सँग; साथ; सहित।
89054 सित वि. १. कुनै रङ नपरेको; सेतो; सफेद।
89055 सित वि. २. चमकदार; चहकिलो।
89056 सित वि. ३. सफा; स्वच्छ; सुग्घर। ना.
89057 सित वि. ४. शुक्लपक्ष; सुदी।
89058 सितन ना. भात, रोटी, ढिँडो, चिउरा आदिलाई स्वादिलो बनाउन साथमा खाइने तिहुन, तरकारी, अचार, चटनी आदि खानेकुरो।
89059 सितमणि ना. काँचजस्तो पारदर्शक बहुमूल्य पत्थर; बिल्लौर।
89060 सितार ना. नखी लगाएको वा नलगाएको दाहिने हातका औँलाले तार तानेर देब्रे हातका औँलाले पर्दामा चाली झङ्कार निस्कने गरी स्वरसाधन गरिने, सात तार भएको एक तुम्बादार प्रसिद्ध बाजा।
89061 सितारा ना. १. सुन, चाँदी, अभ्रख आदिबाट बनेको, बाटुलो, चोसे आदि आकारको हुने, प्रायः शृङ्गारका लागि निधारमा तथा आँखाका घेरामा लगाइने र दुपट्टा, सारी आदिमा पनि जडिने, पातलो, ससानो टल्कने चक्की।
89062 सितारा ना. २. रातको समयमा आकाशमा चम्कने तारा।
89063 सितारिया ना. सितार बजाउने व्यक्ति।
89064 सितिमिति क्रि.वि. सानोतिनो प्रयासद्वारा; थोरै मेहनतले; हत्तपत्त।
89065 सितो ना. पाकेको चामलको दानो; भातको चुरो मरी फुलेको गेडो।
89066 सित्तैँ क्रि.वि. १. कुनै मूल्य नलिईकन; विनामोल।
89067 सित्तैँ क्रि.वि. २. बिनसित्ति; व्यर्थ।
89068 सित्तैँ क्रि.वि. ३. अकारण; नाहक।
89069 सिद्ध वि. १. तयार भएको; बनेको; पूर्ण।
89070 सिद्ध वि. २. भने जस्तै परिणाम निस्केको; सफल।
89071 सिद्ध वि. ३. उद्देश्य पूरा भएको।
89072 सिद्ध वि. ४. आध्यात्मिक सिद्धि प्राप्त गरेको।
89073 सिद्ध वि. ५. तर्क वा प्रमाणद्वारा ठिक ठहऱ्याइएको; प्रमाणित।
89074 सिद्ध वि. ६. सिपालु; दक्ष; निपुण।
89075 सिद्ध वि. ७. पाकेको; खान लायक।
89076 सिद्ध वि. ८. निश्चित; पक्का । ना. अणिमा आदि अष्टसिद्धिमध्ये पूरै वा केही सिद्धि प्राप्त गरेको योगी। १०. ऋषि; तपस्वी।
89077 सिद्ध वि. ११. सत्ताइस योगमध्ये एक योग।
89078 सिद्ध वि. १२. पहेँलो सस्र्युँ।
89079 सिद्ध वि. १३. एक देवयोनि।
89080 सिद्धगुटिका ना. अदृश्य हुनाका निम्ति मुखमा हालिने मन्त्रसिद्ध कल्पित गोली।
89081 सिद्धता ना. सिद्ध हुनाको भाव वा स्थिति।
89082 सिद्धपीठ ना. योग वा तान्त्रिक साधना चाँडै सिद्ध हुने, पहिलेका सिद्धहरू बसेको ठाउँ।
89083 सिद्धपोखरी ना. काठमाडौँ उपत्यकाभित्र भक्तपुर नगरको पश्चिम छेउमा रहेको, प्रतिवर्ष मेला लाग्ने एक पोखरी।
89084 सिद्धहस्त वि. आफ्नो काममा राम्रोसँग हात बसेको; छिटो र सफा काम गर्न सक्ने; सिपालु।
89085 सिद्धा ना. १. ज्योतिषशास्त्रअनुसार आठ योगिनीमध्ये सातौँ योगिनी।
89086 सिद्धा ना. २. सिद्धि पाएकी नारी।
89087 सिद्धाञ्जन ना. आँखामा लगाउँदा भुइँभित्र दबिएको वस्तु पनि देखिने भनी प्रसिद्ध भएको, मन्त्रसिद्ध अञ्जन वा गाजल।
89088 सिद्धान्त ना. १. विचार, तर्क र अनुभवद्वारा स्थापित मत; प्रमाणित विचार शृङ्खला।
89089 सिद्धान्त ना. २. साहित्य, सङ्गीत, कला, विज्ञान आदिका सम्बन्धमा विद्वान्द्वारा प्रतिपादित सत्य रूपमा ग्रहण गरिएको मूल विचार; मान्य मत।
89090 सिद्धान्त ना. ३. ऋषिमुनिहरूको मान्य उपदेश।
89091 सिद्धान्त ना. ४. निचोर कुरो; सारतत्त्व।
89092 सिद्धान्त ना. ५. कुनै धार्मिक, दार्शनिक, राजनीतिक, सामाजिक आदि सर्वमान्य मत।
89093 सिद्धान्त ना. ६. निश्चित मतका आधारमा लेखिएको कुनै शास्त्रीय ग्रन्थ।
89094 सिद्धान्त ना. ७. साधारण व्यवहारमा प्रायः एकरूपता ल्याउन स्थापित कुनै नियम।
89095 सिद्धान्तवादी वि. धर्म, दर्शन, राजनीति आदि क्षेत्रमा प्रतिपादित कुनै मतको कट्टर अनुयायी।
89096 सिद्धान्ती वि. १. शास्त्रीय सिद्धान्तहरूको धुरन्धर ज्ञाता।
89097 सिद्धान्ती वि. २. आफूद्वारा स्वीकृत धार्मिक, राजनीतिक आदि सिद्धान्तमा अडिग।
89098 सिद्धान्न ना. १. खान तयार गरिएको मिठाई, रोटी, भात आदि; पाकेको अन्न; पक्वान्न।
89099 सिद्धान्न ना. २. एक जनालाई एक छाकजति खान पुग्ने चामल, दाल, आदि सरजाम; सिधा।
89100 सिद्धार्थ ना. १. शाक्यवंशीय राजा शुद्धोदनका पुत्र; गौतम बुद्ध; लगभग अढाइ हजार वर्षपूर्व पश्चिम नेपालको लुम्बिनी-प्रदेशमा जन्मेर देशबाहिरसमेत बुद्धदर्शनको प्रचार गर्ने ऐतिहासिक महापुरुष। वि.