Dictionary

All Word

89201 सिन्धुलीगढी ना. सिन्धुली जिल्लामा पर्ने एक प्राचीन ऐतिहासिक किल्ला।
89202 सिन्धुवार ना. वृक्ष वा त्यसैको फल।
89203 सिप ना. १. स्वाभाविकता र उपयुक्तताका साथ मानसिक तथा शारीरिक काम गर्ने दक्षता; हात, औँला, खुट्टा र आँखाको सन्तुलनद्वारा गरिने कार्यशैली; निपुणता; कौशल।
89204 सिप ना. २. हातद्वारा काम गरेर मालसामान तयार गरिने धातु वा अन्यपदार्थसम्बन्धी कला; कारिगरी; शिल्प; हस्तकौशल।
89205 सिपालु वि. कुनै कामकुरो गर्नमा दक्षता प्राप्त गरेको; सिप भएको; पोख्त।
89206 सिपाही ना. १. फौज वा प्रहरीसेवातर्फको निम्नवैतनिक कर्मचारी।
89207 सिपाही ना. २. सेवक; दूत।
89208 सिपी ना. १. पानी जमेको ठाउँमा समुद्रमा पाइने, शङ्खजस्तो कडा च्याप्टो खोलभित्र रहने एक जातको किरो।
89209 सिपी ना. २. टाँक, किलिप आदि बनाइने त्यसकै खोलको फग्ल्याँटो।
89210 सिप्किनु / सिप्किनो ना. स्याउलो आदिको सानो सिटो; घाँससहितको सानो हाँगो।
89211 सिप्रिक्क क्रि.वि. १. भित्र सुकेर चेप्टिने गरी; सेप्रो भएर; स्याप्प।
89212 सिप्रिक्क क्रि.वि. २. टाँसिने वा गाँसिने चालले।
89213 सिप्रिङ ना. माछा मार्न प्रयोग गरिने, चोयाबाट बुनेको, डोकोजस्तो आकारको टोकरी।
89214 सिप्लिकान ना. लाम्चा नरम पात हुने, पहेँला फूल फुल्ने र गोल फल फल्ने तथा मुन्टाको अचार, तरकारी आदि खाइने एक जातको रुख।
89215 सिफर ना. बिफर बिग्रेर शरीरको जोर्नीमा आउने एक जातको खटिरो वा लोला।
89216 सिफारिस ना. १. कसैको कुनै काम सफल पार्नका लागि उसका बारेमा गरिने मौखिक वा लिखित प्रशंसा; अनुमोदन।
89217 सिफारिस ना. २. अरू कसैको कुनै कार्यसम्पादनका लागि कसैसँग गरिने अनुरोध; कसैको योग्यता वा कार्यक्षमताबारे लेखिएको पत्र; भनसुन।
89218 सिफारिस पत्र ना. कसैको योग्यता वा कार्यक्षमताबारे लेखिएको पत्र; नोकरी, विश्वास आदिको प्राप्तिका लागि सहयोग हुने गरी व्यक्ति वा संस्था आदिबाट गरिने प्रशंसाको लिखित पत्र।
89219 सिफारिसी वि. सिफारिस गरिएको; अनुमोदित।
89220 सिभिल ना. १. निजामती।
89221 सिभिल ना. २. नागरिक; असैनिक।
89222 सिभिल इन्जिनियर ना. सार्वजनिक इन्जिनियर।
89223 सिभिल सर्जन ना. सर्वसाधारण रोगीको स्वास्थ्यका लागि चिरफार गर्ने चिकित्सक; अप्रेसन गर्ने डाक्टर।
89224 सिम ना. पानी कहिल्यै नसुक्ने जमिन; चिसमिरो जग्गा; सिमसार।
89225 सिम वि. १. जग्गाका चार तह (अब्बल, दोयम, सिम, चहार) मध्ये तेस्रो; राम्रो खेती नहुने (जग्गा)।
89226 सिम वि. २. तेस्रो दर्जाको।
89227 सिमकाने ना. डाँठ नभएको, हरिया पात हुने, निलो फूल फुल्ने, भुइँमा घिस्रने एक जातको घाँस।
89228 सिमकुखुरो ना. जलकुखुरो।
89229 सिमघाँस ना. पहेँला धेरै फूल फुल्ने, पुष्पदल र फूल लामा हुने, सेता मसिना बियाँ वा बिउ भएको फल लाग्ने एक वनस्पति।
89230 सिमन्टी ना. घर आदि बनाउने काममा बलियो जोडाइका लागि माटाको सट्टा प्रयोग गरिने, ढुङ्गा आदिको रासायनिक मिश्रणबाट तयार पारिने एक किसिमको धुलो।
89231 सिमरायो ना. सिमसारमा हुने, परपऱ्याउने खालको रायो।
89232 सिमरौनगढ ना. सिम्रौनगढ।
89233 सिमल ना. राता ठुलठुला फूल फुल्ने, लाम्चो किसिमको कोसाभित्र बाटुला फल लाग्ने, एउटै भेट्नामा धेरै पात लाग्ने, भुवाबाट डसना, तकिया आदि बनाइने, काँडा हुने जातको ठुलो रुख।
89234 सिमलकन्द ना. १. पाँचपाँच कुना परेको पात, खुड्किलैखुड्किला परेको जस्तो डाँठ र प्युठाने मुलाका आकारको जरा हुने एक जातको बोट।
89235 सिमलकन्द ना. २. त्यसैको कन्दमूल।
89236 सिमलकाँडे वि. १. सिमलका काँडाको आकारको पुष्ट सानो चुच्चो परेको (स्तन)।
89237 सिमलकाँडे वि. २. त्यस्तो स्तन भएकी (युवती)।
89238 सिमलचरी ना. अन्नकी अधिष्ठात्री देवी; धान्यलक्ष्मी।
89239 सिमलट्टे ना. पानीलट्टे।
89240 सिमलतरुल ना. सिमलकन्द।
89241 सिमसार ना. १. पानी नसुक्ने र अलिअलि झार हुने चिसमिरो जमिन; पनौटे जग्गा; सिम।
89242 सिमसार ना. २. हिलो र पानी भएको ठाउँ; धाप; दलदल।
89243 सिमसिम क्रि.वि. १. मसिना थोपाका साथ पानी परिरहने गरी; बिरबिर; रिमरिम। ना.
89244 सिमसिम क्रि.वि. २. हल्का पानी परिरहने चाल।
89245 सिमसिमे वि. सिमसिम पानी परिरहेको (मौसम)।
89246 सिमाना ना. १. अन्तिम रेखा; साँध; सीमा
89247 सिमाना ना. २. किनारा; छेउ।
89248 सिमाना कर ना. सीमाकर।
89249 सिमाना जाँच ना. दुई देशका बिचको सीमारेखालाई दुरुस्त राख्न जाँचपडताल गर्ने काम।
89250 सिमाली ना. सिँवाली।